November 16, 2017
लिमा (एजेन्सी) – दक्षिण अमेरिकी राष्ट्र पेरुले रुसमा हुने २०१८ विश्वकपमा स्थान बनाएको छ । अन्तर महादेशीय प्लेअफमा न्यूजिल्याण्डलाई दोस्रो लेगमा २–० ले पराजित गर्दै पेरु विश्वकपमा स्थान बनाउन सफल भएको हो । न्यूजिल्याण्डमा खेलिएको पहिलो लेग गोलरहित बराबरीमा सकिए पनि पेरुले आफ्नो घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको हो । आज भएको […]
November 16, 2017
स्पेन (एजेन्सी) – स्पेनिस रिपोर्टहरुका अनुसार रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई फोन मार्फत आफुले ब्यालन डी’ ओर जित्ने पक्का रहेको बताएका छन् । स्पेनिस समाचार श्रोत डन ब्यालोनका अनुसार रोनाल्डोले मेस्सीलाई टेलिफोन कल मार्फत आफुले यसपटक ब्यालन डी’ ओर जित्ने खबर सुनाएका हुन् । यस पटक रोनाल्डोले यस अवार्ड जितेमा यी दुई […]
November 15, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व सुपर स्टार रोनाल्डिन्होले लिभरपुलका फिलिपे काउटिन्हो पूर्व क्लबका लागि उपयुक्त हुने भएको बताएका छन् । यो सिजन पटक पटकको प्रयासपछि पनि बार्सिलोना काउटिन्होलाई भित्राउन असफल भएको थियो । यद्दपी बार्सिलोनाले अझै पनि उनलाई लिन प्रयास थाल्ने बताइएको छ । रोनाल्डिन्होले आफु ब्राजिलियन काउटिन्होलार्ई बार्सिलोनाको जर्सीमा हेर्न उत्साहित भएको बताएका छन् । […]
November 15, 2017
सिड्नी (एजेन्सी) – विश्वकपको अन्तर-महादेशीय छनोट खेलअन्तर्गत अष्ट्रेलियाले हन्डुरसलाई ३-१ ले हराउँदै रुस विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । अष्ट्रेलियाका लागि पूर्व प्रिमियर लिग खेलाडि मिल जेडिनाकले दुई गोल गरे । हन्डुरसमा खेलिएको पहिलो लेग गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै अष्ट्रेलिया सहज जित दर्ता गर्न सफल रह्यो । […]
November 15, 2017
अर्जुन कार्की बागलुङ–अन्तर स्कुल स्तरीय चिल्ड्रेन लाइफ फुटबल कप प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलको ‘निलो’ टोलीले जितेको छ । सिदार्थ शिक्षा सदनलाई आज फाइनलमा २–० ले हराउँदै चिन्ड्रेन लाइफले उपाधि जितेको हो । ६० मिनेटको खेलमा मनोज थापाको गोलमा चिल्ड्रेनले १६ औं मिनेटमा अग्रता लिएको थियो । आयोजक टोलीका लागि ४३ औं […]
November 15, 2017
सबिन शेर्मा झापा – नेपाल एपिएफ क्लब झापाको झिलझिलेमा जारी टुवोर्ग दोस्रो सताक्षी गोल्ड कफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई आज ४–० ले हराउँदै विभागिय टोली अन्तिम आठमा पुगेको हो । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आज एपिएफको […]
November 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली त्रिभुवन आर्मी क्लब राजधानीमाजारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफााइनल पुगेको छ । नैकापस्थित खेल मैदानमा आज टाइब्रेकरमा अर्को ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई ५–३ ले हराउँदै विभागिय टोली अन्तिम चारमा पुगेको हो । निर्धारित र थप समयमा पनि गोलरहित बराबरीमा टुंगिएपनि खेलको निर्णय पेनाल्टी सुटआउट बाट […]
November 15, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले काटालान क्लबसँग नँया सम्झौता गरिसकेको ला लिगा अध्यक्ष जाभियर टेबासले खुलासा गरेका छन् । मेस्सीको भविष्यलाई लिएर चर्चा चल्दै गर्दा टेबासले भने अनुसार क्लब र खेलाडी बीच नयाँ सम्झौता भइसकेपनि सार्वजनिक गरिएको छैन । ‘मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गरिसकेका छन् ,’ अध्यक्ष टेबासले युरोपा प्रेसको एक संचार कार्यक्रममा […]
November 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सुमन भोम्जन मेमोरियल स्मृति हेटौडा आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण पुस पहिलो साता आयोजना हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले प्रतियोगिता पुस ८ गते १५ गतेसम्म हेटौंडामा आयोजना हुने बुधबार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका तीन […]
November 15, 2017
मस्को (एजेन्सी) – रुस विश्व कपमा युरोपेली प्लेअफद्वारा थप राष्ट्रले स्थान सुरक्षित गरेसँगै २०१८ मा सहभागी ३२ मध्ये ३० राष्ट्रको छिनोफानो भइसकेको छ । आयोजकको हकमा रुस र छनोट चरण पार गर्दै अन्य २९ देशले महासंग्राममा स्थान पक्का गरिसकेका छन् । यी हुन् छनोट भएका ३० राष्ट्र : अर्जेन्टिना , ब्राजिल , जर्मनी , बेल्जियम , […]