default_image

फुटबल

November 7, 2017

युनाइटेडका पूर्व प्रशिक्षक डेभिड मोयसले वेस्ट ह्याम सम्हाल्ने

लण्डन (एजेन्सी) – पूर्व म्यानचेस्टर युनाइटेड तथा एभर्टनका प्रशिक्षक डेभिड मोयसले वेस्ट ह्यामको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । वेस्ट ह्यामले हिजो मात्रै प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको थियो । “डेभिड मोयस प्रिमियर लिगमा निकै सम्मानित प्रशिक्षक हुन् । उनलाई यस लिगको ज्ञान पनि उत्तिकै छ । उनले खेलाडिहरुको क्षमता उकास्न मद्दत गर्ने छन्,” वेस्ट […]

November 7, 2017

गोलकिपर किरण भोली स्वदेश आइपुग्दै

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप छनोट चरणको खेलका लागि नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट बुधबार स्वदेश आइपुग्ने भएका छन् । माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट व्यवासायिक फुटबल खेल्दै आएका किरण आज राती १० बजे माल्दिभ्सबाट दुबई हुँदै भोली स्वदेश आइपुग्ने छन् । नेपाल फिलिपिन्सबीच कात्तिक २८ मा […]

November 6, 2017

वेस्ट ह्यामका प्रशिक्षक स्लाभान बिलिच बर्खास्त

लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले आफ्नो प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । साढे दुई वर्ष क्लब सम्हालेका बिलिचलाई वेस्ट ह्यामको खराब सुरुवातका कारण बर्खास्त गरिएको हो । वेस्ट ह्यामले यो साता प्रिमियर लिगमा लिभरपुलसँग घरेलु मैदानमा ४-१ ले पराजय भोगेको थियो । त्यस अघि पुछारमा रहेको क्रिस्टल प्यालेससँग २-२ को […]

November 6, 2017

प्रिमियर लिगका दुई खेलाडिलाई बार्सिलोना ल्याउन मेस्सीको आग्रह

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार खेलाडि लियोनल मेस्सीले बार्सिलोनाको बोर्डलाई प्रिमियर लिगका दुई खेलाडि ल्याउन आग्रह गरेका बताइएको छ । त्यस्तै बर्सिलोनाका खेलाडिहरु बेचेर भए पनि ती खेलाडिहरुलाई भित्र्याउन पर्ने मेस्सीले बताएका भन्ने जनाइएको छ । इङ्ग्लिस पत्रिका डेलि स्टारका अनुसार मेस्सीले चुनेको दुई नाममध्ये एक नाम लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्हो रहेको छ । सिजन […]

November 6, 2017

‘रोनाल्डोले आउने दिनमा धेरै गोल गर्नेछन्’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगामा यो सिजन खासै प्रभाव जमाउन सकेका छैनन् । यद्दपी टोलीका मिडफिल्डर कासिमेरो भने आउने दिनमा रोनाल्डोले गोल गर्नेमा विश्वस्त छन् । उनले रोनाल्डोको समर्थनमा भने,‘आउने दिनमा हामीले उनले गोल गरेको देख्न पाउने छौ, यसमा चिन्तित हुनु पर्ने केही कारण छैन ।’ ३२ वर्षे रोनाल्डोले यो सिजन […]

November 6, 2017

लास पाल्मास विरुद्ध रियलको सहज जित

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । घरेलु टोलीको जितमा कासेमिरो, इस्को र मार्को एसेन्सियोले गोल गरेका थिए । रियलले पहिलो हाफको सुरुवाती समयमा अग्रता लिने केहि राम्रा अवसरहरु पाएको थियो तर पहिलो गोल ४१ औं मिनेटमा मात्र सम्भव भयो । मिडफिल्डर कासेमिरोले […]

November 6, 2017

मोराटाको निर्णायक गोलमा युनाइटेड विरुद्ध चेल्सी विजयी

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा साविक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएको छ । घरेलु टोलीको जितमा स्ट्राइकर एल्भारो मोराटाले निर्णायक गोल गरे । पहिलो हाफमा दुवै टोली खेलमा अग्रता लिन नजिक आएका थिए । तर चेल्सीका टेमो बाकायोकोले आफ्नो प्रहारलाई पोस्टको दिशा दिन सकेनन् भने युनाइटेडका मार्कोस रासफोर्डको हेडर पनि अग्रता […]

November 5, 2017

आर्सनललाई हराउँदै सिटीको अग्रस्थानमा पकड बलियो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई ३-१ को अन्तरले हराएको छ । सिटीका लागि केभिन डे ब्रुयन, सर्जियो अगुएरो र ग्याब्रियल जेससले गोल गरेका थिए । खेलको १९ औं मिनेटमा फर्नान्डिन्होको पासमा डे ब्रुयनले सुन्दर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको सुरुवाती मिनेटतिर आर्सनलका डिफेन्डर नाचो […]

Jagjeet

November 5, 2017

अस्ट्रेलियाबाट फर्केर जगजित राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलिया बस्दै आएका मिडफिल्डर जगजित श्रेष्ठ झन्डै डेढ बर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा समावेश भएका छन् । अर्को साता फिलिपिन्सविरुद्ध हुने एसियन कप छनोटको लागि सुरु भएको प्रशिक्षणमा जगजित आइतबार सामेल भएका हुन् । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाएपछि उनी शुक्रबार स्वदेश आइपुगेका हुन् […]

November 5, 2017

माल्दिभ्समा किरणको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती जित हासिल गरेको छ । अघिल्लो खेलमा गोलरहित बराबरीमा रोकिएको टिसी स्पोर्टसले शनिबार मालहोसलाई १–० ले हराएको थियो । इब्राहिम माहुदीले गरेको गोल नै टिसी स्पोर्टस्को जितका लागि पर्याप्त रह्यो । माहुदी खेलको म्यान अफ […]

Success

Thank you for your time.