September 1, 2017
जनम बराल इटहरी– सुनसरी जिल्ला स्तरीय अन्तर मावि सांसद कप फुटबल प्रतियोगिता सोमबार इटहरीमा सुरु हुने भएको छ । इटहरी फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिताको विजेताले २० हजार र दोस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल पुग्ने दुवै टोलीका खेलाडीलाई ट्रयाक सुट पनि दिइने आयोजक सेन्टरका प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए […]
September 1, 2017
लिभरपुल (एजेन्सी) – युरोपिन फुटबलको सरुवा बजारको अन्त्य अघि इङ्लिस फुटबलमा हाल चर्चाको विषयमा रहेका ब्राजिलियन फिलिपे कौटिन्होलाई क्लबमा आबद्ध गरेको आधिकारिक घोषणा गर्दै न्यानविच टाउनले सबैको ध्यानाकर्षण गरेको छ । हाल बार्सिलोनासँग जोडिएका कौटिन्होमाथि सरुवा बजारको अन्तिम दिनमा सबैको ध्यान रहँदा नर्दर्न प्रिमियर लिगमा खेल्ने अर्धव्यावसायिक क्लबले बार्सिलोनालाई ठट्टा गर्दै कौटिन्हो आबद्ध गरेको जानकारी […]
September 1, 2017
भालेटा (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरण समूह ‘सी’अन्तर्गत आज राती जर्मनी र चेक गणतन्त्र भिड्दै छन् । यसैगरी समूह ‘एफ’मा इङ्ल्यान्डले माल्टाको सामना गर्दै छ । प्रागको एडेन एरिनामा आज चेक गणतन्त्र विश्व वरियतामा नम्बर दुईमा रहेको जर्मनीसँग खेल्दै छ । समूह ‘सी’मा खेलिएका ६ खेलमध्ये जर्मनीले सबै खेल जित्दै १८ अंक बटुलेको छ […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र ४ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली पाँच स्थान बढुवा भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल सिंगापुर संगै संयुक्त रुपमा ९४औ स्थानमा रहेको छ । गत महिना नेपाल ९९ औं स्थानमा थियो । चार स्थान बढुवा भएको भारत फिफा वरियताको ५६ औं स्थानमा रहेर दक्षिण एसियाको शीर्षस्थानमा […]
September 1, 2017
पोर्टाे ( एजेन्सी)- अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा पोउलिन्हो र फिलिपे कोउटिन्होले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्राजिलको घरेलु मैदान पोर्टाे […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र ताजकिस्तानबीच चार दिन पछि हुने एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । नेपाल र ताजकिस्तानबीचको खेल भदौ २० गते हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गत सिनियरतर्फको कुनै पनि खेल एन्फामा हुन लागेको यो पहिलो पटक हो । […]
September 1, 2017
पेरिस (एजेन्सी)– फ्रान्सले विश्व कप छनोटमा नेदरल्यान्ड्समाथि ४–० को जित हासिल गरेको छ । थोमस लेमारले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा २ गोल गर्दा एन्टोनी ग्रिजम्यान र केलियन बाप्पेले समान १ गोल गरे । उता नेदरल्यान्ड्सले भने दोस्रो हाफमा अधिकांश समय १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो । यो जितपछि फ्रान्स समूह ‘ए’ को शीर्षस्थानमा […]
September 1, 2017
पेरिस (एजेन्सी)– फ्रान्सेली फरवार्ड किलियन बाप्पेले ट्रान्सफरको विन्डोलो समय सिमा अघि मोनाकोबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग लोनमा आबद्ध भएका छन् । यसै सिजन नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राएको पिएसजीले बाप्पेलाई अर्को सिजन १ सय ६५ मिलियनमा युरोमा स्थायी स्थानान्तरण गर्ने अवसर पनि छ । ‘म क्लबको योजनामा अटाउन सकेकोमा आभारी छु । पिएसली यस […]
September 1, 2017
पोर्टो (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत पोर्चुगलले फरोए आइल्याण्डलाई गए राती ५–१ ले हराउँदा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । त्योसँगै रोनाल्डोले ब्राजिलियन महान खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगललाई सुरुआती अग्रता दिलाउने क्रममा रोनाल्डोले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । २९ औं मिनेटमा पेनाल्टीमार्फत उनले अग्रता दोब्बर […]