default_image

फुटबल

August 11, 2025

चर्च ब्वाइज ताप्लेजुङ गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहरा, ताप्लेजुङ ललितपुर चर्च ब्वाईज क्लब ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। भारत सिलगुढीको लिजेण्ड फुटबल एकेडेमीलाई आज१-० झिनो अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। खेलको १०औं मिनेटमा मनिष जर्गा मगरले गरेको गोल नै खेलको निर्णायक सावित भयो। लिजेण्डका एक खेलाडीले रेड कार्ड पाएपछि लिजेण्ड १० खेलाडीमा सीमित भएको थियो। […]

August 11, 2025

बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ। जोन ग्याम्पर ट्रफीमा आइतबार बार्सिलोनाले इटालियन क्लब कोमोलाई ५-० ले हराएको छ। बार्सिलोनालाई जितमा फर्मिन लोपेज र लामिन यामलले समान २ तथा अर्को गोल राफिन्हाले गरे । २१औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता लियो । ३५औं मिनेटमा उनैले अर्को गोल गरे।राफिन्हाले ३७ औं मिनेटमा […]

August 11, 2025

अञ्जनसम्मिलित कश्मीरको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड अञ्जन विष्टसम्मिलित आई–लिग टोली रियल कश्मीर एफसीले डुरान्ड कपमा अर्को जित हासिल गरेको छ । खुमान लम्पक मुख्य रंगशालामा आइतवार समूह ‘एफ’ को खेलमा कश्मीरले घरेलु टोली नेरोका एफसीलाई ३-१ ले पराजित गरेको हो । यो जितपछि कश्मीरको अर्को चरण प्रवेशको सम्भावना कायम छ । कश्मीरको जितमा रञ्जन सिंह, […]

August 10, 2025

रेड स्टार ताप्लेजुङ गोल्ड कपको सेमिफाइनल

दिपक बोहरा, पाँचथरझापाको रेड स्टार क्लब तेस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ‌। गण्डकी प्रदेशको सहारा क्लब पोखरालाई २-० ले‌ हराउँदै रेड स्टार अन्तिम चारमा पुगेको हो। रेड स्टारका लागि दुबै गोल सविन लुङ्गेली मगरले गरे। ताप्लेजुङको भानुजन माविको खेलमैदानमा‌ आज भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो। खेलको अन्त्यतिर सविनले […]

August 10, 2025

उत्तर कोरियासँग नेपाली टोली निरीह

काठमाडौं (हाम्रो खेलकुद)-  तीन पटकको विश्व विजेता उत्तर कोरिया एएफसी यु २० महिला एसियन कपको अन्तिम चरणका लागि छनोट भएको छ। भुटानमा जारी प्रतियोगितामा नेपाललाई आज ११-० को फराकिलो अन्तरमा हराएसँगै उत्तर कोरिया समूह विजेताका‌ रुपमा फाइनल राउन्डका लागि छनोट भएको हो। समूह चरणबाट बाहिरिएको नेपालको उत्कृष्ट दोस्रो हुने संभावना पनि समाप्त भएको छ। नेपाललाई […]

August 10, 2025

अञ्जन सम्मिलित कश्मिरको खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी डुरान्ड कपमा आज समूह चरणको अन्तिम खेल खेल्दैछ । समूह चरणको अन्तिम खेलमा कश्मिरले नेरोका फुटबल क्लबसँग खेल्दैछ । दुई टोलीबीचको खेल खुमन लम्पाक रंगशालामा आइतवार नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। समूहको अन्तिम खेल्दै गरेका दुवै टोली […]

August 9, 2025

यामल र लेवान्डोस्कीलाई जरिवाना

एजेन्सी – बार्सिलोनाका लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घनको गरेकोमा युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ। बार्सिलोनाको पछिल्लो युएफा च्याम्पियन्स लिग खेलपछि उनीहरुले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको बताइएको छ । यो जरिवाना इटालीमा भएको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित जनाइएको छ । खेल अतिरिक्त समयमा ४- ३ […]

August 8, 2025

भरतपुर महानगर कमिटीलाई फुटबल उपाधि

सुशील पन्त क्षेत्री,भरतपुर भरतपुर महानगर कमिटीले राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा कालिका नगर कमिटीलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै भरतपुर च्याम्पियन बनेको हो । कृष्णपुरको मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल सकेन । भरतपुरका गोलकिपर मनोज गुरुङ […]

August 8, 2025

नेपालको कठिन जित

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज साउदी अरेबिया विरूद्ध १-० को कठिन जित निकालेको छ। यो जितमा नेपालले ३ अंक जोड्यो। भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले गोल गर्न संघर्ष गर्यो। ३७ औं‌‌ मिनेटमा प्राप्त पेनाल्टीमा मिना […]

August 8, 2025

मछिन्द्रले एनआरटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लब एन्फा यु १६ लिगमा न्युरोट टिम (एनआरटी) लाई हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा ६१औं मिनेटमा राहुल कुमार योञ्जन र इन्ज्युरी समयमा सुदिप ठकुरीले गोल गरे । जितसँगै १२ खेलमा मछिन्द्रको २६ अंक भएको छ । समान […]

Success

Thank you for your time.