default_image

फुटबल

April 19, 2022

लिग संयोजक शर्माको राजीनामा अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद)– लिग संयोजकबाट विज्ञानराज शर्माले दिएको राजीनामालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्वीकृत गरेको छ । ‘एन्फाको निर्वाचन घोषणा भइसकेका र ए,बी, सी मध्ये सी डिभिजन प्रतियोगिता गर्न बाँकी रहेकोले तपाईहरुको राजीनामा अस्वीकृति गरिएको जानकारी गराइन्छ,’ शर्माले दिएको राजीनामा पत्रमा अध्यक्ष कर्मा छिरिङ शेर्पाले महासचिवलाई सम्बोधन गर्दै लेखेका छन् । ‘ए र […]

April 19, 2022

नयाँ बस्तीलाई ३ लाख जरिवाना, खेलाडी र अफिसियल पनि प्रतिबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभजन क्लब नयाँबस्ती युथ क्लवलाई तीन लाख जरिवानासँगै खेलाडी र अफिसियललाई प्रतिबन्ध सुनाएको छ । एन्फा लिग कमिटिले १८ अप्रिल २०२२ मा एन्फा मुख्यालय सातदोबाटोमा बसेको बैठकबाट नयाँबस्तीलाई ३ लाख जरिवानासँगै क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध सुनाएको छ । अफिशियल श्री बहादुर […]

April 19, 2022

सिटीले हालान्डसँग सम्झौता गरिसकेको दाबी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डका लागि उनको एजेन्ट मिनो रायोलासँग सम्झौता गरिसकेको समाचार डेली मेलले प्रकाशित गरेको छ । बोरुसिया डर्टमन्डका २१ वर्षे फरवार्डलाई सिटीबाहेक रियल म्याड्रिड, बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि भित्राउन चाहेको चर्चा हुँदै आएको छ । बायर्न म्युनिखले भने हालान्डलाई लिने […]

April 19, 2022

सम्हालिन नसक्दा नेपोली रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा इटालियन सिरी ‘ए’ मा नेपोलीले घरेलु मैदानमा रोमासँग बराबरीमा रोकिएको छ । नेपोलीले १० खेलाडीमा समेटिएको रोमासँग १–१ गोलको बराबरी खेलेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि लोरेन्जो इन्सिग्नेले गोल गर्दा रोमाका स्टेफन अल सरावेले बराबरी गोल फर्काए । खेलको ११औं मिनेटमा […]

April 19, 2022

रोनाल्डोको जुम्ल्याहामध्ये एक बच्चाको निधन

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोले नवजात छोरी भने शकुशल रहेको बताएका छन् । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको बताएका […]

April 19, 2022

रेलिगेसन जोनको क्याडिजसँग बार्सिलोना स्तब्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा रेलिगेसन जोनमा रहेको क्याडिजसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो । बार्सिलोनालाई स्तब्ध पार्न क्याडिजका लुकास पेरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नोउ क्याम्पमा सोमबार राति भएको खेलमा बल पोसेसन राख्दै […]

April 18, 2022

सावित्राको ह्याट्रिक प्रेरित एपिएफ सेमिफाईनलमा

धनगढी (हाम्रो खेलकुद) – सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाईनलमा अव एपिएफले अर्को विभागीय टोली नेपाल […]

April 18, 2022

‘एउटा शर्तमा मात्र हाजार्डले रियल छाड्न सक्छन्’

एजेन्सी – रियल म्याड्रिडमा इडन हाजार्डको भविष्य के हुने भन्ने विषय चर्चामा रहने गरेको छ । रियलले आउने सरुवा बजारमा सायद उनको बारेमा सोच्न सक्नेछ । तर, भाई केलियनले भने इडनले क्लब छाड्ने सोच नराखेको र उनी आफूलाई त्यहाँ प्रमाणित गर्न चाहिरहेको बताएका छन् । ‘जब सम्म उनले क्लबमा आफ्नो बलियो भूमिका प्रमाणित गदैनन् तब […]

April 18, 2022

नेयमार र एमबाप्पेको गोलमा पिएसजीको जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित निकालेको छ । लिग वानको ले क्लासिकमा पिएसजीले घरेलु मैदानमा मार्सेलाई २–१ ले हराएको हो । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा मार्सेका डुजे कालेटा कारले एक गोल फर्काए । सबै तीन गोल पहिलो […]

April 18, 2022

रियल म्याड्रिडको सानदार पूनरागमन जित

एजेन्सी – इन्ज्युरी समयमा कप्तान करिम बेन्जेमाले गोल गरेपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार पूनरागमन जित निकालेको छ । रियलले दुई गोलले पछि परेको अवस्थामा घरेलु टोली सेभियामाथि ३–२ को पूनरागमन जित निकालेको हो । रोमन सान्चेज पिजुआन सेभियामा आइतबार राति भएको खेलमा रियलको पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल […]

Success

Thank you for your time.