default_image

फुटबल

January 17, 2022

चेल्सीलाई पछि पार्दै लिभरपुल दोस्रो स्थानमा उक्लियो

एजेन्सी – लन्डन क्लब चेल्सीलाई पछि पार्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति घरेलु मैदानमा ब्रेन्टफर्डलाई ३–० ले पराजित गर्दै लिभरपुल लामो समयपछि दोस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको लिभरपुलले चेल्सीलाई २ अंकले पछि पार्दा शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ११ मा छोट्याएको […]

January 17, 2022

रियल म्याड्रिड सुपर कप च्याम्पियन

एजेन्सी – साविक विजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको रियलले २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार राति भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरे […]

January 16, 2022

मछिन्द्रको एएफसी कप छनोटको ड्र भोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दैछ । एएफसी कप छनोटको ड्र सोमबार हुँदैछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनीधित्व गर्ने प्रावधान रहेकोमा मछिन्द्रले सो अवसर प्राप्त गरेको थियो । लिगमा […]

January 16, 2022

एभर्टनका प्रशिक्षक बर्खास्त

एजेन्सी – इंग्लिस क्लब एभर्टनले आफ्नो मुख्य प्रशिक्षक राफयल बेनिटेजलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै क्लबले उनलाई आइतबार बर्खास्तको घोषणा हो । शनिबार राति नर्विच सिटीसँग १–० ले पराजित भएसँगै क्लबले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । लगातारको निराशजनक प्रदर्शनपछि क्लबको आइतबार बसेको आपतकालिन बैठकले उनलाई मुख्य प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो […]

January 16, 2022

‘मान्छे त्यहि हुँ, बानी व्यहोरा परिवर्तन भएको छ’

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्तीमगरले चोटबाट पुनरागमन गर्ने क्रममा सहिद स्मारक ए डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । मछिन्द्रको आक्रमण सम्हालिरहेका विमलको उत्कृष्ट प्रदर्शनमा टोलीले आइतबार ब्रिगेड ब्वाइज क्लबमाथि ४-० को फराकिलो जित निकाल्यो । विमलले खेलको ५६ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । रेजिन सुब्बाको एक्रोब्याटिक प्रहार […]

January 16, 2022

विमलको दुई गोलमा मछिन्द्रको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्तीमगरको दुई गोलसँगै एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई पराजित गरेको छ । मछिन्द्रले बिबिसीलाई ४–० ले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो । विमलले दुई तथा रेजित सुब्बा […]

January 16, 2022

च्यासलमा कोरोना फैलिएपछि पुलिससँगको खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको आइतबारको खेल स्थगित भएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएसँगै खेल स्थगित भएको लिग निर्देशक सन्जीव मिश्रले जानकारी गराए । अब यो स्थगित खेल १०औं चरण सुरु हुनुभन्दा अघि […]

January 16, 2022

पहिलो हाफमा मछिन्द्र र बिबिसीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । मछिन्द्रले खेलमा पकड जमाउँदै दवावमा राखेपनि बिबिसीको रक्षापङ्ति तोड्न सकेको छैन । १५औं मिनेटमा रजिन […]

January 16, 2022

कौटिन्होको गोलमा म्यानचेस्टर रोकियो

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । सब्सिच्युट ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होको गोलमा युनाइटेडले घरेलु टोली एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेलेको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडका लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गर्दा भिल्लाका ज्याकोप राम्से र फिलिपे कौटिन्होले बराबरी गोल फर्काए । खेलको छैटौं […]

January 16, 2022

युभेन्ट्सले उडिनेसलाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्ष चारको दौडमा रहेको युभेन्ट्सले उडिनेसलाई हराएको छ । युभेन्ट्सले उडिनेसलाई २–० ले पराजित गर्दै शीर्ष चारको सम्भावना जीवितै राखेको हो । एलिएन्ज स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पाउलो डिबाला र वेस्टन म्याकिनीले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको १९औं मिनेटमा डिबालाको गोलबाट युभेन्ट्सले खेलमा अग्रता […]

Success

Thank you for your time.