default_image

फुटबल

April 21, 2021

यू १३ छनोट – पहिलो चरणमा ७१ खेलाडी परे

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजनका ३ क्लबसँगको युवा परियोजनाको सहकार्यका लागि खेलाडी छनोटको प्रक्रिया सुरु गरेको छ । तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबका लागि यू १३ का ४२ खेलाडी उपलब्ध गराउने उद्देश्यका साथ छनोट सुरु गरिएको हो । ७ प्रदेशबाट छनोट […]

April 21, 2021

रियल म्याड्रिडलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदा उपाधि होडमा रहेको रियल म्याड्रिड क्याडिज भ्रमणमा निस्कदैछ । क्याडिज र रियल म्याड्रिडबीचको खेल क्याडिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुदैछ । क्याडिजमाथि जित निकाल्न सके रियललाई स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लने अवसर रहेको छ । क्याडिजलाई हराउन सके रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको […]

April 21, 2021

रड्स कालिका गोल्डकपको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – रड्स क्लब रामपुर प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । युवा जागृती क्लब लोथर, मनहरीलाई बुधबार ३–२ ले पराजित गद्रै रड्स अन्तिम चारमा पुगेको हो । रड्सको जितमा अनिल राना मगरले २ तथा विशाल तामाङले १ गोल गरे । पराजित टोलीका लागि मनिष पौडेल र युवराज ढकालले गोल […]

April 21, 2021

आयोजक कनकाई भेट्रान्स कपको फाइनल

सुरुङ्गा (हाम्रो खेलकुद) – आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ ले हराउँदै कनकाईले उपाधि नजिक पुगेको हो । पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले २ गोल फर्काएको थियो । […]

April 21, 2021

फुटबल खेलाडी सरु गृहनगरमा सम्मानित

विराटनगर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली तथा नेपाल एपिएफ महिला टोलीकी सदस्य सरु लिम्बु गृह नगरमा सम्मानित भएकी छिन् । पथरी शनिश्चरे महिला फुटबल क्लबले उनलाई सम्मान गरेको हो । छोटो समयमा फुटबलका माध्यमबाट देशकै शान बढाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो । सरुले नेपाली यू १८ र १९ टिमको कप्तानी गरिसकेकी छन् […]

April 21, 2021

गोर्खा ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

भोजपुर (हाम्रो खेलकुद)– इन्जुरी समयमा गोल गर्दै रुपन्देहीको गोर्खा ब्वाइज क्लब अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गोर्खा ब्वाइजले इलामको रेड हर्ष फुटबल क्लबमाथि १–० ले जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो । अजित गुरुङले इन्जुरी समयको पाँचौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । अजित खेलको […]

April 21, 2021

नर्भिक एनएसएलको मेडिकल पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)– देशको पहिलो फ्रेन्चाईग लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा नर्भिक इन्टरनेसनल हस्पिटल अफिसियल मेडिकल पार्टनरका रुपमा आबद्ध भएको छ । एनएलएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच एनएलएलको अफिसियल मेडिकल पार्टनर सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड […]

April 21, 2021

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग गोलरहित बराबरीमा रोकिएको हो । स्टामफोर्ड ब्रिजमा बल पोसेसनमा बलियो पकड बनाएपनि चेल्सीले ब्राइटनको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो । विन ह्वाइट दोहोरो […]

April 21, 2021

बायर्न उपाधिनजिक

एजेन्सी – बायर्न लिभरकुसनमाथि सहज जित निकाल्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको उपधिनजिक पुगेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा मंगलबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसनमाथि २–० को सहज जित निकाल्दै उपाधिनजिक पुगेको हो। बायर्नको जितमा इरिक म्याक्सिम चुपो मोटिङ र योसुवा किम्मिखले गोल गरे । दुवै गोल पहिलो हाफमा ७ मिनेटको अन्तरमा […]

April 21, 2021

प्रिमियर लिगका क्लबले सुपर लिग नखेल्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिगका क्लबहरुले प्रस्तावित युरोपेली सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन् । आइतबार घोषणा भएको लिगमा ६ इंग्लिस क्लब संस्थापक सदस्यका रुपमा रहेका थिए । म्यानचेस्टर सिटीले मंगलबार विज्ञप्ति जारी गर्दै सुपर लिगमा सहभागिता नजनाउने बताएको थियो । त्यसपछि चेल्सीले पनि आवश्यक कागजात तयार पार्ने प्रक्रिया सुरु गरेको थियो । लगत्तै […]

Success

Thank you for your time.