default_image

फुटबल

April 1, 2021

आहा गोल्ड कप – उद्घाटनमा सहारा र एपिएफ भिड्ने

पोखरा (हाम्रो खेलकुद)– सहारा क्लब पोखराको आयोजनामा शनिबार सुरु हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा रंगशालामा ८ टोलीको सहभागिता आहा गोल्डकपमा सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबसहित आयोजक र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) रहेका छन् । प्रतियोगिताको […]

April 1, 2021

रेफ्रीमाथि हातपात गर्ने ६ खेलाडी र प्रशिक्षकमाथि प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद)– मोरङ जिल्ला फुटबल संघले खेलपछि रेफ्रीमाथि कुटपिट र अभद्र व्यवहार गर्ने ६ खेलाडी र प्रशिक्षकलाई प्रतिबन्ध लगाएको छ । मोरङको पथरी शनिश्चरे भुटानी सिबिरले आयोजना गरेको वडा स्तरीय खेलपछि खेल मैदानै सहायक रेफ्री र रेफ्रीहरुलाई कुटपिटका साथै अभद्र व्यवहार गरेका कारण वडा नं १० का ६ खेलाडी र प्रशिक्षकलाई देशभर खेल्न नपाउने […]

April 1, 2021

फ्रान्स विजयी, इटालीको लगातार तेस्रो जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा फ्रान्सले जित निकाल्दा इटालीले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । एन्टोइन ग्रिजमनको एकमात्र गोलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनामाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । उनले ६०औं मिनेटमा एड्रिएन राविओटको पासमा गोल गरेका थिए । घरेलु टोलीविरुद्ध बल पोसेसनमा पकड राखेपनि […]

April 1, 2021

केन र मगाएरको गोलमा इंग्ल्यान्डको जित

एजेन्सी – कप्तान तथा फरवार्ड ह्यारी केन र डिफेन्डर ह्यारी मगाएरको गोल मद्दतमा इंग्ल्यान्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा लगातार तेस्रो जित दर्ता गर्दा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । वेम्वली स्टेडियममा बुधबार राति भएको खेलका पोल्यान्डका जाकुव मोडेरले एक गोल फर्काए । खेलको १९औं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट […]

April 1, 2021

जर्मनी नर्थ म्यासेडोनियासँग स्तब्ध

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ ले स्तब्ध बनेको छ । जर्मनीलाई स्तब्ध पार्न गोरान पान्डेभ र इल्जिफ इल्मासले गोल गरे । घरेलु टोलीका इल्केए गुन्डोगानले गोल गरेपनि हार टार्न सकेन । २०१४ को च्याम्पियन जर्मनीले विश्वकप छनोटमा २० वर्षपछि पहिलो हार बेहोरेको हो । जर्मनी […]

March 31, 2021

पोखरा थन्डर्स – प्रशिक्षण टोलीमा डंगोल र शाही आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना फेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सले राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यहरुलाई गोलकिपर र सहायक प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय टोलीका पूर्व गोलकिपर विनोद डंगोललाई टोलीले गोलकिपर प्रशिक्षक र अर्का सदस्य राजेश शाहीलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । पोखरा थन्डर्सले यसअघि नै त्रिभुवन आर्मी […]

March 31, 2021

१० खेलाडीमा सिमित नुवाकोटलाई हराउँदै आर्मी फाइनलमा

चितवन (हाम्रो खेलकुद) – विवादास्पद खेलमा नुवाकोट युनाइटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी ’सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल’ को फाइनलमा प्रवेश गरेको छ । क्याम्पा चौरमा बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित नुवाकोटलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । टाइब्रेकरमा नुवाकोटका सजिन थापा […]

March 31, 2021

विश्वकप छनोटः इंग्ल्यान्ड र पोल्यान्ड भिड्दै

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति इंग्ल्यान्डले घरेलु मैदानमा पोल्यान्डको आतिथ्यता गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । शुरुवाती दिई खेलमा जित निकालेको इंग्ल्यान्ड पोल्यान्डलाई हराउदै आफ्नो शीर्षतालाई थप पकड बनाउने लक्ष्यमा हुनेछ । समूह ‘आई’ मा इंग्ल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पोल्यान्डलाई […]

March 31, 2021

रोनाल्डोले फालेको आर्मब्याण्ड अक्सनमा

एजेन्सी – पोर्चुगिज सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल दौरान फालेको कप्तानको आर्मब्यान्ड आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको छ । कतार विश्वकप २०२२ को युरोपियन छनोट दौरान सर्वियाविरुद्धको खेल दौरान आफ्नो गोललाई मान्यता नदिएपछि आक्रोशमा आएका रोनाल्डोले आफुले लगाएको कप्तानको आर्मब्यान्ड फाल्दै मैदानबाट बाहिरिएका थिए । कप्तानको आर्मब्याण्ड एक बिरामी बच्चाको उपचारको लागि लागि […]

March 31, 2021

नेदरल्यान्ड्स ७–० ले विजयी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७–० ले पराजित गरेको हो । भिक्टोरिया स्टेडियम जिब्राल्टारमा नेदरल्यान्ड्सको फराकिलो जितमा मेम्फिस डिपाएले दुई गोल गर्दा स्टेभन वर्गहुइस, फ्रान्की डि जोङ, जर्जिन्हो वाइनाल्डम, डोनीएल मालेन र डोनी भान डि विकले समान एक गोल […]

Success

Thank you for your time.