default_image

फुटबल

January 14, 2021

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा

एजेन्सी – सब्सिच्युट हाम्जा राफियाको निर्णायक गोलमा सिरी ‘ए’ प्रतिद्धन्द्धी जिनोआमाथि अतिरिक्त समयमा जित निकाल्दै युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले जिनोआलाई ३–२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले गोल गरे । जिनोआका […]

January 14, 2021

बार्सिलोना स्पेनिस सुपर कप फाइनलमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । टाइब्रेकरमा रियल सोसीडाडमाथि ३-२ को जित दर्ता गर्दै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो । सोसीडाडले आफ्नो सुरुवाती तीन प्रहार चुकाएपनि खेलको निर्णय […]

January 14, 2021

पिएसजीलाई सुपर कप उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चिर परिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको छ । पिएसजीले २-१ को जित दर्ता गर्दै सिजनको पहिलो उपाधि हासिल गरेको हो । पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा […]

January 13, 2021

सिटीलाई ब्राइटनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।म्यानचेस्टर सिटीले घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्दा टोटेनहम हस्टपरले पनि घरेलु मैदानमा फुलहमसँग खेल्दैछ । सिटी र ब्राइटनबीचको खेल राति ११ः४५ बजे हुनेछ । ब्राइटनलाई हराउदै सिटी अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । छैटौ स्थानमा रहेको सिटीको २९ अंक छ । समान […]

January 13, 2021

बागमति प्रदेश फुटबल संघ तदर्थ समिति गठन हुन सकेन

हेटौडा (हाम्रो खेलकुद)– अध्यक्षका आकांक्षी धेरै भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बागमति प्रदेशको फुटबल संघको तदर्थ समिति गठन हुन सकेन । बागमतिको सदमुकाम हेटौडामा बुधबार भएको ११ जिल्ला संघका प्रतिनिधिको भेलामा १३ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि सर्वसम्मती हुन सकेन प्रदेश संघ गठन भएन । प्रदेश अध्यक्ष पदका लागि काठमाडौंका विराटजंग शाही, नुवाकोटका […]

January 13, 2021

विराटनगर माघे संक्रान्ती फुटबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– मोरङको विराटनगर फुटबल क्लब नक्सलबारीमा जारी माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आफ्नै जिल्लाको डागीहाट फुटबल क्लबलाई २–१ ले हराउँदै विराटनगर उपाधि नजिक पुगेको हो ।विराटनगरले बिहीबार हुने फाइनलमा मोरङ सतिसाले युनियन केराबारीको सामना गर्नेछ । सतिसाले मंगलबार लेटाङ फुटबल क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । विराटनगरलाई जित […]

January 13, 2021

हालान्ड अब रियल म्याड्रिडको प्राथमिकतामा

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्ड वर्तमान समयमा विश्वको उत्कृष्ट फरवार्डमा गनिन्छन् । कम उमेरको बाबजुद पनि उनले युरोपेली फुटबलमा आफ्नो प्रभाव जमाइसकेका छन् । गत सिजन साल्जबर्गबाट उत्कृष्ट प्रदर्शन गर्दै जर्मन क्लब बोरुसिया डर्टमुन्ड आएका उनले आफ्नो लय कायमै राखे । जर्मन लिग मात्र नभएर च्याम्पियन्स लिगमा पनि उनले लगातर गोल गरिरहेका छन् । मात्र […]

January 13, 2021

बार्सिलोना र रियल सोसिडाड फाइनल पुग्न भिड्दै

एजेन्सी – स्पेनिस सुपरकपको पहिलो सेमिफाइनलमा आज राति क्याटलान क्लब बार्सिलोनाले रियल सोसिडाडको सामनाा गर्दैछ । खेल कोर्डाेभा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना फाइनल पुग्ने दाउमा हुनेछ । टोलीसँग कप्तान लियोनले मेस्सी, एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट, जोर्डी […]

January 13, 2021

पीएसजी र मार्से उपाधिका लागि भिड्दै

एजेन्सी – फ्रान्सेली सुपर कपको उपाधिका लागि आजर राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच प्रतिस्पर्धा हुदैछ । खेल राति १ः४५ बजे बोल्लाअर्ट मैदान लेन्समा हुनेछ । सुपर कपको सर्वाधिक सफल पीएसजी मार्सेलाई हराउदै १०औं पटक उपाधि जित्ने दाउमा हुनेछ ।पीएसजी २०१३ देखि सुपर कपको लगातार च्याम्पियन टोली हो । त्यसअघि पीएसजीले १९९५ र १९९८ […]

January 13, 2021

रियल म्याड्रिडविरुद्ध एट्लेटिकोको ४ अंकको अग्रता

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले ४ अंकको अग्रता कायम गरेको छ । मंगलबार राति भएको खेलमा सेभियामाथि २–० को जित निकाल्दै दुई खेल कम खेलेको एट्लेटिकोले सहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको हो । एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ । जसमा १३ जित २ बराबरी र १ हारको नतिजा […]

Success

Thank you for your time.