default_image

फुटबल

November 26, 2020

कोरोना मुक्त भएपछि फर्कने तयारीमा उपाध्याय

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमणबाट मुक्त भएका राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय बंगलादेशबाट आइतबार स्वदेश आइपुग्ने भएका छन् । मंगलबार गरिएको पछिल्लो कोरोना परिक्षण नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य समेत रहेका उपाध्यायले हाम्रो खेलकुदलाई जानकारी दिए । यात्राका लागि फेरि अर्को परिक्षणपछि स्वदेश फर्कने अनुमति मिलेको र त्यहि अनुसार […]

November 26, 2020

‘रियल फरक स्तरको टोली’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार रियल म्याड्रिडसँग हार बेहोरेपछि इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले स्पेनिस टोलीको प्रशंसा गरेका छन् । समूह चरणको चौथो खेलमा रियल म्याड्रिडले २-० को जित हासिल गरेपछि कोन्टेले रियल म्याड्रिड फरक स्तरको टोली रहेको अभिव्यक्ति दिएका हुन् । पहिलो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अग्रता दिलाएपछि दोस्रो हाफमा रोड्रीगोले गोल […]

November 26, 2020

म्याराडोनालाई पेलेको भावपूर्ण श्रद्दान्जली

एजेन्सी – विश्व फुटबलले बुधबार इतिहासकै सर्वाधिक महानमध्यका एक, अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनालाई गुमायो । हृदयघातका कारण म्याराडोनाले अर्जेन्टिनामा अन्तिम सास फेरे । विश्व फुटबलले म्याराडोनासँगै नाम लिने अर्का खेलाडी हुन् ब्राजिलियन फरवार्ड पेले । पेले र म्याराडोनाबीच को महान भन्ने चर्चा विश्व फुटबलमा लामो समयदेखि चलिरहेको छ । पेले र म्याराडोना एक अर्काबीच भने […]

November 26, 2020

अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा

एजेन्सी – विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय दिन शोक घोषणा गरेका हुन् । उनले अर्जेन्टिनी संचारमाध्यमसँग बोल्दै यस घटनाले आफू निकै दुखित भएको बताएका […]

November 26, 2020

अपराजित बायर्न नकआउट चरणमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार १५ औं जित दर्ता गर्ने क्रममा बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित दर्ता गर्यो । घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३ औं मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औं मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । किंग्सले कोमानको प्रहर म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोल हुन पुग्दा साल्ज्बर्ग हारतर्फ उन्मुख देखिएको थियो । ६६ औं मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । एक खेलाडी कम हुनका […]

November 26, 2020

लिभरपुल घरेलु मैदानमा पराजित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस च्याम्पियन लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ । बुधबार भएको समूह डीको खेलमा लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो । पछिल्लो खेलमा ५-० को जित हासिल गरेको लिभरपुलले बुधबार भने अपेक्षित प्रदर्शन गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा एटलान्टाले दबाब कायम राख्यो […]

November 26, 2020

इन्टरको मैदानमा रियल म्याड्रिडको जित

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इन्टर मिलानलाई पराजित गरेको छ । इन्टरको मैदानमा रियल म्याड्रिडले २-० को जित दर्ता गरेको हो । रियलले खेलको सातौं मिनेटमा नै इडेन हाजार्डको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र निकोलो बरेलाले नाचो फर्नान्डेजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए […]

November 25, 2020

रहेनन् म्याराडोना

एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । […]

November 25, 2020

च्याम्पियन्स लिगमा आज : विस्तृत जानकारी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार चौथो चरणको खेल अन्तर्गत समूह ए देखि डी सम्मका खेल हुँदैछन् । केहि टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा केहि टोली उक्त सम्भावना जीवित राख्ने प्रयासमा हुनेछन् । गत सिजन च्याम्पियन्स लिग उपाधि जितेको बायर्न सोहि लयलाई कायम राख्दै एक पछि अर्को कीर्तिमान तोडिरहेको छ । गत सिजन […]

November 25, 2020

पुछारको इन्टरविरुद्ध रियल म्याड्रिडको अग्निपरीक्षा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह बी अन्तर्गत बुधबार स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:४५ बजेपछि सुरु हुनेछ । चोटका कारण मुख्य खेलाडी अनुपस्थित रहेकाले रियलका प्रशिक्षक जिदानमाथि निकै दबाब रहेको छ । कप्तान सर्जियो रामोस र फरवार्ड करीम बेन्जेमा नहुँदा जिदानले उपलब्ध विकल्पको भरमा […]

Success

Thank you for your time.