default_image

फुटबल

September 29, 2020

ठूलो सम्झौताको हकदार फाती

एजेन्सी– अन्सु फाती बार्सिलोनाको पहिलो टोलीका नियमित खेलाडी बनिसकेका छन् । रोनाल्ड कोम्यानको सिनियर टोलीमा परेका १७ वर्षे फातीले २२ नम्बरको जर्सी लगाउँदै आएका छन् । उनको रिलिज क्लब पनि ४ सय मिलियन युरो बनाइएको छ । पहिलो टोलीको नियमित खेलाडी भएपनि उनको अहिलेको सम्झौता सन् २०२२ सम्मको रहेको छ । कम उमेरका कारण उनले […]

September 29, 2020

पूर्व कप्तान सागर मनास्लु कलेजको ‘ब्रान्ड एम्बेसेडर’

काठमाडौं (हाम्रो खेलकुद)– मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ । एक वर्षको लागि गरिएको सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा सागरले मंगलबार हस्ताक्षर गरे । कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासँगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने […]

September 29, 2020

टोटेनहम र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्था कारवाओ कपको चौथो चरणमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हट्सपर र लन्डन क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पाँचौ चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । टोटनहमले तेस्रो चरणमा लिग टु क्लब लेटन ओरिएन्टबाट वाकओभर पाएपछि […]

September 29, 2020

प्यानिच बने रोनाल्डो र मेस्सीसँग खेल्ने १४ औं खेलाडी

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच विश्व फुटबलका महान हस्ती लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैसँग खेल्ने १४ औं खेलाडी बनेका छन् । यसै सिजन इटालियन च्याम्पियन युभेन्टसबाट बार्सिलोना पुगेका प्यानिचले आइतबार भिल्लारियलविरुद्ध बार्सिलोनाबाट डेब्यु गरे । उक्त खेलमा मेस्सीसँग मैदान उत्रिएका प्यानिचले त्यसअघि रोनाल्डोसँग युभेन्ट्समा खेलेका थिए । उनीसँगै बार्सिलोनाबाट युभेन्टस पुगेका ब्राजिलियन मिडफिल्डर […]

September 29, 2020

पोर्चुगिज डिफेन्डर डियास म्यानचेस्टर सिटी आउने

एजेन्सी – पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायस इंग्लिस क्लब म्यानचेस्टर सिटी आउन सहमत भएका छन् । सिटीको क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४ मिलियन पाउन्डमा सेन्टरब्याक डियासलाई चार वर्षको लागि अनुबन्ध नजिक पुगेको छ । डायस सिटीमा अनुबन्ध भए उनी क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बन्नेछन् । यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब […]

September 29, 2020

जोटाको डेब्यु गोलमा लिभरपुलको पूनरागमन जित

एजेन्सी – साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा आर्सनलमाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को सहज जित हात पारेको हो । एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल […]

September 28, 2020

लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति साविकको विजेता लिभरपुल र आर्सनलबीच प्रतिस्पधा हुदैछ । खेल लिभरपुलको मैदान एनफिल्डमा खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । दुबै टोली नयाँ सिजनको प्रिमियर लिगमा लगातार तेस्रो जितको खोजीमा हुनेछन् । त्यसैले यि दुई टिमबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । लिभरपुलले सिजनको […]

September 28, 2020

साल्केका प्रशिक्षक वाग्नर बर्खास्त

एजेन्सी – जर्मन बुन्डेसलिगा क्लब साल्केको आफ्ना मुख्य प्रशिक्षक डेभिड वाग्नरलाई बर्खास्त गरेको छ । नयाँ सिजनको सुरुवाती दुई खेलमा हार बेहोरेपछि क्लबले प्रशिक्षक वाग्नरलाई बर्खास्त गरेको हो । बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा साल्के च्याम्पियन बायर्न म्युनिखसँग ८–० ले तथा वेर्डर ब्रेमेनसँग ३–१ ले पराजित भएको थियो । साल्केले नयाँ सिजनको सुरुवाती दुई खेलमा […]

September 28, 2020

हिगुआइन डेब्युमै पेनाल्टीमा चुके

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले अमेरिकी मेजर लिग सकरमा इन्टर मायमीका लागि डेब्यु खेलमा नै पेनाल्टी मिस गरेका छन् । इटालियन च्याम्पियन युभेन्टसबाट सिजनको सुरुवातमा हिगुआइन फ्री ट्रान्सफरमा इन्टर मायमी पुगेका थिए । आइतबार भएको फिलाडेल्फीया युनियनविरुद्ध खेलमा हिगुआइन पेनाल्टीमा चुक्दा टोलीले ३-० को हार बेहोर्यो । स्कोर २-० को स्थितिमा रहँदा हिगुआइनले पेनाल्टी […]

September 28, 2020

उमेर नपुग्दा फातीले पाएनन् ‘म्यान अफ द म्याच’

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले आइतबार लिगको पहिलो खेल खेल्दै भिल्लारियलमाथि ४-० को सहज जित दर्ता गर्यो । बार्सिलोनाको जितमा युवा विंगर अन्सु फाती एक्लैले २ गोल गरेका थिए । कप्तान लिओनेल मेस्सीसँग उत्कृष्ट तालमेल देखाउँदै प्रभावशाली प्रदर्शन गरेका फाती उच्च प्रदर्शन गर्नुका बाबजुद म्यान अफ द म्याच भने चुनिएनन् । […]

Success

Thank you for your time.