default_image

फुटबल

September 21, 2020

लेस्टरले बर्नलीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले बर्नलीलाई पराजित गरेको छ । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीमाथि ४–२ को पूनरागमा जित हात पारेको हो । घरेलु मैदानमा लेस्टरको जितमा हार्भे बार्नेस, जेम्स जस्टिन र डेनिस प्रयाएटले गोल गर्दा एक गोल उपहार पाएको थियो । बर्नलीका क्रिस वुड र जिम्मी डुन्नीले गोल […]

September 21, 2020

रियल म्याड्रिड पहिलो खेलमै रोकियो

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलको उल्लेख्य मुभ बनाउन सकेका थिएनन् । […]

September 21, 2020

रोनाल्डोको गोल, प्रशिक्षक पिर्लाेको सफल सुरुवात

एजेन्सी – साविक विजेता युभेन्टरसले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्टसले विजयी सुुरुवात गरेको हो । यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोेले पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेका छन् । आफ्नो प्रशिक्षणमा पिर्लोले पहिलो सफलता हात पारेका हुन् । एलिएन्ज एरिना […]

September 20, 2020

माने चम्कँदा चेल्सीमाथि लिभरपुलको जित

एजेन्सी – फरवार्ड साडियो मानेले उत्कृष्ट प्रदर्शन गर्दा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा लन्डन क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ । लिभरपुलको जितमा दुवै गोल मानेले नै गरे । पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि लिभरपुलको जित सहज भएको थियो । गोलरहित […]

September 20, 2020

युभेन्ट्सलाई साम्पडोरियाको चुनौती

एजेन्सी – साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा आज (आइतबार) साम्पडोरियासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । युभेन्टस र साम्पडोरियाबीचको खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १२ः३० बजे सुरु हुनेछ । च्याम्पियन युभेन्ट्स साम्पडोरियामाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ पाएको युभेन्ट्ससँग पाउलो डिबाला, लियोनार्दाे बोनुची, […]

September 20, 2020

च्याम्पियन रियल म्याड्रिडलाई सोसिडाडको चुनौती

एजेन्सी – डिफेन्डिङ च्याम्पियन स्पेनिस महारथी रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगाको पहिलो खेलमा आज आइतबार राति रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । खेल सोसिडाडको मैदानमा नेपाली समय अनुसार राति १२ः४५ बजे हुनेछ । साविक विजेता रियल सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । रियलको यो लक्ष्यमा करिम बेन्जेमा मुख्य हतियार […]

September 20, 2020

एमबाप्पे र डि मारियाको गोलमा पीएसजीको दोस्रो जित

एजेन्सी – साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ । सुरुवाती दुई खेलमा पराजित भएर तेस्रो खेलमा मेट्जलाई पराजित गर्दै लय समातेको पीएसजीले आइतबार निसलाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पे र डि मारियासँगै कप्तान मार्किन्हसले गोल गरे । एलिएन्ज […]

September 20, 2020

सनको ४ गोलमा टोटेनहमको फराकिलो जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले सानदार ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्सपरले आइतबार साउथह्याम्पटनको मैदानमा ५-२ को जित हासिल गरेको छ । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेर १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थपेको थियो । फरवार्ड सन एक्लैले ४ गोल गर्दा उनको सबै गोलमा फरवार्ड ह्यारी केनले असिस्ट […]

September 20, 2020

चेल्सी र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको चेल्सीले साविक विजेता लिभरपुललाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । चेल्सी र लिभरपुलबीचको खेल स्टामफोर्ड ब्रिजमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा सफलता हात पारेको दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान […]

September 20, 2020

काउटिन्हो नयाँ सिजनका लागि उत्साहित

एजेन्सी – बार्सिलोनाको प्रि सिजन तयारीमा फिलिपे काउटिन्होले उच्च प्रदर्शन गर्दै आएका छन् । जसका कारण उनी नयाँ सिजन उत्साहजनक हुनेमा आशावदी छन् । क्याटलान क्लब बार्सिलोनाले शनिबार एल्चेलाई १–० ले हराउँदै जोआन गाम्पर ट्रफी जितेको छ । मैत्रीपूर्ण खेलका रुपमा रहेपनि आठौं पटक उक्त ट्रफी जित्दै बार्सिलोनाले नयाँ सिजनका लागि पूर्ण रुपमा तयारी रहेको […]

Success

Thank you for your time.