default_image

फुटबल

September 20, 2020

एमबाप्पे र डि मारियाको गोलमा पीएसजीको दोस्रो जित

एजेन्सी – साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ । सुरुवाती दुई खेलमा पराजित भएर तेस्रो खेलमा मेट्जलाई पराजित गर्दै लय समातेको पीएसजीले आइतबार निसलाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पे र डि मारियासँगै कप्तान मार्किन्हसले गोल गरे । एलिएन्ज […]

September 20, 2020

सनको ४ गोलमा टोटेनहमको फराकिलो जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले सानदार ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्सपरले आइतबार साउथह्याम्पटनको मैदानमा ५-२ को जित हासिल गरेको छ । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेर १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थपेको थियो । फरवार्ड सन एक्लैले ४ गोल गर्दा उनको सबै गोलमा फरवार्ड ह्यारी केनले असिस्ट […]

September 20, 2020

चेल्सी र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको चेल्सीले साविक विजेता लिभरपुललाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । चेल्सी र लिभरपुलबीचको खेल स्टामफोर्ड ब्रिजमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा सफलता हात पारेको दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान […]

September 20, 2020

काउटिन्हो नयाँ सिजनका लागि उत्साहित

एजेन्सी – बार्सिलोनाको प्रि सिजन तयारीमा फिलिपे काउटिन्होले उच्च प्रदर्शन गर्दै आएका छन् । जसका कारण उनी नयाँ सिजन उत्साहजनक हुनेमा आशावदी छन् । क्याटलान क्लब बार्सिलोनाले शनिबार एल्चेलाई १–० ले हराउँदै जोआन गाम्पर ट्रफी जितेको छ । मैत्रीपूर्ण खेलका रुपमा रहेपनि आठौं पटक उक्त ट्रफी जित्दै बार्सिलोनाले नयाँ सिजनका लागि पूर्ण रुपमा तयारी रहेको […]

September 20, 2020

लिभरपुलले वल्भ्सका जोटालाई भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले पोर्चुगिज तथा प्रिमियर लिग क्लब वल्भ्सका फरवार्ड डिएगो जोटालाई अनुबन्धित गरेको छ । प्रिमियर लिग क्लब वल्भ्समा दुई सिजन बिताएका २३ वर्षीय जोटालाई लिभरपुलले ४१ मिलियन पाउन्डमा ५ वर्षको लागि सम्झौता गरेको हो । जोटा २०१८ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट वल्भ्स आएका थिए । लिभरपुलमा अनुबन्ध भएसँगै […]

September 20, 2020

आर्सनलले वेस्टह्यामलाई हरायो

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । नयाँ सिजनमा लगातार दोस्रो सफलता आत पार्ने क्रममा आर्सनलले वेस्टह्याम युनाइटेडमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो । यसअघि आर्सनलले पहिलो खेलमा फुलहममाथि ३–० को सहज जित निकालेको थियो । इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल […]

September 20, 2020

हालान्डको दुई गोलमा डर्टमुन्डको विजयी सुरुवात

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सुखद सुरुवात गरेको छ । बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा हालान्डले दुई गोल गर्दा जियोभानी रेनाले […]

September 20, 2020

बार्सिलोनाले जित्यो जोआन गाम्पर ट्रफी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ । शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले नयाँ सिजनको तयारी पनि पूरा गरेको छ । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा प्रदर्शन सुधारेको बार्सिलोनाले आक्रमणमा भने शनिबार […]

September 20, 2020

युनाइटेड घरेलु मैदानमै प्यालेससँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३-१ को हार बेहोरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा डिफेन्सले कमजोर प्रदर्शन गरेपछि युनाइटेड पराजित हुन पुगेको हो । गत सिजन युरोपा लिगको अन्तिम चारसम्म यात्रा तय गरेको युनाइटेडले गत साता विश्राम पाएको थियो । युनाइटेडले नयाँ सिजनको पहिलो खेलमा खराब […]

September 19, 2020

बेल र रेगुइलोन रियल म्याड्रिडबाट टोटेनहममा

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल र डिफेन्डर सर्जियो रेगुइलोन लन्डन क्लब टोटेनहम हट्सपरमा अनुबन्धित भएका छन् । ३१ वर्षीय फरवार्ड बेल पूर्व क्लबमा एक वर्ष लोनका लागि आबद्ध हुन लागेका हुन् । उनलाई क्लबले अर्को एक वर्ष पनि लोनमा राख्ने विकल्प रहेको छ । बेलको वार्षिक ३० मिलियन युरो तलबमा रियल म्याड्रिड र […]

Success

Thank you for your time.