default_image

अन्तर्राष्ट्रिय

August 10, 2018

सिपिएलमा सन्दीप सम्मिलित प्याट्रियट्सको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ ।  शुक्रबार बिहान भएको पहिलो खेलमा सन्दीपको टिम प्याट्रियट्स गुयाना अमेजन वारिवर्ससँग ६ विकेटले पराजित भएको हो । प्याट्रियट्सले दिएको १ सय ४७ रनको लक्ष्य वारिवर्सले १६ ओभर ३ बलमा मात्र […]

August 9, 2018

च्याम्पियन्स लिग अवार्डको मनोनयनमा रियलको वर्चस्व

मोनाको (एजेन्सी) – यसै महिनाको अन्तिममा घोषणा हुने युइएफए च्याम्पियन्स लिग अवार्डको मनोनयनमा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीले वर्चस्व जमाएका छन् । अवार्डको चार विधा (गोलरक्षक, डिफेन्डर, मिडफिल्ड र फरवार्ड) मा च्याम्पियन्स लिग विजेता रियल मड्रिडका सात खेलाडी मनोनयनमा परेसँगै मनोनयमा रियलका खेलाडीले वर्चस्व जमाएको हो । रियलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो (हाल युभेन्ट्स), केलर नाभास, […]

August 9, 2018

बार्सिलोनामा काउटिन्होलाई ७ नम्बर जर्सी

बार्सिलोना (एजेन्सी)– मिडफिल्डर फिलिपे काउटिन्होलाई बार्सिलोनाबाट नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने भएका छन् । लिभरपुलबाट बार्सिलोना पुगेयता उनले १४ नम्बर जर्सी लगाउँदै आएका थिए । बार्साबाट ७ नम्बर जर्सी लगाउने मिडफिल्डर अर्दा टुरान लोनमा इस्तानबुल बासकसेहिर पुगेपछि काउटिन्होलाई त्यो नम्बरको जर्सी लगाउन बाटो खुलेको हो । टुरानले बार्सामा ला लिगाका दुई सिजनका ३६ खेल […]

Keylor Navas

August 9, 2018

गोलकिपर नाभासले गरे रियल छाड्ने संकेत

मड्रिड (एजेन्सी)– स्पेनिस जाइन्ट रियल मड्रिडका पहिलो रोजाईका गोलरक्षक केलर नाभासले क्लब छाड्ने संकेत गरेका छन् । रियलले ६ वर्षका लागि इंग्लिस क्लब चेल्सी तथा बेल्जियमका थिवाउट कोर्टुवालाई बिहिबार ३५ मिलियन पाउन्डमा अनुबन्ध गरेसँगै नाभासले क्लब छाड्ने संकेत गरेका हुन् । रसिया विश्वकपको गोल्डेन ग्लोभ्स विजेता कोर्टुवा रियलमा आएसँगै आफ्नो भविष्य अनिश्चित हुने पक्का भएपछि […]

August 9, 2018

रियलले लिग नजित्ने ५ कारण

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड विश्वकै सबैभन्दा उत्कृष्ट क्लब मध्य एक हो भन्नेमा दुईमत छैन । विश्वका धेरै महान फुटबल खेलाडीले यस क्लबबाट खेलेका छन् । घरेलु प्रतियोगितामा रियलले ६४ उपाधि जितेको छ जसमा ३३ लिग उपाधि सेमत समावेश छन् । युरोपियन इतिहासमा रियलले २५ उपाधि हात पार्दा १३ पटक युरोपियन कप र च्याम्पियन्स लिगको […]

August 9, 2018

‘बेल असाधारण खेलाडी हुन्’

न्यू जर्सी (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुईले गेराथ बेललाई असाधारण खेलाडी रहेको उल्लेख गर्दै क्रिस्टियानो रानोल्डोको बर्हिगमनले रहेको रिक्ततालाई पुरा गर्ने विश्वास गरेका छन् । न्यू जर्सीमा मंगलबार इन्टरनेसनल च्याम्पियन्स कपमा बेलले टोलीका लागि दोस्रो गोल गरेपछि रियलले रोमामाथि २–१ को जित हासिसल गरेको थियो । युरोपियन च्याम्पियन्स रियलबाट १ सय मिलियन पाउन्डमा रोनाल्डो […]

August 9, 2018

मार्सेलोलाई युभेन्टसमा आउन रोनाल्डोको आग्रह

टुरिन (एजेन्सी) –पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिडका फुलब्याक मार्सेलोलाई युभेन्टस्मा आउनको लागि आग्रह गरेका छन् । अघिल्लो महिना १ सय मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेका रोनाल्डोले युभेन्टसमा थप सफलताको लागि मार्सेलोलाई क्लबमा आउन आग्रह गरेको इटालियन पत्रिका टुटोस्पोर्टसले उल्लेख गरेको छ । लेफ्टब्याक मार्सेलो र सुपरस्टार रोनाल्डोबीचको सहकार्य रियलमा निक्कै […]

August 9, 2018

कोर्टुवा चेल्सीबाट रियालमा

मड्रिड (एजेन्सी) – प्रिमियर लिग क्लब चेल्सी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्ध हुने पक्का भएको छ । रियालले कोर्टुवालाई ३५ मिलियन पाउन्डमा ६ वर्षका लागि क्लबमा भित्र्याउन सफल भएको हो । रियालले आज सान्टियागो बर्नबेउमा कोर्टुवालाई सार्वजनिक गर्नेछ । रियलले सामाजिक संजाल ट्वीटरमा ‘स्वागत कोर्टियस’ भनेर ट्वीट गरेको छ । […]

August 9, 2018

कीपा विश्व कीर्तिमानी मुल्यमा चेल्सीमा अनुबन्धित

लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागालाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन् […]

August 8, 2018

लिभरपुलको लिग जित्ने सम्भावना कस्तो?

लन्डन  (एजेन्सी) – योर्गेन क्लोपको टोली लिभरपुलले च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हार समर्थकका लागि दुखदायक थियो भने अब त्यस हारलाई भुल्दै प्रिमियर लिगको यस संस्करणमा उपाधि जित्ने सुनौलो मौका रहेको छ ।नाबी केइटा र फाबिन्हो जस्ता खेलाडी टोलीमा भित्रिनु र मोहम्मद सलाहको सुरुवात देखि नै उपस्थिति रहनुले टोलीको लाइन अप अझ मजबुत बनाएको छ। लिभरपुल […]

Success

Thank you for your time.