July 11, 2022
एजेन्सी – मिडफिल्डर ग्रेस जियोरोको ह्याट्रिक सहयोगमा फ्रान्सले महिला युरो च्याम्पियनसिप २०२२ मा सानदार जित दर्ता गरेको छ । फ्रान्सले इटालीमाथि ५–१ को सानदार जित निकाल्दै विजयी सुरुवात गरेको हो । इंग्ल्यान्डमा आइतबार राति भएको खेलमा फ्रान्सको फराकिलो जितमा ग्रेस जियोरोले ह्याट्रिक पुरा गरिन् । मारी एन्टोनेट काटोटो र डेल्फिन कास्कारिनोले समान एक गोल गरिन् […]
July 10, 2022
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा सातौपटक च्याम्पियन बनेका हुन् । सातौं पटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले उनले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा अघि […]
July 10, 2022
एजेन्सी – इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्धय एनगोलो कान्टे र रुवेन लफटस चिकले क्लबको प्रि–सिजनको अमेरिका भ्रमण गुमाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को खोपको स्थितिका कारण उनीहरु दुवैले अमेरिका भ्रमण गुमाउने भएको क्लबले जनाएको छ । चेल्सीका टोली शनिबार प्रि–सिजनको लागि अमेरिकाको लस एन्जलस भ्रमणमा निस्किसकेको छ । कोरानाविरुद्धको पुर्ण खोप नलगाएका व्यक्तिलाई अमेरिका […]
July 10, 2022
एजेन्सी – पोर्चुगल महिला युरो च्याम्पियनसिपमा हारबाट जोगिएको छ । २–० ले पछि परेको स्थितिमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग रोमाञ्चक २–२ गोलको बराबरी खेलेको हो । म्यानचेस्टरमा शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डकी कोउम्वा सो र राहिल किविकले गोल गरिन् । पोर्चुगलकी डिएना गोमेस र जेसिका सिल्भाले बराबरी गोल फर्काइन् । पोर्चुगल खेलको सुरुवाती पाँच मिनेटमै २–० ले […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) बाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ । योसँगै पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यससँगै अब ७ राष्ट्रले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ […]
July 9, 2022
एजेन्सी – काजकस्तानकी एलेना रेवाकिना विम्बल्डन टेनिसको च्याम्पियन बनेकी छिन् । उनी महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् । लन्डनस्थित सेन्टर कोर्टमा शनिबार भएको फाइनलमा ट्युनिसियाकी तेस्रो वरीयताकी आन्स जवेउरमाथि २–१ को सेटमा जित निकाल्दै एलेना काजकस्तानबाट ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बनेकी हुन्। रसियामा जन्मिएकी २३ वर्षीय उनको करिअरको पहिलो ग्रान्डस्लाम उपाधि हो । कुनैपनि ग्रान्डस्लाम […]
July 9, 2022
एजेन्सी – एन्टोनियो रुडिगर र ओरेलिएन चुवामेनीको आगमनबाहेक स्पेनिस महारथी रियल म्याड्रिडले भिनिसियस जुनियर, रोड्रिगो गोएस र इडर मिलिसाओको सम्झौता नविकरण गरेर आफ्नो दीर्घकालीन लक्ष्यलाई बलियो बनाएको छ । तीन ब्राजिलियनसँगै थिवाउट कोर्टुवा, फेडरिको भाल्भेर्डे, एडुआर्डाे कामाभिंगा र दुई नयाँ खेलाडी लस ब्लान्कोससँग लामो सम्झौतामा बाँधिएका छन् । २०२८ – चुवामेनी, रोड्रिगो र मिलिसाओ२२ वर्षीय […]
July 9, 2022
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिक इटालियन क्लब फियोरेन्टिनामाअनुबन्धित भएका छन् । फियोरेन्टिनाले २४ वर्षीय जोभिकलाई दुई वर्षको लागि सम्झौता गरेका छन् । यस्तै क्लबसँग सम्झौता थपको विकल्प पनि रहेको छ । २०१९ मा जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टमा सनसनीपूर्ण प्रदर्शन गरेपछि रियलले उनलाई ६० मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । […]
July 9, 2022
एजेन्सी – इंग्लिस क्लब आर्सनल र वेस्ट ह्याम युनाइटेडका पुर्व इंग्लिस मिडफिल्डर ज्याक विल्सेरले ३० वर्षको उमेरमा नै फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विल्सेरले विज्ञप्ति जारी गर्दै फुटबलबा सन्यासको घोषणा गरेका हुन् । १६ वर्षको उमेरमा आर्सनलको सिनियर टोलीमा डेब्यु गरेका विल्सेरले क्लबका लागि १९७ खेलमा १४ गोल गरेका छन् । उनले आर्सनलबाट दुईपटक […]
July 9, 2022
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले क्याटलान क्लब बार्सिलोनाका फ्रान्सेली सेन्टर ब्याक क्लेमेन्ट लेङलेटलाई अनुबन्ध गरेको छ । २७ वर्षीय लेङ्लेट एक सिजनका लागि लोनमा टोटेनहममा अनुबन्धित भएका हुन् । टोटेनहमले उनलाई स्थायी खेलाडीको रुपमा राख्न पाउने विकल्प पनि छ । लेङ्लेट पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न सकेका छैन । उनले गत सिजन बार्सिलोनाका […]