August 9, 2025
एजेन्सी – बार्सिलोनाका लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घनको गरेकोमा युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ। बार्सिलोनाको पछिल्लो युएफा च्याम्पियन्स लिग खेलपछि उनीहरुले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको बताइएको छ । यो जरिवाना इटालीमा भएको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित जनाइएको छ । खेल अतिरिक्त समयमा ४- ३ […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज साउदी अरेबिया विरूद्ध १-० को कठिन जित निकालेको छ। यो जितमा नेपालले ३ अंक जोड्यो। भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले गोल गर्न संघर्ष गर्यो। ३७ औं मिनेटमा प्राप्त पेनाल्टीमा मिना […]
August 8, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरेको मैत्रीपूर्ण खेलमा अल नासरले सहज जित निकालेको छ। अल्गार्वे रंगशालामा नासरले पोर्चुगलको रियो एभेलाई ४- ० हराएको छ । प्रि–सिजन टुरमा नासरको यो लगातार दोस्रो जित हो। यसअघि नासरले फ्रेन्च क्लब टुलुजलाई २-१ ले हराएको थियो। नासरका लागि पहिलो गोल मोहम्मद सिमाकनले गरे। उनले १५औं मिनेटमा गोल गरेका हुन् […]
August 8, 2025
एजेन्सी – बालोन ड’ओरको मनोनयनको सार्वजनिक भएको छ। सप्टेम्बरमा हुने समारोहअघि २०२५ का पुरुष तथा महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो। च्याम्पियन्स लिग विजेता पुरुषतर्फ पेरिस सेन्ट–जर्मेन (पिएसजी) र महिलातर्फ आर्सेनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन्। दुवैतर्फ बार्सिलोनाका स्टार खेलाडी पनि ठुलो संख्यामा छ । जसमा लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, ऐताना बोनमतीलगायतको नाम छ। […]
August 8, 2025
एजेन्सी – हेरी केनले पूर्व क्लब टोटनहम हट्स्परविरुद्ध गोल गरेको प्रि सिजन मैत्रीपूर्ण खेलमा बायर्न म्युनिख ४-० ले विजयी भएको छ। पेनाल्टी मिस गर्दै बायर्न म्युनिखलाई एलियान्ज एरिनामा बिहीवार खेलमा केनले पेनाल्टीमा अर्को गोल गर्ने मौका चुकाए। इङ्ग्ल्यान्डका स्ट्राइकर केनले माइकल ओलीसको लामो पास नियन्त्रण गर्दै १२ औं मिनेटमा बायर्नको लागि पहिलो गोल गरे। तर […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ। नेपाल एकै पटक १३ स्थान माथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा) बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा रहेको छ । यसअघि नेपाल एक सयौं स्थानमा थियो। ८ वर्ष अघिको वरीयता नेपालको यसअघि उच्च वरीयता थियो। सन् २०१७ को […]
August 7, 2025
एजेन्सी – इन्टर मियामी लिग्स कपको अन्तिम आठमा पुगेको छ। पछाडि परेको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गर्दै मियामी क्वाटरफाइनल पुगेको हो। रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो पहिलो गोल गरेका छन् । जसले मेक्सिकन पावरहाउस पुमासलाई ३-१ ले हराउँदै मियामीले लिग्स कपको अघिल्लो चरण यात्रा तय गरेको छ। लुइस सुआरेजले आक्रमणतर्फको जिम्मेवारी सम्हाल्ने क्रममा […]
August 7, 2025
एजेन्सी – लस एन्जल्स (एलए) एफसी आफ्नो पहिलो रोजाइ नभएको तर क्लबका अध्यक्षसँगको कुराकानीपछि विचार परिवर्तन गरेकोसन ह्युंग मिनले बताएका छन्। एलएएफसीले टोटनहमका पूर्व कप्तान सनका लागि २० मिलियन पाउन्डभन्दा बढी रकम तिरेको छ बताइएको छ । जुन मेजर लिग सकर (एमएलएस) को अहिलेसम्मकै सबैभन्दा ठूलो शुल्क हो। उनको दुई वर्षको सम्झौतामा थप दुई वर्षको […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिवार कांस्य पदकमा सीमित भएका छन् । पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसंग ५–० ले पराजित भएपछि कांस्य पदकमा सीमित भएका हुन् । एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० तथा भुटानका […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)-प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बुधवार भारतको उडिसा प्रस्थान गरेको छ । आइतवार हुने प्रतियोगिताको महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सिमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन् । पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित […]