default_image

अन्तर्राष्ट्रिय

August 17, 2025

बायर्नलाई जर्मन सुपर कप

एजेन्सी – नयाँ खेलाडी लुइस डियाज र हेरी केनको गोलमा बायर्न म्युनिखले स्टुटगार्टलाई २-१ ले पराजित गर्दै जर्मन सुपर कप उपाधि जितेको छ। क्लबमा आफ्नो पहिलो खेल खेलिरहेका डियाजले उत्कृष्ट प्रदर्शन गरे। डियाजले लिभरपुलबाट ६५.५ मिलियन पाउण्डमा बायर्नमा ४ वर्षका लागि अनुबन्ध भएका थिए। उनले ७७ औँ मिनेटमा सर्ज नाब्रीको क्रसमा हेड गोल गर्दै टोलीलाई […]

August 17, 2025

बार्सिलोनाको विजयी सुरुवात

एजेन्सी – बार्सिलोनाले ला लिगाको नयाँ सिजनको सुरुवात सहज जितबाट गरेको छ। बार्सिलोनाले शनिवार राति मालोर्काको मैदानमा भएको खेलमा घरेलु टोलीलाई ३-० ले पाखा लगायो। खेलमा मालोर्काका २ खेलाडी पहिलो हाफमै रातो कार्ड पाएपछि बार्सिलोनाको जित सहज बनाइदियो। खेल सुरु भएको सातौँ मिनेटमै लामिन यामालको क्रसमा राफिन्हाले नजिकैबाट हेड बाट पहिलो गोल गरे । पछिल्लो […]

August 17, 2025

म्यानचेस्टर सिटीको सानदार सुरुवात

एजेन्सी – म्यानचेस्टर सिटीले सानदार जितका साथ प्रिमियर लिगको सुरुवात गरेको छ। टिज्जानी रेजन्डर्स र रायान चर्चीले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै गोल गर्दा सिटीले वुल्भ्सलाई ४-० ले‌‌ हरायो । टोलीका लागि‌ एर्लिङ हालान्डले २ गोल गरे। प्रिमियर लिगको पहिलो हप्तामा गोल गर्ने आफ्नो परम्परा कायम राख्दै हालान्डले ३४ औँ मिनेटमा ट्याप–इन गोल गरे । […]

August 16, 2025

टोटनहमको विजयी सुरुवात

एजेन्सी – टोटनहम हट्सपरले नयाँ प्रशिक्षक थॉमस फ्र्याङ्कको नेतृत्वमा प्रिमियर लिगको पहिलो खेलमा शानदार नतिजा निकालेको छ। शनिवार भएको खेलमा टोटनहमले बर्न्लीलाई ३-० गोलले पराजित गर्‍यो। खेलको १० औँ मिनेटमै मो कुडुसले दिएको पासमा रिचार्लिसनले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। कुडुसको यो प्रिमियर लिग डेब्यू खेल थियो र उनले सुरुवातमै राम्रो प्रभाव पारे। ६० […]

August 16, 2025

म्याक्सवेलको अर्धशतकमा अष्ट्रेलियाको रोमाञ्चक जित

एजेन्सी – ग्लेन म्याक्सवेलले  अविजित अर्धशतक बनाएपछि शनिवार अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा २ विकेटले हराएको‌ छ‌ । योसँगै अष्ट्रेलियाले २-१ ले सिरिज जितेको छ। केर्न्सको काजलिज स्टेडियममा भएको निर्णायक खेल निकै रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो। […]

August 16, 2025

नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल आज आफ्नो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको छ। १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले कुलश मल्लको अर्धशतकसहित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । कुशल मल्ल लगातार […]

August 16, 2025

नेपाललाई ठूलो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा बङ्गलादेशको ‘ए’ ले नेपाललाई १ सय ८७ रनको चुनौती दिएको छ। अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।‌ निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो। ओपनर जिसान अलाम र मोहम्मद नैम शेखले पहिलो विकेटको लागि ६२ रनको […]

August 16, 2025

रोमान्चक खेलमा लिभरपुलको विजयी सुरुवात

एजेन्सी – लिभरपुलले आफ्नो प्रिमियर लिग उपाधि रक्षा अभियान जितबाट सुरु गरेको छ। बराबरीतर्फ उन्मुख शुक्रवारको खेल अन्त्यमा लिभरपुलले बोर्नमाउथलाई ४-२ ले हराएको थियो।जुलाइमा कार दुर्घटनामा ज्यान गुमाएका डिजगो जोटा र उनका दाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिएको थियो ।  २०औँ मिनेटमा ताली बजाएर उनीहरुलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो […]

August 15, 2025

राष्ट्रिय टोलीका ४ खेलाडीसहित यु-२३ टोली छनोट

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली सार्वजनिक गरिएको छ। प्रमुख प्रशिक्षक नविन न्यौपानेले २३ सदस्यीय टोली घोषणा गरेका हुन्। न्यौपानेले राष्ट्रिय टोलीका ४ खेलाडी आयुष घलान, कृतिश रत्न छुन्जु , निराजन धामी र सुमित श्रेष्ठ सहित टोली घोषणा गरेका हुन्। टोलीमा गोलकिपरमा कृशाल मोक्तान, अमित टमाटा […]

August 15, 2025

टप एन्ड टि ट्वान्टी – नेपाल पहिलो खेलमै पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टप एन्ड टि ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटिएस) सँग ४२ रनले पराजित भएको छ। अष्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटियो। नेपालले कमजोर सुरुवात गर्यो। मात्र २५ रन जोड्दा […]

Success

Thank you for your time.