August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् । विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो । आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बराबरीबाट एएफसी यु-२० महिला एसियन कप छनोटको यात्रा सुरु गरेको छ । आयोजक भुटानविरुद्धसँग आज भएको खेलमा नेपाल १-१ गोलको बराबरीमा रोकिएको छ। नेपालले भुटान विरुद्ध ३८ सेकेन्डमा गोलको खाता खोलेको थियो । सेनु परियारले गोल गरिन्। तर नेपालले लामो समय अग्रता जोगाउन सकेन। खेलको १८ औं मिनेटमा अग्रता तोडियो। भुटानको […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपाल र भुटानबीच खेल जारी छ। पहिलो हाफको समाप्तिमा खेल १-१ गोलको बराबरीमा सकिएको छ। आयोजक भुटानविरुद्ध नेपालले ३८ सेकेन्डमा नै गोल गर्यो। सेनु परियारले गोल गरिन्। तर यो अग्रता खेलको १८ औं मिनेटमा तोडियो। भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्। यो सँगै पहिलो हाफ […]
August 6, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिगका स्ट्राइकर बेञ्जामिन सेस्कोका लागि ८५ मिलियन युरो सम्म पुग्ने प्रस्ताव राखेको छ। यो प्रस्तावमा ७५ मिलियन युरो ग्यारेन्टी तिर्ने विषय समावेश गरिएको जनाइएको छ। २२ वर्षीय स्लोभेनियाली फरवार्डलाई ओल्ड ट्राफोर्ड ल्याउन चाहने युनाइटेडले त्यो मूल्यांकन उपयुक्त भएको विश्वास गरेको छ । सेस्को आफैँ पनि युनाइटेड जान इच्छुक रहेको अनुमान […]
August 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरस्थित जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलवार इण्डियन आर्मी फुटबल टिमसँग १-० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । इण्डियन आर्मीको जितमा क्रिस्टोले २१औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । त्रिभुवन आर्मी पहिलो हाफबाटै १० खेलाडीमा सिमित […]
August 4, 2025
एजेन्सी – भारत र घरेलु टोली इङ्ग्ल्याण्डबीचको ५ टेस्टको सिरिज बराबरीमा सकिएको छ । ओभलमा सोमवार सकिएको पाँचौ तथा अन्तिम टेस्टमा भारतले ६ रनले विजयी भएसँगै सिरिज २-२ को बराबरीमा सकिएको हो । ३ सय ७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३ सय ६७ रन मात्र बनाएको थियो । पाँचौ दिनमा जितका लागि घरेलु टोलीलाई […]
August 4, 2025
एजेन्सी – आयोजक वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिज पाकिस्तानले जितेको छ । अमेरिकाको फ्लोरिडामा आज भएको तेस्रो टि ट्वान्टी आई खेल १३ रनले जितेसँगै पाकिस्तानले सिरिज २-१ ले जितेको हो । पहिलो खेलमा पाकिस्तानले र दोस्रोमा वेस्ट इण्डिज विजयी भएको थियो। १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै […]
August 3, 2025
एजेन्सी – भारतविरुद्ध पाँचौ तथा अन्तिम टेस्टमा इङ्ग्ल्याण्ड जितको नजिक पुगेको छ। ओभलमा जारी टेस्टमा चौथो दिनमै नतिजा आउने अवस्था थियो । तर, खराब मौसमका कारण चौथो दिनको आइतवारको खेल समाप्त भयो । नतिजाका लागि पाँचौं तथा अन्तिम दिन कुर्नु पर्ने भएको छ । ३ सय ७४ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोलीले ६ विकेट गुमाएर […]
August 3, 2025
एजेन्सी – वेस्ट इण्डिजले पाकिस्तानलाई टि ट्वान्टी आईमा ८ वर्ष पछि हराएको छ । अमेरिकाको फ्लोरिडामा जारी सिरिजको दोस्रो खेलको अन्तिम बलमा वेस्ट इण्डिजले रोमाञ्चक २ विकेटको जित निकालेको हो । वेस्ट इण्डिजले सन् २०१७ मा घरेलु मैदानमा भएको सिरिजको तेस्रो खेलमा पाकिस्तानमाथि अन्तिम पटक जित निकालेको थियो । रोमाञ्चक जितसँगै ३ टि ट्वान्टी आई […]
August 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी प्रशान्त राईले दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्। दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिवार प्रशान्तले जुनियर -४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए। एसियाली कुराश महासंघको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा […]