August 14, 2025
एजेन्सी – खेलको अन्तिम समयमा पुनरागमन गरेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकर ४-३ ले हराउँदै युइएफए सुपर कप जितेको छ । स्पर्स खेलको ८४औँ मिनेटसम्म २-० ले अगाडि थियो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा जित नजिक पुगेको थियो । तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल […]
August 13, 2025
एजेन्सी – ट्रिनिडाडमा भएको तेस्रो र अन्तिम ओडिआईमा मोहमद रिजवान कप्तानीमा रहेको पाकिस्तान ९२ रनमा अलआउट गर्दै घरेलु टोली वेस्ट इन्डिजले २ सय २ रनले पराजित गरेको छ। योसँगै वेस्ट इन्डिजले ओडिआई सिरिज २-१ ले आफ्नो पक्षमा पार्दै मंगलवार ऐतिहासिक जित दर्ता गर्यो।२ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका कुनै पनि ब्याटरले सम्हालिएर खेल्न […]
August 12, 2025
एजेन्सी – डेवाल्ड ब्रेभिसको अविजित १ सय २५ रनको धमाकेदार इनिङ (५६ बलमा) ले दक्षिण अफ्रिकालाई दोस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाफ ५३ रनले हराएको छ । २ सय १९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६५ रनमा समेटिएको थियो। ब्रेभिसको १२ चौका र ८ छक्काको स्तरीय ब्याटिङले ३ टि ट्वान्टी […]
August 12, 2025
एजेन्सी – फुटबल स्टार क्रिष्टियानो रोनाल्डो र मोडेल जर्जिना रोड्रिगेज आठ वर्ष लामो प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिने भएका छन्। रोड्रिगेजले इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै आफ्नो औंलामा ठूलो र चम्किलो औंठौसहितको क्याप्सनमा लेखेकी छिन्, ‘हो, म सहमत छु। यस जीवनमा मात्र होइन, मेरो सबै जीवनमा।’ रोनाल्डो र जर्जिनाको सम्बन्ध सन् २०१७ सार्वजनिक थियो। उनीहरू पहिलो पटक […]
August 11, 2025
एजेन्सी – बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ। जोन ग्याम्पर ट्रफीमा आइतबार बार्सिलोनाले इटालियन क्लब कोमोलाई ५-० ले हराएको छ। बार्सिलोनालाई जितमा फर्मिन लोपेज र लामिन यामलले समान २ तथा अर्को गोल राफिन्हाले गरे । २१औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता लियो । ३५औं मिनेटमा उनैले अर्को गोल गरे।राफिन्हाले ३७ औं मिनेटमा […]
August 11, 2025
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजले दोस्रो ओडिआईमा डर्कवर्थ लुइस पद्दतीमा पाकिस्तानलाई ५ विकेटले हराएको छ । ट्रिनिडाडमा सोमवार बिहान सकिएको खेल घरेलु टोलीले जितेपछि ३ ओडिआई सिरिज १-१ को बराबरीमा पुगेको छ । वर्षाका कारण खेल ३७ ओभरमा घटाइएको थियो । १ सय ७२ रनको लक्ष्य वेस्ट इण्डिजले ३३.२ ओभरमा ५ विकेट गुमाएर पूरा […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा भएको द १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर्णसहित ७ पदक जितेको छन् । ‘ए’ लिग को सिनियर यु ३० इन्डिभिजुयलमा पुरुषमा अस्मिन राउतले रजत र महिला निशा दर्नालले कास्य पदक जितेकी छिन्। निशा र अस्मिनको जोडीले कास्य पदक जित्यो । […]
August 10, 2025
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पहिलो टि ट्वान्टी आईमा १७ रनले हराएको छ। डार्विन मरेरा ओभलमा भएको खेलमा हराउँदै अस्ट्रेलियाले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन पटकको विश्व विजेता उत्तर कोरिया एएफसी यु २० महिला एसियन कपको अन्तिम चरणका लागि छनोट भएको छ। भुटानमा जारी प्रतियोगितामा नेपाललाई आज ११-० को फराकिलो अन्तरमा हराएसँगै उत्तर कोरिया समूह विजेताका रुपमा फाइनल राउन्डका लागि छनोट भएको हो। समूह चरणबाट बाहिरिएको नेपालको उत्कृष्ट दोस्रो हुने संभावना पनि समाप्त भएको छ। नेपाललाई […]
August 9, 2025
एजेन्सी – पाकिस्तानले पहिलो ओडिआईमा घरेलु टोली वेस्ट इण्डिजलाई ५ विकेटले हराएको छ। बिहान ट्रिनिडाड एण्ड टोबागोमा शनिवार भएको पहिलो खेल जितेको पाकिस्तानले ३ ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । २ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ‘प्लेयर अफ द म्याच’ हसन नवाज ५४ […]