default_image

अन्तर्राष्ट्रिय

May 1, 2021

पिएसजीका फरवार्ड एमबाप्पे घाइते

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार केलियन एमबाप्पेलाई चोट लागेको छ । दायाँ पिडौलाका चोटका कारण शनिबार लिग वानमा लेन्सविरुद्ध हुने खेलमा एमबाप्पे खेल्ने छैनन् । त्यति मात्र होइन म्यानचेस्टर सिटीविरुद्ध हुने च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा पनि उनी खेल्नेमा शंका बढेको छ । पिएसजी र सिटीबीच अर्को बुधबार दोस्रो लेग हुनेछ । […]

May 1, 2021

रोनाल्डो युभेन्टसमा निराश र एक्लो!

एजेन्सी – विश्व फुटबलका सुपर स्टार मध्येका एक क्रिस्टियानो रोनाल्डो सधै जसो चर्चामा रहने गर्छन् । कहिलेका व्यवहारका कारण चर्चामा रहेपनि अधिकांश समय उनको खेल जीवनलाई लिएर चर्चामा रहने गर्दछन् । युभेन्ट्सले उनको सफल खेल जीवनलाई हेरर नै च्याम्पियन्स लिग जित्ने योजनाका साथ उनलाई भित्राएको थियो । तर उनी आबद्ध भएयता पनि युभेन्ट्सले च्याम्पियन्स लिग […]

May 1, 2021

आइपिएल क्लासिको : सर्वाधिक सफल टिम र कप्तानबीचको भिडन्त

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आज सर्वाधिक दुई सफल टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दिल्लीमा सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई मुम्बईलाई हराउँदै १२ अंकका साथ शीर्षस्थानमा कायमै रहन चाहन्छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स चेन्नईलाई […]

May 1, 2021

जेसी मार्स लाइप्जिगको मुख्य प्रशिक्षक

एजेन्सी – जर्मन क्लब आरबी लाइप्जिगले यसअघि क्लबका सहायक प्रशिक्षक रहेका जेसी मार्सलाई क्लबको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । हालका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यान सिजनको अन्त्यसँगै प्रशिक्षकको लागि कीर्तिमानी मुल्यमा अर्काे जर्मन क्लब बायर्न म्युनिख जाने पक्का भएपछि लाइप्जिगले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका अमेरिकन प्रशिक्षक मार्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । लाइप्जिगले […]

May 1, 2021

बार्सिलोनाका प्रशिक्षक कोम्यानलाई प्रतिबन्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) को प्रतियोगिता समितिले उनलाई दुई खेलको प्रतिबन्ध सुनाएको हो । यससँगै कोम्यानले भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा टच लाइनमा बस्न पाउने छैनन् । बिहीबार राति घरेलु मैदान नोउ क्याम्पमा ग्रानडासँग २–१ ले स्तब्ध भएको खेलमा डच प्रशिक्षक कोम्यान […]

May 1, 2021

लेस्टर हारबाट जोगियो

एजेन्सी – प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लेस्टर सिटी १० खेलाडीमा समेटिएको साउथह्याम्टनसँग हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको साउथह्याम्नटनसँग १–० ले पछि परेको अवस्थामा जोनी इभान्सले गोल गर्दै लेस्टरलाई हारबाट जोगाएका हुन् ।सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा शुक्रबार राति भएको खेलमा घरेलु टोली १०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जेमी भार्डीमाथि फल […]

May 1, 2021

लाइप्जिग जर्मन कपको फाइनलमा

एजेन्सी – सब्सिच्युट कोरियन फरवार्ड हि–चान ह्वाङले एक गोल तथा अर्काे गोलको लागि असिस्ट दिएपछि आरबी लाइप्जिगले जर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी वेर्डर ब्रेमेनमाथि अतिरिक्त समयमा जित निकाल्दै डिएफबी पोकल (जर्मन कप) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई उसकै मैदानमा अतिरिक्त समयमा २–१ ले पराजित गर्दै लाइप्गिजले फाइनलमा स्थान बनाएको हो […]

April 30, 2021

रियललाई अर्को झट्का

एजेन्सी – मुख्य खेलाडीलाई चोटका कारण निकै समस्यामा रहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई अर्को समस्या आइपरेको छ । मांशपेसीको चोट बोकेपछि डिफेन्डर ड्यानी कार्भाजल यो सिजन फेरी नखेल्ने अवस्थामा पुगेका छन् । च्याम्पियन्स लिग अन्तर्गत चेल्सीविरुद्ध सेमिफाइनलको पहिलो लेगमा कार्भाजलले चोट बोकेका हुन् । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । मंगलबार खेलका दौरान […]

April 30, 2021

बेन्जेमाले गरे राउलको कीर्तिमान बराबर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा रहेका राउल गोन्जालेजसँगको गोलसंख्या बराबरी गरेका छन् । मंगलबार राति इंग्लिस क्लब चेल्सीविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा एक गोल गरेपछि बेन्जेमा सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा अटाएका हुन् । उनले रियल म्याड्रिडकै पुर्व स्पेनिस फरवार्ड राउल गोन्जालेजसँगको […]

April 30, 2021

भिल्लारियलले आर्सनललाई हरायो

एजेन्सी – युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनललाई हराएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा भिल्लारियलले आर्सनलमाथि २–१ को जित दर्ता गरेको हो । भिल्लारियलको जितमा म्यानुयल ट्रिगुइरस र राहुल अल्विओलले गोल गर्दा आर्सनलका निकोलस पेपेले एक गोल फर्काए । भिल्लारियलले खेलको पाँचौ मिनेटमा म्यानुयल ट्रिगुइरसको गोलबाट अग्रता […]

Success

Thank you for your time.