default_image

अन्तर्राष्ट्रिय

August 28, 2020

चेन्नईको टोलीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सको एक खेलाडीसहित टोलीका अन्य सदस्यमा कोरोना संक्रमण देखिएको छ । बिहीबार चेन्नईका सदस्यले गराएको परिक्षणमा एक खेलाडी र १० जना टोली सदस्यमा कोरोना संक्रमण देखिएको हो । आइपिएलको कोरोना नियमावली अनुसार हरेक टोलीले यूएई आएपछि अनिवार्य रुपमा तीन […]

August 28, 2020

थियागो सिल्भा चेल्सीमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । पीएसजीसँग सम्झौता सकिएपछि फ्री एजेन्ट बनेका सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् । क्लबको चाहनाअनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने प्रावधान रहेको छ । च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएलगत्तै सिल्भाले […]

August 28, 2020

मुलर भन्छन् – ‘बार्सिलोना बढी नै आरामदायी देखिन्थ्यो’

एजेन्सी – बायर्न म्युखिनका मिडफिल्डर थोमस मुलर आफ्नो विचार खुलस्त राख्न परिचित छन् । बायर्नले यो सिजन च्याम्पियन्स लिग उपाधि जितिसकेको छ । फाइनलमा पीएसजीलाई पराजित गरेपनि क्वार्टरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको खेलको अहिले पनि चर्चा हुने गरेको छ । मुलरको नजरमा त्यो खेलमा बार्सिलोना बढी नै आराममा देखिएको थियो । जर्मन फरवार्डले बार्सिलोनाले […]

August 28, 2020

छक्का प्रहार गरेपछि आफ्नै गाडीको सिसा फुट्दा

एजेन्सी – आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्रायन विश्व क्रिकेटमै आक्रामक ब्याटिङका लागि परिचित छन् । उनै ओ ब्रायनले बिहीबार खेलका क्रममा छक्का प्रहार गर्दा आफ्नै गाडीको सिसा फुटेको छ । आयरल्यान्डको घरेलु प्रतियोगिता अन्तर प्रदेश टि२० ट्रफीमा लेइन्स्टर लाइटनिंगका लागि खेल्ने क्रममा ओ ब्रायनले नर्थ-वेस्ट वारियर्सका लागि ३७ बलमा ८२ रन जोडेका थिए । ओ […]

August 28, 2020

इंग्ल्यान्ड र पाकिस्तानबीच पहिलो टि२० आज

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टि२० आई सिरिज अन्तर्गत पहिलो खेल आज म्यानचेस्टरमा हुँदै छ । खेल नेपाली समयअनुसार शुक्रबार राती १०ः ४५ पछि सुरु हुनेछ । कोरोना महामारीपछि पहिलोपटक पुरुष टि२० आई हुन लागेको हो । तीन टेष्ट सिरिज १–० ले गुमाएको पाकिस्तान टि२० सिरिज जित्ने सोचका साथ मैदान प्रवेश गर्ने छ […]

August 28, 2020

मेस्सी र स्वारेजको डिनर भेटघाट

एजेन्सी – बार्सिलोनाका सुपरस्टारद्वय लियोन मेस्सी र लुइस सुआरेज बुधबार रातीसँगै बार्सिलोनाको एक रेष्टुरेन्टमा सँगै देखिएका छन् । उनीहरुले त्यहाँसँगै खाना खाएको बताएको छ । व्यक्तिगत रुपमा निकै नजिकको सम्बन्ध रहेका यी दुईबीच बार्सिलोनाका खेलाडीका रुपमा त्यो अन्तिम डिनरका रुपमा हेरिएको छ । मेस्सीले आफुले क्लब छाड्न चाहेको पत्र क्लबलाई दिएका छन् । अर्कातर्फ प्रशिक्षकका […]

August 28, 2020

ग्रिजमनले महत्त्व पाउने

एजेन्सी – बार्सिलोनामा एन्टोइन ग्रिजमनले आउने सिजनमा बढी महत्त्व पाउने सम्भावना देखिएको छ । क्लबका सुपर स्टार लियोन मेस्सी क्लबमा रहने पनि नरहेपनि नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले ग्रिजमनलाई बढी महत्व दिने प्रष्ट पारेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ग्रिजमनलाई आउने सिजनका लागि विक्री नहुने खेलाडी भनेर प्रष्ट पारेका थिए । त्यसपछि कोम्यानले ग्रिजमनलाई […]

August 28, 2020

ज्लाटन मिलानमै रहने

एजेन्सी – भेट्रान स्वीडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलानसँग थप एकवर्षको सम्झौता नवीकरण गरेका छन् । मिलान र इब्राहिमोभिचबीच एक वर्षका लागि ७ मिलियन युरो (फिक्स) पारिश्रमिक कुनैपनि बोनस नपाउने गरी सम्झौता भएको हो । एजेन्ट मिनो राइओलाले ३८ वर्षे इब्राहिमोभिचले मिलानसँग सम्झौता गरेको समाचार निराधार रहेको बताएको २४ घन्टा नबित्दै सम्झौताको समाचार […]

August 28, 2020

बिग ब्यास स्टार स्याम्स दिल्लीमा अनुबन्धित

एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर ड्यानियल स्याम्सलाई टोलीमा भित्र्याएको छ । दिल्लीले इंग्ल्यान्डका ओपनर जेसन रोयको स्थानमा साम्सलाई टोलीमा भित्र्याएको थियो । रोयको यसैसाता ओल्ड ट्राफर्डमा अभ्यासको क्रममा बायाँ मांशपेशीमा समस्या देखिएको हो । उनले शुक्रबारदेखि पाकिस्तानविरुद्ध हुने तीन टि२० आई सिरिज र आइपिएल गुमाउने […]

August 28, 2020

मेस्सीका लागि सिटीले तीन खेलाडी प्रस्ताव गर्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले लियोनेल मेस्सी अनुबन्धको लागि क्याटलान क्लब बार्सिलोना समक्ष तीन खेलाडी साट्ने प्रस्तावको तयारी गरेको छ । सिटीले मेस्सीका लागि ८९.५ मिलियन पाउन्डसहित बर्नार्डाे सिल्भा, ग्याब्रियल जेसस र इरिक गार्सिया दिने प्रस्ताव अघि सारेको हो । बार्सिलोना छाड्ने निर्णय गरेसँगै सिटीले यसै समरमा मेस्सी अनुबन्धको लागि गृहकार्य गरिरहेको छ । […]

Success

Thank you for your time.