default_image

अन्तर्राष्ट्रिय

July 10, 2020

सेभिल्लाको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले पूनरागमन जित निकाल्दै शीर्ष चारमा बलियो पकड बनाएको छ । सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित हात पारेको हो । सान मामेस बारिया बिल्वाओ स्पेनमा बिहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल […]

July 10, 2020

फर्नान्डेज र पोग्वाको गोलमा युनाइटेडको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हात पारेको छ । युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो ।  भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे । यस्तै युनाइटेड पछिल्लो १७ खेलसम्म अपराजित रहन […]

July 9, 2020

होल्डरको घातक बलिङसँगै इंग्ल्यान्ड सस्तैमा समेटियो

एजेन्सी– कप्तान जेसन होल्डरको घातक बलिङसँगै पहिलो टेष्ट खेलको पहिलो इनिङमा घरेलु टोली इंग्ल्यान्ड २ सय ४ रनमा अल आउट भएको छ । साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो इनिङमा विहीबार दोस्रो दिन दोस्रो सेसनमा ६७.३ ओभरमै अल आउट हुन पुगेको छ । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रनको योगदान दिए । […]

July 9, 2020

युनाइटेडलाई एस्टन भिल्लाको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (बिहीबार) राति ३४औं चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दा एएफसी बर्नमाउथ र टोटेनहम हस्टपर तथा एभर्टन र साउथह्याम्पनबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । युनाइटेड र एस्टन भिल्लाबीचको खेल भिल्लोको मैदानमा नेपाली समय अनुसार राति […]

July 9, 2020

विपक्षी खेलाडीलाई टोकेपछि लाजियोका डिफेन्डरलाई कारवाही

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत मंगलबार लेच्चेविरुद्ध खेलमा विपक्षी खेलाडीलाई टोकेपछि लाजियोका स्पेनिस डिफेन्डर प्याट्रिकलाई कारवाही गरिएको छ । २७ वर्षीय डिफेन्डर प्याट्रिकले दोस्रो हाफमा लाजियो २-१ ले पछाडी परेको अवस्थामा लेच्चेका गुलिओ डोनाटिको हातमा टोकेका थिए । रेफ्रीले उक्त घटना आफ्नो आँखाले नदेखेपनि लेच्चेका खेलाडीले अपिल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायता […]

July 9, 2020

बेन्जेमाले जिताउने लिग

एजेन्सी– रियल म्याड्रिडले सिजन २०१९/२० को ला लिगा उपाधि जित्छ भने त्यसमा मुख्य योगदान फरवार्ड करिम बेन्जेमा र उनको उत्कृष्ट प्रदर्शनको रहनेछ । यद्दपी कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गरेका महत्त्वपूर्ण गोललाई भुल्न भने मिल्दैन । रियलको अग्रपंक्ति सम्हालेका बेन्जेमाको योगदानका आधारमा लिग जित्नुको मुख्य श्रेय उनैलाई जान्छ । क्रिस्टियानो रोनाल्डोले रियल छाडेदेखि प्रशिक्षक जिनेदिन जिदानले […]

July 9, 2020

घाइते हाजार्ड खेल्ने अनिश्चित

एजेन्सी – इंग्लिस क्लब चेल्सीबाट यसै सिजनको सुरुवातमा रियल म्याड्रिड पुगेका विंगर इडेन हाजार्ड फेरी एकपटक चोटको शिकार बनेका छन् । जुन महिनामा एस्पान्योलविरुद्ध खेलमा चोट बोकेका हाजार्ड त्यसयता मैदानमा उत्रिएका छैनन् । उनले बुधबार पनि सामुहिक प्रशिक्षणमा सहभागिता जनाएनन् । रियलमा खराब सुरुवातसँगै चोट बोकेका हाजार्ड कोरोनापछि पुनरागमनमा भने प्रभावशाली देखिएका थिए । तर […]

July 9, 2020

नेपोली र रोमाको कठिन जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र रोमाले जित हात पारेको छ । नेपोलीले जिनोआमाथि जित निकाल्दा रोमाले पार्मालाई हराएको हो । बुधबार राति भएको खेलमा नेपोलीले जिनोआमाथि उसकै मैदानमा २–१ को कठिन जित निकालेको हो । नेपोलीको जितमा ड्रिज मर्टिन्स र हिर्भिङ लोजानोल गोल गरे । जिनोआका इडोअर्डाे गोल्डानिगाले सान्तवना गोल फर्काए । […]

July 9, 2020

इन्टर मिलानलाई पछि पार्दै एटलान्टा तेस्रो स्थानमा उक्लियो

एजेन्सी – साम्पडोरियामाथि सहज जित निकाल्दै एटलान्टाले इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा उक्लदै अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । घरेलु मैदानमा साम्पडोरियामाथि २–० को जित निकाल्दै एटलान्टाले एक खेल कम खेलेको इन्टर मिलानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । इटलान्टाको जितमा राफयल टोलोई र लुइस […]

July 9, 2020

न्युक्यासलमाथि सिटीको गोल वर्षा

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथ गोलको वर्षा गर्दै फराकिलो जित निकालेको छ । सिटीले न्युक्यासलमाथि ५–० को फराकिलो जित निकालेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा ग्याब्रियल जेसस, रियाद महारेज, डेभिड सिल्भा र रहिम स्ट्रलिङले गोल गर्दा एक गोल उपहार पाएको थियो । सिटीले खेलको शुरुवातदेखि नै गोलको श्रृखंला […]

Success

Thank you for your time.