default_image

अन्तर्राष्ट्रिय

September 4, 2020

वेल्सले फिनल्यान्डलाई हरायो

एजेन्सी – युइएफए नेसन्स लिगमा वेल्सले फिनल्यान्डमाथि झिनो जित निकालेको छ । वेल्सले फिनल्यान्डलाई उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । बिहीबार राति भएको खेलमा वेल्सको जितमा काइफर मोरेले खेल सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमा नै वेल्सका ड्यानियल जेम्सको क्रसमा काइफर मोरेले हेडरमार्फत […]

September 4, 2020

सर्वियामाथि रसियाको सहज जित

एजेन्सी – युइएफए नेसन्स लिगमा रसियाले सर्वियामाथि सहज जित हात पारेको छ । घरेलु मैदान भिटिभी एरिनामा रसियाले सर्वियामाथि ३–१ को सहज जित हात पारेको हो । बिहीबार राति भएको खेलमा रसियाको जितमा कप्तान अर्टिम ज्युवाले दुई तथा काराभाइवले एक गोल थपे । सर्वियाका एलेक्सान्डर मिट्रोभिकले एक गोल फर्काए । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा […]

September 4, 2020

इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी

एजेन्सी – इन्ज्युरी समयको अन्तिम मिनेटमा स्पेनी डिफेन्डर जोसे गायाले गोल गरेपछि यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । स्टुटगार्टमा बिहीबार खेलको अधिकांश समय अग्रतामा रहेपनि जर्मनी १-१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो । पहिलो हाफमा चेल्सीका नयाँ फरवार्ड टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल […]

September 3, 2020

मेस्सी बार्सिलोनामै रहने सम्भावना !

एजेन्सी – सुपर स्टार लियोनल मेस्सी बार्सिलोनामा बस्न सक्ने सम्भावना बढेको छ । मेस्सीका एजेन्ट समेतका पिता जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच बिहीबार उनको भविष्यका विषयमा कुराकानी भएको थियो । मेस्सीले केहि दिन अघि पत्र लेख्दै क्लब छाड्न चाहेको बताएका थिए । तर, क्लब भने उनलाई सहजै गुमाउने पक्षमा छैन । मेस्सी […]

September 3, 2020

रियलका सेवालोस आर्सनलमै रहने

एजेन्सी – इंग्लिस क्लब आर्सनलले दोस्रो सिजन पनि स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर ड्यानी सेवालोसलाई लोनमा आर्सनलमै अनुबन्ध गर्ने भएको छ । यस विषयमा दुवै क्लबबीच सहमति भइसकेको र सम्झौतामा नयाँ विषय केही पनि समावेश गरिएको छैन । दुवै क्लबबाट आधिकारिक निर्णय आउन बाँकी छ । २४ वर्षीय मिडफिल्डर सेवालोस गत सिजन लोनमा आर्सनल पुगेको […]

September 3, 2020

ब्राजिलमा महिला र पुरुष फुटबलरलाई समान तलव

एजेन्सी – ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले पुरुष राष्ट्रिय टोली र महिला राष्ट्रिय टोलीका फुटबलरहरुलाई समान तलब दिने घोषणा गरेको छ । सिबिएफले बुधबार एक विज्ञप्ति जारी गर्दै महिला र पुरुष खेलाडीहरुलाई समान तलब सुविधा र भत्ता दिने घोषणा गरेको हो । यो घोषणा अनुसार पुरुष खेलाडीलाई जति तलब दिइएको छ महिला खेलाडीले पनि उति […]

September 3, 2020

मेस्सीका विषयमा सहमति हुन सकेन

एजेन्सी – लियोनल मेस्सीको भविष्यका विषयमा बार्सिलोना र मेस्सीका पिताबीच बुधबार बसेको बैठकमा कुनै सहमति हुन सकेन । मेस्सीका पिता जोर्गे मेस्सी र बार्सिलोनका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच सौहार्द र व्यवासयिक छलफल भएपछि कुनै सहमति बन्न नसकेको बताइएको छ । छलफलमा मेस्सीका पिताका साथै मेस्सीका सल्लाहकार समेत रहेका उनका दाजु रोड्रिगो तथा क्लबको तर्फबाट अध्यक्ष […]

September 3, 2020

जर्मनी र स्पेन भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगो दोस्रो संस्करणमा आज (बिहीबार) राति पहिलो चरणमा विभिन्न १० खेलमा प्रतिस्पर्धा हुदैछ । युइएफए नेसन्स लिग २०२०–२१ को समूह चरणको खेल बिहीबारदेखि सुरु भएसँगै १० महिनापछि अन्तर्राष्ट्रिय फुटबल सुरु हुनेछ । युइएफए नेसन्स लिग ‘ए’ ग्रुप चारमा रहेको जर्मनी र स्पेनको खेलसँगै अन्य खेल बिहीबार राति हुनेछ । खेल जर्मनीको […]

September 3, 2020

मेस्सी बार्सिलोनामै बसेको हेर्ने रामोसको इच्छा

एजेन्सी – रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोसले यूईएफए नेसन्स लिग अन्तर्गत जर्मनीविरुद्ध खेलअघि पत्रकार सम्मेलनमा विभिन्न प्रश्नहरुको जवाफ दिए । उनले मेस्सीदेखि राष्ट्रिय टोलीको तयारीसम्म आफ्नो अभिव्यक्ति दिएका थिए । लुइस एन्रिकेसँग फेरी काम गर्दा कस्तो महसुस भएको छ ? उनी उत्कृष्ट प्रशिक्षक हुन् । उनलाई फिर्ता पाउनु हाम्रो लागि राम्रो […]

September 3, 2020

क्रुसमाथि जिदानको भरोसा

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसको क्लबमा अलग पहिचान रहेको प्रशिक्षक जिनेदिन जिदान बताएका छन् । क्रुसको व्यक्तित्वकै कारणमा यनले अनुरुपको आदर पाउने गरेको प्रशिक्षकले प्रष्ट पारेका छन् । फ्रान्सेली प्रशिक्षकका अनुसार जर्मन अन्तर्राष्ट्रिय सामान्यतया शान्त रहने स्वभाव भएपनि आवश्यकता पर्दा भने आफ्नो विचार राख्ने गरेको बताएका छन् । ‘टोनी धेरै बोल्दैनन् । शान्त […]

Success

Thank you for your time.