default_image

lokpriya

January 29, 2020

मनाङलाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी संकटा क्लबविरुद्ध खेलको पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलकाे सातौं मिनेटमा अन्जन विष्टकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेकाे क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । […]

January 29, 2020

रोहित अर्को दुई वर्ष पर्सिजामै रहने

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अर्को दुई सिजन इन्डोनेसियाको शीर्ष डिभजिनको पर्सिजा जकार्तामा रहने भएका छन् । रोहित र पर्सिजाबीच दुई वर्षका लागि  बुधबार सम्झौता नविकरण भएको छ । अघिल्लो सिजन सकिए लगत्तै स्वदेश फर्केका रोहित गत साता अष्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका थिए । सम्झौता गर्नुअघि बाटै रोहितले क्लबमा अभ्यास थालिसकेको थिए […]

January 29, 2020

रोहितको अर्धशतकमा न्युजिल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली भारतले न्युजिल्यान्डलाई १ सय ८० रनको लक्ष्य दिएको छ । सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक ६५ रनको योगदान दिए । हमीश बेनेटले […]

January 29, 2020

बालगोपालको कप्तानीमा सिएमजीले भेट्रान्स खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लबले भारतको गुवाहाटीमा आयोजना हुने छैटौं भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा भाग लिने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बालगोपाल महर्जनको कप्तानीमा सिएमजीले च्याम्पिनसिपमा भाग लिने लागेको हो । १८ खेलाडी र २ अफिसियलसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठलगायतका खेलाडी […]

January 29, 2020

शाहजादले चितवनबाट इपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अफगानिस्तानका विश्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट खेल्ने भएको छ । चितवनले बुधबार  प्रेस विज्ञप्ती जारी गर्दै शाहजादको आगमनले आफ्ना खेलाडीलाई राम्रो अनुवभ दिने बताएको छ । अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान […]

January 29, 2020

मनाङको अपराजित यात्रा रोक्ने संकटाको दाँउ

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं राउन्डको तेस्रो दिन आज (बुधबार) एक खेल मात्रै हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने खेलमा गतवर्षको विजेता मनाङ–मस्र्याङ्दी क्लब र संकटा क्लब आमने–सामने हुदैछ । खेल दिउँसो ३ बजेपछि हुनेछ । लिगमा अपराजित एक्लो मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा […]

January 29, 2020

स्पिनर अनिल खरेल इपिएलमा सर्वाधिक महँगा

काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा युवा स्पिनर अनिल खरेल खेलाडी किनबेचमा सर्वाधिक महँगो मुल्यमा बिक्री भएका छन् । स्पिनर अनिल खरेललाई पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले १ लाख २७ हजार रुपैयाँ खर्चंदै टोलीमा अनुबन्ध गरेको छ । अनिलले दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुजबाट ५ खेलमा ८ […]

January 29, 2020

लेस्टरलाई हराउदै भिल्ला कारवाओ कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको  फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा लेस्टरलाई २–१ ले पराजित गर्दै भिल्लाले फाइनल यात्रा तय गरेको हो । समग्रमा भिल्लाले ३–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो लेगमा भिल्ला लेस्टरसँग […]

January 29, 2020

ज्लाटनको गोलसँगै मिलान सेमिफाइनलमा

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे । टोरिनोका […]

January 28, 2020

यू१९ विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.३ ओभरमा १ सय ५९ रनमा अल आउट भयो । पहिलो ओभरमै शीर्षक्रमका प्रमुख तीन ब्याट्सम्यान गुमाएको अस्ट्रेलियालाई ओपनर साम फनिङ्गले १ […]

Success

Thank you for your time.