July 2, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३३औं चरणका तीन खेलहरु हुँदैछ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडले यो सिजन राम्रो खेल पस्किरहेको गेटाफेसँग प्रतिस्पर्धा गर्दा एइबारले ओसासुना तथा रियल सोसिडाडले एस्पान्योलको सामना गर्दैछ । रियलले घरेलु मैदान स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा आज राति १ः४५ बजे गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । रियलले यो खेलमा जित हात पारे […]
July 2, 2020
एजेन्सी – बार्सिलोना प्रशिक्षक किके सेटिनलाई फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनका पारिवारिक सदस्यले सामाजिक संजालमार्फत नै उनीप्रति गरेको व्यवहारलाई लिएर आक्रोश पोखेका छन् । पछिल्लो समय निकै कठिन परिस्थितिबाट गुज्रिरहेका ग्रिजमनले मंगलबार आफ्नो पूर्व क्लब एटलेटिको म्याड्रिडविरुद्ध अर्को समस्याबाट गुज्रनुपर्यो । खेलको ८९ औं मिनेटमा मैदान प्रवेश गरेका ग्रिजमनले आफ्नो टोलीले २-२ को बराबरीमा रोकिएको अवस्थामा […]
July 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली तथा आईलिग क्लब मिनेर्भा पन्जाबका गोलरक्षक किरण चेम्जोङलाइ विदेशी कम्पनिले प्रायोजन गरेको छ । साइप्रसको ग्लोभ्स कम्पनि आरजीले दुई वर्षका लागि किरणसँग सम्झौता गरेको हो । सम्झौता अनुसार आरजीले किरणलाई प्रत्यक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ । दुई वर्ष गरेर झन्डै ६ लाख बराबरको सामग्री किरणले […]
July 2, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) हालको संरचना के हुने भन्ने अन्योल भएको छ । प्रमाणीकरण भएको मितिले सातौं दिनदेखि प्रारम्भ हुने ऐनमै उल्लेख छ । संघिय संसदको दुवै सदनबाट पास भएपछि खेलकुद ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते प्रमाणीकरण गरेकी थिइन् । ऐन लागु भएसँगै […]
July 2, 2020
एजेन्सी– कप्तान पिएरे इमरिक औवामियाङको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा लेस्टर सिटी एभर्टनसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ४–० को सानदार जित निकालेको हो । आर्सनलको जितमा कप्तान औवामियाङले दुई तथा ग्रानिट जाका र सेडरिक सोरेसले गोल गरे । खेलको […]
July 2, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले सानदार जित निकालेको छ । घरेलु मैदानमा इन्टरले रेलिगेसन जोनमा रहेको ब्रेसियामाथि ६–० को फराकिलो जित निकालेको हो । मिलानोमा बुधबार राति भएको खेलमा इन्टर मिलानको फराकिलो जितमा एस्ले योङ, एलेक्सिस सान्चेज, डानिलो डि एम्ब्रोसियो, रोवर्टाे गाग्लियरडिनी, क्रिस्टियन इरिक्सन र एन्टेनियो क्यानड्रेभाले गोल गरे। एकपक्षीय बनेको खेलमा […]
July 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लबका गोलकिपर अशोक बराललाई पत्नी शोक परेको छ । ह्वाइट ब्लड सेलको कमीका कारण झन्डै दुई महिना देखि अस्वस्थ रहँदै आएकी अशोककी पत्नी कृष्टीको बुधबार निधन भएको अशोकले बताए । स्वयम्भुमा घरमै रहेकी २८ वर्षे कृष्टीको बुधबार विहान स्वास्थ्य मा एक्कासी खराबी आएर मृत्यु भएको उनले जानकारी दिए । […]
July 2, 2020
एजेन्सी – प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सी वेस्टह्याम युनाइटेडसँग स्तब्ध बनेको छ । लन्डन स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सी घरेलु टोली वेस्टह्यामसँग ३–२ ले स्तब्ध बनेको हो । वेस्टह्यामको जितमा टोमस सौसेक, मिचेल एन्टेनियो र एन्ड्री यारमोलेन्कोले गोल गरे । चेल्सीका लागि दुवै गोल विलियनले गरेपनि हार टार्न सकेन । […]
July 1, 2020
धनगढी (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ । धनगढीले अगामी आर्थिक बर्ष २०७७/७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो । धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभामा प्रस्तुत गरेको बजेमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको […]
July 1, 2020
एजेन्सी –ला लिगामा मंगलबार एट्लेटिको म्याड्रिडसँग २–२ को बराबरी खेलेपछि बार्सिलोनाको उपाधि यात्रा कठिन देखिएको छ । टोलीका महत्त्वपूर्ण सदस्य मध्येका एक सर्जियो बुस्केट्सले पनि उपाधि यात्रा कठिन भएपनि प्रयास भने जारी राख्ने बताएका छन् । बार्सिलोनो भन्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १ अंक बढी छ । त्यस्तै बार्सिलोनाको भन्दा रियलले १ खेल कम खेलेको […]