August 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदमा फेरि पनि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । चार वर्षअघि पनि यी दुईबीच प्रतिस्पर्धा हुँदा जीवनरामले बाजी मारेका थिए । नयाँ कार्यसमितिका लागि भदौ २० गते निर्वाचन मिति तय गरिएको छ । त्यसका लागि उम्मेदवारी दर्ता भने मंगलबार राखिएको थियो । […]
August 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकीपर आशिफ शेखको उत्कृष्ट अर्ध शतकसँगै नेपाली यू१९ टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ लाई २ सय ४१ रनको लक्ष्य दिएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुँदा ४२ ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिङ थाल्दै ७ विकेटको क्षतिमा २ सय ४० रन […]
August 27, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – काठमाडौं म्याराथन १३ औं संस्करण पुसमा आयाेजना हुन भएको छ। आयाेजक प्रो स्पोर्टस प्रा लि ले राजधानीमा मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि म्याराथनकाे १३अौं संस्करण डिसेम्वर २१ (पुस ५ गते ) मा आयाेजना हुने भएकाे जानकारी गराएकाे छ। प्राे स्पाेर्टस्ले यसअघि दशैं अघि आयाेजना गर्ने भएपनि यसपटक केही ढिला गरि आयाेजना […]
August 27, 2019
काठमाडौं(हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप अघि नेपाली युवा टोलीले आज श्रीलंकाको एसएससी यू२३सँग पहिलो अभ्यास खेल खेल्दै छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुदा खेल ४२ ओभरमा झारिएको छ । नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । नेपाल केहि बेरमा जवाफी ब्याटिङ गर्न मैदान उत्रने […]
August 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउसो ३ः१५ बजेपछि कल्याणी रंगशालामा हुदैछ । उपाधि जित्ने लक्ष्यमा कल्याणी पुगेको नेपाललाई शीर्ष दुईमा पर्नको लागि नेपाललाई बंगलादेशविरुद्ध स्पष्ट जितको खाँचो छ । नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले २ खेलबाट ३ अंक जोडेको […]
August 27, 2019
एजेन्सी – युरोपेली फुटबलको ट्रान्सफर विन्डो अन्त्यतिर पुग्दा लामो समयदेखि चर्चामा रहेको नेयमारको ट्रान्सफरले पनि अब टुंगो लिने देखिन्छ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनासामु नेयमारलाई अनुबन्धन गर्नका लागि आफ्नो माग अगाडि सारेको छ । केहि दिन अघिमात्र बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको पीएसजीले बार्सिलोनासँग दुई खेलाडी र १ सय मिलियन माग गरेको […]
August 27, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संकटमा परेको छ । आफ्ना मुख्य खेलाडी केलियन एमबाप्पे चार र एडिन्सन काभानी चोटका कारण तीन साता मैदान बाहिर रहने भएपछि पीएसजीलाई समस्या हुने भएको हो । एमबाप्पे र काभानीले लिग वान अन्तरगत आइतबार राति टोलुसोविरुद्ध ४–० को जित निकालेको खेलमा चोट बोकेका थिए । […]
August 27, 2019
एजेन्सी – यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटाली पुगेका रोमेलु लुकाकुको डेब्यु गोलसँगै इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा इन्टर मिलानले लिसमाथि ४–० को फराकिलो जित हात पारेको हो । यससँगै नयाँ प्रशिक्षक एन्टेनियो कोन्टे र नयाँ खेलाडी रोमेलु लुकाकुले सिरी ‘ए’ मा सुखद सुरुवात गरेको […]
August 26, 2019
प्रकाश तिमल्सिना काठमाडौं – राजनीतिक नियुक्तीबाट खेलकुद क्षेत्रमा प्रवेश गर्ने पदाधिकारीको अर्को गन्तव्य नेपाल ओलम्पिक कमिटी (एनओसी) हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य देखि सदस्य सचिवको नियुक्ती एक पटकका लागि ४ वर्षको हुन्छ । दोस्रो पटक नियुक्ती हुने मौका कमैले पाउँछन् । एनओसी नेपालको हकमा त्यस्तो खेल संस्था हो जहाँ लामो […]
August 26, 2019
दिपक न्यौपाने बुल्गेरिया – अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्डबाट सम्मान गरेको छ । बुल्गेरियाको प्लभडिभ शहरको एक होटलमा सोमबार एक कार्यक्रमकाबीच आइटिएफको २७औं कंग्रेसले धमलालाई अवार्डबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरि आइटिएफ तेक्वान्दोमा उच्च योगदान गरेबापत प्रत्येक […]