default_image

मार्सल आर्टस्

April 21, 2018

रविनलाई स्वर्ण, फूपु र लीला चुकिन्

ललितपुर (हाम्रोखेलकुद)- शनिबारबाट शुरु भएको आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन भारतले चार स्वर्णपदक जित्न सफल भएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा भारतले ४ स्वर्ण जित्दै अग्रता लिएको हो । च्याम्पयनसिपमा पाकिस्तानले २ स्वर्ण नेपालले १ स्वर्ण जित्न सफल भएको छ । नेपाललाई रविन श्रेष्ठले […]

April 17, 2018

दक्षिण एसियाली जुडो च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जुडो संघले अर्को साता आयोजना गर्ने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा ३ दिनसम्म हुने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सबै तयारी पुरा भएको मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जनाएको हो ।   […]

April 12, 2018

तेक्वान्दोमा चुनदेवी र न्युजेन टिम च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो न्युजेन खुला तेक्वान्दो च्याम्पियनसिपमा चुनदेवी क्लब र न्युजेन क्लब टिम च्याम्पियन बनेका छन् । सात स्वर्ण पदक पदकसहित चुनदेवी ग्योरोगीतर्फ टिम च्याम्पियन बन्दा ४ स्वर्णसहित ढल्कु डोजाङ दोस्रो र ३ स्वर्ण पदकसहित गोदावरी फिटनेस तेस्रो भएको छ । पुम्सेतर्फ १३ स्वर्ण पदक जित्दै न्युजेन टिम च्याम्पियन बनेको छ । पुम्सेमा ७ […]

Nepal

April 8, 2018

जर्मनीमा परशुरामलाई कातामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता परशुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगिताको मास्टर्स एकल कातामा स्वर्ण पदक जितेका छन् । सेमिफाइनलमा इरानी खेलाडीलाई ४–१ ले पराजित गरेका परशुरामले फाइनलमा जर्मन खेलाडीलाई ३–२ ले हराएका थिए । सिनियर एकल कातामा भने परशुराम पदक विहिन विहिन रहे । पहिलो बाउटमा […]

April 4, 2018

नेपाली खेलाडीले विश्व जुनियर र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– तीन नेपाली खेलाडीले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिप र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्रतियोगिता ट्युनिसियामा हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । युथ ओलम्पिक छनोट बिहीबार सुरु हुने बताइएको छ । नेपाली खेलाडी आशया लामाले ४९ केजी तथा कपिल थापाले ५९ केजीमा तथा शैलेश गिरीले ४८ केजीमा प्रतिस्पर्धा […]

Tekwando

March 23, 2018

नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आगामी १८औं एसियनको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्प २ गरेर कुल १० खेलाडी छनोट गरिएको हो । इन्डोनेसियाको जकार्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट […]

March 21, 2018

तीन सदस्यीय कुराँस टोली भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)– भारतमा हुने एसियाली कुराँस महासंघको विशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको ३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । भारतको पुनेमा शुक्रबार हुने साधारण सभामा भाग लिन कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ त्यसतर्फ गएका हुन् । […]

full contact karate

March 17, 2018

फुल कन्ट्याक्ट करातेमा सनी र मन्जु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा च्याम्पियन बनेका छन् । सनी पुरुषमा र मञ्जु महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश […]

March 11, 2018

खेलाडीलाई गोदावरी नगरपालिकाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ । करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई […]

March 11, 2018

इसिडिसी तेक्वान्दो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अर्ली चाइल्ड डेभलपमेन्ट सेन्टर (इसिडिसी) प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङदद्वारा आयोजित प्रथम उपत्यकाव्यापी प्रतियोगितामा सहभागी १५ टिमलाई पछि पार्दै इसिडिसी च्याम्पियन बन्न सफल भएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका १५ टिमका २०० जना खेलाडीबीच सम्पन्न भएको प्रतियोगितामा इसिडिसीले ४ स्वर्ण १ रजतसहित टिम […]

Success

Thank you for your time.