default_image

popular

December 12, 2016

रोनाल्डोले जिते बालोन डि ओर अवार्ड

पेरिस (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको बालोन डि ओर अवार्ड जितेको छन् । रोनाल्डोले बालोन डि ओर अवार्ड जितेको यो चौथो पटक हो । अर्जेन्टिना र बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले उक्त अवार्ड अहिले सम्म पाँच पटक जिति सकेका छन् । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका […]

December 12, 2016

बालोन डि ओरको विजेता घोषणा हुँदै

पेरिस (एजेन्सी)– यो बर्षको बालोन डि ओर अवार्डको विजेताको घोषणा अबको केही समयमा हुनेछ । पोर्चुगल र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो, बार्सिलोना र अर्जेन्टिनाका लियोनल मेस्सी तथा फ्रान्स र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानमध्ये एकजना विजेता घोषित हुनेछन् यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि […]

December 12, 2016

च्याम्पियन्स लिग– नकआउट चरणका प्रतिद्वन्द्विबीचको पछिल्लो नतिजा

नियोन (एजेन्सी) – आज भएको च्याम्पियन्स लिगको अन्तिम १६को ड्रमा फेरी एक पल्ट जर्मन च्याम्पियन बायर्न म्युनिख र आर्सनल भिड्ने पक्का भएको छ, अर्को प्रतिस्पर्धात्मक खेल पिएसजी र बार्सिलोनाबिच हुने भएको छ । यसै गरी लेस्टर र सेभिया तथा मोनाको र म्यान्चेस्टर सिटी एक आपसमा पहिलोचोटी भिड्ने भएका छन ।     यस्तो छ अन्तिम १६का […]

December 12, 2016

नेपाली फुटबलमा काम गर्ने ह्योङको इच्छा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको पूर्व प्रशिक्षक दक्षिण कोरियाली यो की ह्योङ यति बेला नेपालमा छन् । तर, यसपटक उनी कुनै औपचारिक जिम्मेवारी पुरा गर्नका लागि भने नेपाल आएका होइनन् । दुई पटक नेपाली टोलीलाई प्रशिक्षण दिएका ह्योङ अखिल नेपाल फुटबल संघ (एन्फा) का मनार्थ अध्यक्ष टासी घले र उनी पहिलो पटक […]

December 12, 2016

भलिबल टोलीलाई शिबशक्ती गार्मेन्ट्सको ट्रयाकसुट

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहेको नेपाली भलिबल टोलीलाई शिवशक्ती गार्मेन्टस् महेन्द्रनगरले ट्रयाकसुट प्रदान गरेको छ । प्रतियोगिता बंगलादेशमा डिसेम्वर २१ देखि २८ सम्म सञ्चालन हुनेछ । लगनखेल स्थित नेपाली सेनाको खेलकुद प्रतिष्ठानको कभर्डहलमा शिवशक्ती गार्मेन्टस्का कार्यकारी प्रमुख हरकसिंह धामीले खेलाडीतर्फ अफिसियललाई ट्रयाकसुट बितरण गरे । […]

December 12, 2016

च्याम्पियन्स लिग नकआउट चरणमा फेरी आर्सनल र बायर्न

नियोन (एजेन्सी) –  प्रिमियर लिग क्लब आर्सनलले च्याम्पियन्स लिगको नकआउट चरणमा फेरी एकपटक जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्नुपर्ने भएको छ भने अर्को इङ्लिस टोली म्यानचेस्टर सिटीले मोनाकोको सामना गर्नेछ । गत सिजन पनि आर्सनल र बायर्न एउटै समूहमा थिए । घरेलु मैदानमा २–० ले विजयी आर्सनल अवेमा भने ५–१ ले पराजित भएको थियो । […]

December 12, 2016

चर्च ब्वाइजलाई शरणमती गोल्डकप, पेनाल्टीमा विमल पुनः चुके

झापा (हाम्रो खेलकुद) – काठमाडौंको चर्च ब्वाइज क्लबले प्रथम आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि जितेको छ । झापाको जनता उच्च माविको खेल मैदानमा राष्ट्रिय टोलीका विमल घर्तिमगर, विक्रम लामा सम्मिलित चर्च ब्वाइजले आयोजक शरणमती फ्रेन्ड्स क्लबलाई ४–३ ले हराउँदै पाधि जितेको हो । यद्दपी विमल पेनाल्टीमा गोल गर्नबाट चुकेको थिए । निर्धारित समय […]

December 12, 2016

यु १९ एसिया कप खेल्न नेपाल भोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रोखेलकुद)- यही डिसेम्बर १५बाट सुरुहुने यु-१९ एसिया कपमा सहभागी हुन नेपाली राष्ट्रिय यु-१९ क्रीकेट टिम भोली श्रीलंका प्रस्थान गर्दैछ । आठ टिम सम्मिलित प्रतियोगितामा भारत , मलेशिया, आयोजक श्रीलंका र नेपाल समुह ‘ए’मा रहेका छन। प्रतियोगितमा भाग लिन जाने टोलिलाई सोमबार क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले बिदाई गर्‍यो । नेपालले पहिलो खेल १५ डिसेम्बर १५ मा आयोजक […]

December 12, 2016

लिभरपुल र वेस्ट ह्याम बराबरीमा रोकिए

लिभरपुल (एजेन्सी)– प्रिमियर लिगमा गए राती लिभरपुल र वेस्ट ह्यामले २–२ को बराबरी खेल्दै अंक बाढेका छन् । योर्गन क्लोपको टोलीले पाँचौं मिनेटमा एडम लालानाको गोलबाट अग्रता लिएको थियो । उनले साडियो मानेको क्रसमा गोल गरेका थिए । तर भ्रमणकारी टोलीका लागि डिभिट्री पायटले २५ औं मिनेटमा फ्रिकिकमा बराबरी गोल फकाएका थिए । पहिलो हाफमै […]

December 11, 2016

मिखीतार्यानको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

हाम्रो खेलकुद (एजेन्सी) – इन्ग्लिश प्रिमिएर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनह्याम हट्स्परलाइ १-०ले पराजित गरेको छ। विगत केहि खेलयता लयमा देखिएका म्यानचेस्टर युनाईटेडका यसै सिजन भित्रिएका मिडफिल्डर हेन्रिख मिखीतार्यानले विजयी गोल गरेका थिए। खेलको अन्त्यतिर भने मिखीतार्यनलाइ चोट लागेपछि स्ट्रेचरमा राखेर मैदान बाहिर लग्नुपरेको थियो। जितसंगै म्यानचेस्टर युनाईटेडले महत्वपूर्ण तिन अंक […]

Success

Thank you for your time.