default_image

भिडियो

ronaldo video

August 24, 2017

रियल २-१ फियोरेन्टिना – हाइलाइट्स

म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । हाइलाइट्स

Jese Rodriguez

August 20, 2017

आर्सनल पराजित

स्टोक (एजेन्सी) – प्रिमियर लिगको दोस्रो खेलमा आर्सनल स्टोकको घरेलु मैदानमा १-० ले पराजित भएको छ ।  घरेलु टोली स्टोक सिटीकालागि नयाँ खेलाडी जेसे रोडररीग्वेजले निर्णयाक गोल गरे । रियल म्याड्रिडका पूर्व खेलाडी जेसेले दोस्रो हाफ सुरु भएको ९० सेकेन्डमा साडियो बेराहिनोको पासलाई फार पोस्टमा टाइट एङ्गलबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पिएसजीबाट यसै […]

Barca

July 30, 2017

रियल म्याड्रिड २-३ बार्सिलोना [भिडियो]

मायामी (एजेन्सी) – प्रि सिजन अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा अमेरिकाको मायामीमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ ले हराएको छ ।  म्याड्रिड २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्साले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो । चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए भने इभान राकीटिचले त्यसको ३ मिनेट नबित्दै अग्रता दोब्बर गरेका थिए ।  […]

July 28, 2017

बार्साको प्रशिक्षणमा नेयमारको झगडा [भिडियो]

माएमी (एजेन्सी) – नयाँ सिजनको तयारी क्रममा अमेरिकामा रहेको बार्सिलोनाको प्रशिक्षणमा फरवार्ड नेयमार र डिफेन्डर सेमेडोबीच झगडा पारेको छ। सर्जियो बुस्केट्सले झगडा छुट्ट्याएसँगै उनले रिसको झोकमा बिब्स फ्याँकेर मैदान छाडेका थिए। भिडियोमा देखिए अनुसार नेयमार र सेमेडोको झगडा परेसँगै अन्य खेलाडीले दुवैलाई छुट्ट्याएका थिए। त्यसपछि केहि बेर भनाभन गरेर नेयमारले रिसाउँदै बिब्स फ्याँके। त्यसपछि नजिकै […]

July 23, 2017

बार्सिलोना २-१ युभेन्टस [भिडियो]

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए। खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं […]

July 22, 2017

चेल्सी ३-० आर्सनल [भिडियो]

बेजिङ (एजेन्सी) – प्रि सिजनको तयारीमा रहेका दुई इङ्गलिस् प्रिमियर लिग टोली आर्सनल र चेल्सीबीच भएको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ। चिनको बेजिङ सहरमा खेलिएको खेलमा चेल्सीले ३-०को जित हात पारेको हो। चेल्सीका लागि पहिलो हाफको ४०औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि नै स्ट्राइकर मिसी बासुआइले गोल गर्दै चेल्सीको अग्रता […]

July 22, 2017

एसी मिलान ४-० बायर्न म्युनिख [भिडियो]

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत शनिबार भएको खेलमा इटालियन क्लब एसी मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ४-०ले पराजित गरेको छ। मिलानले पहिलो हाफमै ३-०को अग्रता बनाएको थियो। खेलमा दुबै तर्फबाट बलियो टोली उतारेपनि मिलानले खेलमा पकड जमाएको थियो। मिलानका लागि यसै सिजन क्लबमा भित्रिएका मिडफिल्डर फ्रान्क केस्सीले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता […]

rohit video

July 16, 2017

पर्सिजाको जितमा रोहितको गोल (भिडियो)

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-० ले पराजित गरेको छ। रोहितले खेलको १८ औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। पर्सिजाले […]

July 16, 2017

लेबनानमाथि उज्वेकिस्तानको जित [भिडियो]

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ले पराजित गरेको छ। समूह ‘डी’को यस जितसँगै उज्वेकिस्तान महत्त्वपूर्ण ३ अंक जोड्दै अंक तालिकाको दोश्रो स्थानमा पुगेको छ। लेबनानका डिफेन्डर खलिल खामिसको तर्फबाट आत्मघाती गोल भएपछि उज्वेकिस्तानले अग्रता लिएको थियो। खेलको २०औं मिनेटमा क्रसलाई क्लियर गर्ने प्रयासमा खामिसले आफ्नै पोष्टमा गोल गरेका थिए। […]

July 15, 2017

युएईसँग नेपालको फराकिलो हार [भिडियो]

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली युएईसँग ५-०को फराकिलो अन्तरको हार व्यहोर्दै नेपालले एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा निकै खराब सुरुवात गरेको छ। चर्को गर्मीमा खेलिएको खेलमा नेपालले पहिलो हाफमा ४ र दोश्रो हाफमा १ गोल खाएको थियो। अहमद हुसेनले आठौं र २०औं गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । खालिदको क्रसमा मोहम्मद अलकबेरीले […]

Success

Thank you for your time.