default_image

भिडियो

Shakti

April 16, 2017

च्याम्पियन बन्ने लक्षण देखिएको छ – शक्ति

धनगढी (हाम्रो खेलकुद)– रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले आफ्नो टोलीले उपाधि जित्ने लक्षण देखाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा लगातार चौथो खेल जित्ने क्रममा आज विराटनगर किङ्सलाई हराएपछि शक्तिले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘हामीले सोचे भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छौं र अहिले सम्म सबै […]

Villa

April 16, 2017

डेभिड भिल्लाको उत्कृष्ट गोल [भिडियो]

चेस्टर (एजेन्सी) – बार्सिलोनाका पुर्व स्ट्राइकर डेभिड भिल्लाले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा उत्कृष्ट गोल गरेका छन् । फिलाडेल्फिया युनियनको घरेलु मैदानमा भएको खेलमा न्यु योर्क सिटिका कप्तान भिल्लाले करिब ५० मिटर टाढाबाट आफ्नो टोलीको दोस्रो गोल गरेका थिए। न्यु यर्कले उक्त खेल २-० ले जितेको थियो ।

April 15, 2017

‘म्यान अफ द म्याच’ सुशीलले गरे शरदको कप्तानीको तारिफ

धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको धनगढीमा जारि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा बिराटनगर किङ्सले कन्चनपुर् आइकोनिकमाथि ५ विकेटको सहज जित निकालेको थियो । टस जितेर पहिले फिल्डिङ रोजेको बिराटनगरले सुशील कँडेलको ‘म्यान अफ द म्याच’ प्रदर्शनको मद्दतले बिनोद भण्डारीको कप्तानीमा रहेको आइकोनिकलाई ८० रनमा समेट्यो। सुशीलले ४ ओभरमा १ मेडेन […]

April 14, 2017

मेहबुब भन्छन्– कडा मेहेनतले फल दियो

धनगढी (हाम्रो खेलकुद)– सिवाईसी अत्तरियाले शुक्रबार टिम चौराहा माथि ४० रनको जित हासिल गर्दै ‘प्ले अफ’ मा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको थियो । खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेका मेहबुब आलमले ३ विकेट लिएका थिए । व्यक्तिगत दोस्रो ओभरमा ३ विकेट लिने क्रममा उनले आदिल खान, आरिफ शेख र कप्तान पारस खड्कालाई शुन्यमा […]

default_image

April 11, 2017

शरद- ‘पारसको विकेट म्याचको टर्निंग प्वाइन्ट’

धनगढी (हाम्रो खेलकुद) – बिराटनगर किङ्सका कप्तान शरद भेषावकरले टिम चौराहाविरुद्धको जितमा पारस खड्काको विकेट महत्वपुर्ण रहेको बताएका छन् । युवा स्पिनर सुशील कणेलको बलमा आसिफ शेखको हातबाट क्याच आउट भएका पारसले ९ बलमा २ रन मात्र प्रहार गर्न सकेका थिए । धनगढी प्रिमियर लिग अन्तर्गतको तेस्रो खेलमा बिराटनगर किङ्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको थियो […]

Morata

April 6, 2017

रोनाल्डो र बेल विना रियलको जितमा मोराटाको ह्याट्रिक

मड्रिड (एजेन्सी)– अल्भारो मोराटाको ह्याट्रिकमा रियल मड्रिडले लेगानेसलाई ४–२ ले हराउँदै पुनः लिगको शीर्षस्थानमा फर्केको छ । रियलको जितअघि सेभिल्लालाई ३–० ले हराउँदै बार्सिलोना केही समयका लागि शीर्षस्थनमा उक्लेको थियो । यो महिना एट्लेटिको मड्रिड , बायर्न म्युनिख र बार्सिलोनाको सामना गर्नुपर्ने भएकोले जिनेदिन जिदानले स्टार खेलाडी गेराथ बेल र क्रिस्टियानो रोनाल्डोलाई गए रातीको खेलमा […]

messi suarez

April 6, 2017

मेस्सीको पुनरागमनमा बार्सिलोनाको सहज जित

बार्सिलोना (एजेन्सी)– लियोनल मेस्सीले गए राती स्पेनिस ला लिगामा पुनरागमन गरेको खेलमा २ गोल गरेपछि बार्सिलोनाले सेभिल्लालाई ३–० ले हराएको छ । जितसँगै उपाधि दौडमा बार्सिलोनाले रियल मड्रिडमाथि दबाब कायम राखेको छ । मेस्सीले २ गोल गर्नुअघि टोलीका लागि लुइस स्वारेजले गोल गरेका थिए । टोलीको तीनै गोलमा मेस्सीको भूमिका रह्यो । रियलले लेगानेसको सामना […]

neymar

April 3, 2017

मेस्सी विना बार्सिलोनाको जित, क्लबका लागि नेमारको सय गोल पुरा

ग्रानाडा (एजेन्सी) – स्पेनिस ला लिगामा बार्सिलोनाले ग्रानाडालाई हराउँदा नेमारले काटालान क्लबका लागि १ सयौं गोल गरेका छन् । गए रातीको त्यो खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ ले हराएको छ । शीर्षस्थानको रियल मड्रिडको जित र लियोन मेस्सी विना दबाबका बची बार्सिलोनाले फराकिलो जितका लागि उपाधि दौडलाई यथावत राखेको छ । ४४ औं मिनेटमा लुइस स्वारेजको […]

benzema

April 2, 2017

स्पेनिस लिगमा रियल थप मजबुद बन्दै

मड्रिड (एजेन्सी)– रियल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो शीर्षस्तालाई थप मजबुद बनाउँदै लगेको छ । रियल आइतबार घरेलु मैदानमा अलभेसलाई ३–० ले हराउँदै १० चरणको खेल बाँकी रहँदा बार्सिलोनालाई ५ अंकले पछाडि पारेको छ । रियललाइ आजको खेलमा जित दिलाउन करिम बेन्जेमा , इस्को र नाचो फर्नान्डेजले गोल गरे । घरेलु मैदानमा सुरुबाट खेल नियन्त्रणमा […]

neymar

March 29, 2017

विश्व कप छनोटमा ब्राजिलको सहज जित

साउ पोउलो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिकी छनोटमा बुधबार ब्राजिलले सहज जित हासिल गरेको छ । पाराग्वेलाई ३–० ले हराएको ब्राजिल अंक तालिकाको शीर्षस्थानमा थप मजबुद बनको छ । १४ खेलमा १० जित, ३ बराबरी र एक खेलमा मात्र हार बेहोरेको ब्राजिलको ३३ अंक छ । त्यो दोस्रो स्थानको कोलम्बियाको भन्दा ९ अंकले बढी हो […]

Success

Thank you for your time.