default_image

भिडियो

February 8, 2023

‘टिमको वातावरण धेरै राम्रो छ’– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले मुख्य प्रशिक्षक मोन्टी देशाई आएपछि टोलीको वातावरण एकदमै सकरात्मक रहेको बताएका छन् । बुधबार टियु क्रिकेट मैदानमा अभ्यासको क्रममा रोहितले हाम्रो खेलकुदसँग कुराकानी गर्दै समग्र टोलीको बारे प्रतिक्रिया दिएका छन् । ‘नयाँ प्रशिक्षक आएदेखि टोलीको एकदमै राम्रो वातावरण भएको छ । टोलीमा सबैजना संलग्न छौं […]

November 13, 2022

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो । रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा […]

November 6, 2022

सिद्धान्त र देवको उत्कृष्ट ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशका कप्तान देव खनाल र प्रदेश नम्बर एकका सिद्धान्त लोहनीले उत्कृष्ट ब्याटिङ गरेका छन् । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश एकलाई ३९ रनले हरायो । तर दुबै टोलीका कप्तानले उत्कृष्ट प्रदर्शन गरे । जितको लागि २ सय ९१ रनको […]

November 5, 2022

कर्णालीलाई हराउँदै एपिएफ सेमिफाइनलमा, रविन्द्रको जिम्मेवारी ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४८.१ ओभरमा १ सय ९० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्रजंग शाहीले १ सय ३८ बलमा ५ चौका र […]

November 4, 2022

जितेन्द्र र अर्जुनको उत्कृष्ट प्रदर्शनमा आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर जितेन्द्र मुखिया र ओपनर अर्जुन साउदको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय ८३ रनको बलियो विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९.४ ओभरमा १ सय १३ रनमा अल आउट भयो […]

November 3, 2022

दीपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पुलिस सेमिफाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान लगभग पक्का पक्की गरेको छ । । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट […]

October 10, 2022

सन्दीप अदालतमा उपस्थित, युवती नाबालिका नभएको दावी

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । नेपाल प्रहरीले १० दिनको लागि म्याद थप गर्न माग गरेपनि अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए । असोज २० गतेदेखि लागू हुने […]

September 19, 2022

प्रशिक्षक थापाद्वारा पद त्याग्ने घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद‌ त्याग्ने घोषणा गरेका छन् । प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पदमा नरहने बताए । उनले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने जानकारी दिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा जिम्मेवारी पाएका थिए । सन् […]

September 17, 2022

‘दीपेन्द्र अहिलेको स्थितिमा नेपालका उत्कृष्ट कप्तान हुन्’ – प्रशिक्षक मनोज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिलेको स्थितिमा नेपालको उत्कृष्ट कप्तान रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मनोज कटवालले बताएका छन् । दीपेन्द्रले आफ्नो पहिलो कप्तानीमै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा पुलिसलाई स्वर्ण जिताएपछि मनोजले उक्त प्रतिक्रिया दिएका हुन् । पुलिसले शुक्रबार फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै क्रिकेटतर्फ पहिलो स्वर्ण जित्न […]

August 18, 2022

‘अलमुताईरी र खेलाडी विवादबारे बोल्न चाहन्न’ – हुमागाईं

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक नियुक्त भएका प्रदीप हुमागाईंले अब्दुल्लाह अलमुताईरी र खेलाडी विवादबारे आफू बोल्न नचाहेको बताएका छन् । नेपाली फुटबलमा पछिल्लो चार महिना सबैभन्दा चर्चामा रहेको अलमुतारी र खेलाडी विवादबारे भने हुमागाईंले थाहा नभएको बताए । सुरुमा थाहा नै नभएको जनाएपनि पछि पत्रकारबाट पुन: […]

Success

Thank you for your time.