default_image

ताजा समाचारहरु

August 1, 2025

प्रानको आयोजनामा खेलकुदमा लाग्ने चोटबारे कार्यशाला सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर संघ नेपालको आयोजनामा खेलकुदमा लाग्ने चोटपटकबारे डाक्टर र फिजियोथेरापिस्टहरुको सहभागितामा एक दिने कार्यशाला सम्पन्न भएको छ । देशभरका ३ दर्जन फिजियो र डाक्टर सहभागी कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको हो । ‘एसिएल पछिका खेलकुद चोटपटक : जुन दिमागलाई थाहा छैन र आँखाले देखिदैन’ भन्ने नाराका साथ आयोजित […]

August 1, 2025

कालिकाको विजयी सुरुवात

सुशील पन्त क्षेत्री, भरतपुर भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आज सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित निकालेको छ । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको […]

August 1, 2025

‘छिट्टै एनओसीको तदर्थ समिति गठन गरिनेछ’- खेलकुद मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन तयारी भइरहेको जानकारी दिएका‌ छन् । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रवार आर्थिक वर्ष २०८१/०८२ सम्पादित कार्य र नीतिगत सुधारको सार्वजनीकरण कार्यक्रम गर्दै मन्त्री चौधरीले एनओसीका सदस्य संघका २२ संघको विशेष साधारण सभामार्फत एनओसीको तसर्थ समिति गठन गरिने बताए […]

August 1, 2025

पूर्व क्रिकेटर ममता ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडर

कोहलपुर (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप-कप्तान ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन्। कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा थापालाई ब्राण्ड एम्बासडरको रूपमा घोषणा गरिएको हो। कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक नवीन बुढाक्षेत्री र क्रिकेटर ममता थापाबीच एक वर्षका लागि ब्राण्ड एम्बासडर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। संस्थाले […]

August 1, 2025

डब्लुएफकेओको रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुएफकेओ) को आयोजना बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु भएको छ। कार्यक्रममा डब्लुएफकेओका अध्यक्ष ब्रायन डब्लु बेकको उपस्थिति थियो। पूर्व युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास हुने विश्वास व्यक्त गरे । डब्लुएफकेओ नेपालका महासचिव बिन्दा नेपालीले भोलिदेखि ४ […]

August 1, 2025

एभरेष्ट म्याराथन एम्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता प्राप्त गरेको छ । एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आबद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको छ । यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए । […]

August 1, 2025

चर्च ब्वाइजले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आजको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमाचर्च ब्वाइजको जितमा आर्यन नेगीले २ र सुशन थापा मगरले १ गोल गरे । आर्मीका सोहित बाइबाले सान्त्वना गोल फर्काए । नेगीले ३४औं तथा ४५औं […]

August 1, 2025

पलेशालाई एसियन च्याम्पियनसिपमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा जारी १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा पलेशा गोवर्धनले कास्य पटक जितेकी छिन्। कुचिङमा‌ भएको च्याम्पियनसिपको के-४४ क्याटगोरी‌कोसेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग पराजित भइन्। यो खेलमा लीले पलेशालाई पहिलो राउन्डमा ४-० र दोस्रो राउन्डमा १०-० ले सहजै माथ दिइन्। सेमिफाइनलमा १४-० ले हारेकी पलेशाले कास्य पदकमा चिक्त बुझाइन्। […]

August 1, 2025

वेस्ट इण्डिजको अर्को हार

एजेन्सी – वेस्ट इण्डिजले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को हार बेहोरेको छ । पाकिस्तानसँगको टि ट्वान्टी आईमा विहीबार वेस्ट इण्डिज १४ रनले पराजित भएको छ । वेस्ट इण्डिजको यो लगातार नवौं हार हो। यसअघि वेस्ट इन्डिज अस्ट्रेलियासँग ३ टेस्ट र ५ टि ट्वान्टी आईमा पराजित भएको थियो । गत जुनमा आयरल्याण्डलाई पराजित गरे यता वेस्ट इण्डिज जितविहिन […]

August 1, 2025

दक्षिण अफ्रिका च्याम्पियन्स फाइनलमा

एजेन्सी – रोमान्चक खेलमा अस्ट्रेलिया च्याम्पियन्सलाई १ रनले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन्स इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको फाइनलमा पुगेको छ । बर्मिङ्घममा बिहिवार भएको दोस्रो सेमिफाइनल जित्दै दक्षिण अफ्रिका च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्ससँगको उपाधि भेट पक्का गरेको हो । इण्डियन च्याम्पियन्सले खेल्न अस्विकार गरेपछि लिग चरणको अंकका अनुसार पाकिस्तान च्याम्पियन्स फाइनल प्रवेश गरेको थियो । […]

Success

Thank you for your time.