November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल,बिर्तामोड झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । फाइनलमा विभागीय डर्बी एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुुसार आजको खेलमा झापाको फुटबलप्रेमीहरूको ठुलो […]
November 10, 2025
एजेन्सी – बार्सिलोनाले आइतवार सेल्टा भिगोमाथि ४-२ को रोमाञ्चक जित निकाल्दै ला लिगामा शीर्ष स्थानमा रहेको रियल माड्रिडसँगको दूरी ३ अंकमा झारेको छ। यो खेलमा रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई शानदार जित दिलाए। रियल र रायो भालेसानोको खेल बराबरीमा सकिएपछि बार्सिलोनाले जित निकाल्दै शीर्ष स्थान नजिक पुगेको हो। खेलको १०औं मिनेटमा मारकोस अलोन्सोको ह्यान्डबलपछि बार्सिलोनाले […]
November 10, 2025
एजेन्सी – जाओ नेभेसले खेलको इन्जुरी समयमा गोल गरेपछि आइतवार पेरिस सेन्ट–जर्मेन (पिएसजी ) ले लियोनलाई ३-२ ले हराएको छ। यो जितसँगै पिएसजी पुनः लिग वानको शीर्ष स्थानमा पुगेको छ। गत साता नाइसविरुद्ध पनि अन्तिम समयमा गोल गरेर जितेको पिएसजीले यसपटक पनि अन्तिम क्षणमा ३ अंक सुरक्षित गर्यो। खेलको २६औं मिनेटमा भिटिन्हाको पासमा वारन जाएर […]
November 10, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३-० ले हराएको छ। प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरको १ हजार खेलमा सिटी दमदार प्रदर्शनका साथ जित निकाल्यो । घरेलु मैदान इत्तिहाद रंगशालामा आइतवार सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, निको गोनजालेज र जेरेमी डोकूले गोल गरे। हालान्डले सुरुवातमै पाएको पेनाल्टी गुमाए । यद्दपी उनले नै २९औं मिनेटमा हेडरमार्फत […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]
November 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको इतिहासमा शरद भेषावकर एउटा नाम मात्रै होइन, एउटा भावनात्मक अध्याय हुन्। दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले नेपाली क्रिकेटलाई उचाइमा पु-याउँदै असंख्य क्षणहरू दिएका छन् । जसले क्रिकेटप्रेमीलाई गर्व, आशा र आत्मविश्वास दिलायो। ३७ वर्षका यो शालीन र समर्पित अलराउन्डरले आज हङकङ सिक्सेसका दौरान अन्तिमपटक राष्ट्रिय टोलीको जर्सी […]
November 9, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा भएको काभा महिला यु १९ भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। कोलम्बोमा आज भएको फाइनलमा कीर्गिस्तानसँग ३-२ ले पराजित हुँदै नेपाल दोस्रो स्थानमा सिमित भएको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो र चौथो सेट जितेको नेपाल पाँचौं तथा निर्णायक सेटमा ४ अंकले पछाडि पर्यो । कीर्गिस्तान २२-२५,२५-२०,२५-२१,१३-२५ र १५-११ ले विजयी भएको थियो। […]
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]