default_image

ताजा समाचारहरु

November 3, 2025

‘एक्सपर्ट एजुकेसन’ एनपिएलको एजुकेसनल कन्सलटेन्सी पार्टनर

चितवन (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल)को एजुकेसनल कन्सलटेन्सी पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेसनबीच एनपिएलको आधिकारिक एजुकेसनल कन्सलटेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै प्रायोजन सम्झौता बारे जानकारी गराएको हो । एक्सपर्ट एजुकेसनले अष्ट्रेलिया, बेलायत, क्यानडा, […]

November 3, 2025

हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग हुँदै

रविन्द्र वाईबा , हेटौंडा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग बुधवार सुरु हुने भएको छ। एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने बताए । जसमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ […]

November 3, 2025

एक्स स्टेप एनपिएलको एपेरियल पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा आबद्ध भएको छ। एक्स स्टेपको‌ नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरेको क्यानले जनाएको छ। सम्झौता यो वर्षका लागि भएको […]

November 3, 2025

सहारा क्लब कार्यसमितिको स्वागतमा कार्यक्रम

पोखरा (हाम्रो खेलकुद) – पोखरा ९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयले सहारा क्लब पोखराको १४ औँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई आज बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। विद्यालयको स्थापनाकाल देखि हाल सम्म शैक्षिक क्षेत्रमा नजिक रहेर उल्लेखनीय रुपमा सहयोग गर्दै आईरहेको सहारा क्लबको कार्यसमितिलाई विद्यालयमा पोखरा महानगरपालिका वडा नं. ९ का वडा दिपेन्द्र मर्सानी र […]

November 3, 2025

टि२० महिला विश्वकप छनोट : तयारी अर्को सातादेखि, प्रशिक्षक नियुक्ति अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पुष महिनामा नेपालमै हुने टि२० विश्वकपको ग्लोबल छनोटको लागि अर्को सातादेखि तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार टोलीको तयारीका लागि सम्पूर्ण योजना बोर्डसमक्ष प्रस्तुत गरिएको छ । बोर्डबाट पास भएसँगै अर्को सातादेखि टोलीको क्याम्प सुरु हुनेछ । […]

November 3, 2025

सिटीको‌ जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल गरेको आइतवारको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ ले हराएको छ। यो जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एतिहाद रंगशालामा भएको खेलमा हालान्डले ३३ मिनेटमा नै दुई गोल गरे। १७ औं र ३३ औं मिनेटमा हालान्डले रायन चेर्कीको पासमा गोल गरेका हुन्। बोर्नमाउथका टायलर एडम्सले २५ औं […]

November 3, 2025

भारतले पहिलो पटक महिला क्रिकेट विश्वकप जित्यो

एजेन्सी – भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। नवी मुम्बईमा आइतवार २ सय ९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो। दीप्ति शर्माले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । जसले खेल भारतको पक्षमा निर्णायक बनायो। दक्षिण अफ्रिकाकी […]

November 2, 2025

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपकएल) टोली सुदूरपश्चिम रोयल्सले‌ अर्को साता धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। ट्यालेन्ट हन्ट कात्तिक २३ र २४ गते धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुने बताइएको छ। ट्यालेन्ट हन्टमा सहभागी‌ हुनका लागि कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ । सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम […]

November 2, 2025

लुम्बिनी लायन्स एन्थम सार्वजनिक

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले एनपिएलको दोस्रो सिजनको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास ‘ सार्वजनिक गरेको छ । एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ । दर्शकको भावबाट लेखिएको सर्जक पराजुली बताएका छन् । एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् । एनपिएल को ट्रफी […]

November 2, 2025

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतवार भारतको चेन्नइ प्रस्थान गरेको छ । कात्तिक १९ देखि २३ गते (नोभेम्बर ५ देखि ९ ) सम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ । खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि […]

Success

Thank you for your time.