default_image

फुटबल

July 14, 2022

चेल्सीले स्टर्लिङ भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गरेको छ । क्लबले २७ वर्षीय अनुभवी खेलाडी भित्र्याउन ५० मिलियन पाउन्ड खर्च गरेको हो । लिभरपुलबाट सन् २०१५ मा सिटी पुगेका स्टर्लिङले ३ सय ३९ खेलमा १ सय ३१ गोल गरे । ४९ मिलियन पाउन्ड खर्च गरेको सिटीले त्यस समयमा ४ पटक प्रिमियर […]

July 14, 2022

कोरियामा टोटेनहमको आधा दर्जन गोल

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत टोटेनहम हट्सपरले बुधबार स्थानीय शिर्ष डिभिजन लिग, के लिगको अल स्टार टिमलाई ६-३ ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा ह्यारी केन र ह्युङ मिन सनको आगमनपछि स्पर्सले लगातार गोल गरेको थियो । दुवै स्टार फरवार्डले २-२ गोल गरे । […]

July 13, 2022

रियलमा रोड्रिगोको सम्झौता नविकरण

एजेन्सी – रोड्रिगो गोएसले रियल म्याड्रिडसँगको सम्झौता सन् २०२८ सम्मका लागि नविकरण गरेका छन् । उनको पारिश्रमिक वृद्धि हुनुका साथै रिलिज क्लज एक विलियन युरो राखिएको छ । रोड्रिगो र क्लबबीच सहमति गत साता नै भएपनि औपचारिक रुपमा नविकरण भने केहि दिन अघि भएको बताइएको छ । यद्दपी मिति भने खुलाइएको छैन । यसअघिको सम्झौतापछि […]

July 13, 2022

रुनी डिसी युनाइटेडको प्रशिक्षक नियुक्त

एजेन्सी – एमएलएसमा फुटबलको अर्को ठूलो नाम जोडिएको छ । इग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान समेत रहेका वाइने रुनी औपचारिक रुपमै डिसी युनाइटेडम आबद्ध भएका छन् । यद्दपी उनी खेलाडीका रुपमा नभई टोलीको नयाँ प्रशिक्षकका रुपमा आबद्ध भएका हुन् । युनाइटेडले मंगलबार औपचारिक रुपमा रुनीलाई आफ्नो प्रशिक्षकका रुपमा सार्वजनिक गरेको हो । उनी डिसी युनाइटेडमा […]

July 13, 2022

पिएसजी खेलाडी विक्री गर्न आतुर

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनमा पछिल्लो सिजन स्टार खेलाडीको आगमन भयो । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले यसका बाबजुद च्याम्पियन्स लिगमा टोलीलाई सेमिफाइनलसम्म पनि पुर्याउन सकेनन् । यस सिजनको सुरुवातमा नै क्लबले प्रशिक्षक परिवर्तन गर्दै क्रिस्टोफ गाल्तिएरलाई नियुक्त गरेको छ । फ्रान्समा आफूलाई प्रमाणित गरिसकेका गाल्तिएरले औसत खेलाडीबाट पनि राम्रो नतिजा निकालेको इतिहास छ […]

July 12, 2022

लिभरपुलमाथि युनाइटेडको फराकिलो जित

एजेन्सी – प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि फराकिलो जित दर्ता गरेको छ । थाइल्याण्डको बैंककस्थित राजामंगाला मैदानमा भएको खेलमा युनाइटेडले ४-० ले विजयी भयो । पहिलो हाफमा ३-० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । खेलको १२ औं मिनेटमा जेडन सान्चोले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ब्रुनो […]

July 12, 2022

रियलले पछ्याएको गोलरक्षक चेल्सी आउने

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले पछ्याइरहेका अमेरिकी युवा गोलरक्षक ग्याब्रिएल सोल्निना इंग्लिस क्लब चेल्सीमा अनुबन्धित हुने भएका छन् । अमेरिकाको मेजर लिग सकरको सिकागो फाएरबाट खेल्दै आएका सोल्निनालाई चेल्सीले १० मिलियन युरो खर्चेर अनुबन्ध गर्ने भएको हो । चेल्सीका नयाँ मालिक टड बोहलीले व्यक्तिगत रुपमा नै अमेरिकी क्लबसँग सम्पर्क गर्दै खेलाडी भित्र्याउन मौखिक सम्झौता […]

July 12, 2022

सय मिलियन युरोका खेलाडी : कसले कस्तो खेले ?

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले सन् २०१३ मा इंंग्लिस क्लब टोटेनहम हटस्परबाट वेल्सका ग्यारेथ बेललाई अनुबन्ध गर्न १ सय मिलियन युरो खर्चियो । यस ट्रान्सफरसँगै बेल १ सय मिलियन युरोमाथि सम्झौताको ट्रान्सफरमा संलग्न हुने पहिलो खेलाडी बने । बेल १ सय मिलियन युरो क्लबमा प्रवेश गर्ने पहिलो खेलाडी बन्दा अहिले उक्त सुचिमा १२ सदस्य […]

July 12, 2022

अमेरिकामा अर्को सफल यात्रा गर्ने बेलको लक्ष्य

एजेन्सी – ग्यारेथ बेल र अमेरिकी क्लब एलएएफसी बीच सम्झौता भइसकेको छ । स्पेनिस क्लब रियल म्याड्रिडमा सफल खेल जीवन बिताएका बेल यसै महिना अमेरिकाको लस एन्जेलस पुगेका हुन् । ३२ वर्षे बेल अमेरिका पुगेर सोमबार पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए । एलएएफसीले बेललाई पत्रकार सम्मेलनमा प्रस्तुत गर्ने क्रममा उनको आगमन क्लबको छोटो इतिहासको सर्वाधिक […]

July 12, 2022

‘रोनाल्डो विक्रीमा छैनन्’ – प्रशिक्षक टेन ह्याग

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो योजनामा रहेको बताएका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहेको बेला प्रशिक्षक ह्यागले उनलाई बेच्ने योजना नभएको बताएका हुन् । रोनाल्डो युनाईटेडको प्रि–सिजन भ्रमणमा छैनन् । रोनाल्डोबिना युनाईटेडको टोली थाइल्याण्ड भ्रमणमा गएपछि उनले क्लब छाड्ने चर्चा […]

Success

Thank you for your time.