default_image

एसोसिएसन

October 15, 2022

गौरिकाले अस्वस्थताका कारण २ इभेन्ट छाडिन्

पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारको आफ्ना दुई इभेन्टबाट नाम फिर्ता लिइन् । पौडीको पहिलो दिन विहान गौरिकाले १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएकी थिइन् । उनी फाइनल राउन्डका लागि छनोट भएकी थिइन् । त्यसपछि स्वास्थ्य खराबपछि पनि […]

October 15, 2022

नवौं राष्ट्रिय खेलकुदको करातेमा १० टोलीले मात्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा १० टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पर्वतको कुस्मामा शनिबार सुरु भएको करातेमा गैर आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडीले आयोजनास्थल नपुगेपछि १० टोलीका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । अब ७ प्रदेश, ३ विभाग त्रिभुवन आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी गरि १० टोलीका खेलाडीबीच […]

October 14, 2022

बुद्धिचालमा रुपेश र सुजनालाई सुरुवाती सफलता

गोरखा (हाम्रो खेलकुद)– रुपेश जैसवाल र सुजना लोहनीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् । पहिलो चरणको महिला क्लासिकल इभेन्टमा आर्मीकै सुजनाले बागमतीकी मार्सल तामाङलाई पराजित गरिन् […]

October 14, 2022

फेन्सिङमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण […]

October 14, 2022

पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । गोस्टेघाट फुटबल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको छ । समूह ‘सी’मा आर्मीको जितमा जर्जप्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गरेका थिए । नेपाल पुलिस क्लब पछि समूह सीमा रहेको […]

October 14, 2022

महिला भलिबलमा पुलिस समूह ‘सी’को विजेता

अर्जुन कार्की, म्याग्दी नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल प्रतियोगिताको समूह ‘सी’को बनेको छ । खेल अघि नै अन्तिम आठ पुगिसकेका समूह ‘सी’मा दुई टोलीबीचको प्रतिस्पर्धामा पुलिसले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । शुक्रबार म्याग्दीस्थित बेनी बजारको खुल्लामञ्चको कोर्टमा भएको खेलमा पुलिसले लुम्बिनीलाई २५–१०, २५–११ […]

October 14, 2022

पुरुष भलिबल गण्डकी समूह ‘डी’को विजेता

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल समूह विजेता बनेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो खेलमा बागमती प्रदेशलाई ३–१ ले हराउँदै समूह डीको विजेता बनेको छ । समूह डीको खेल अघि नै दुवै टोली क्वार्टफाइनल पुगिसकेका थिए । गण्डकीले बागमतीलाई २५–२०,१५–२५,२५–१८ र २५–१३ ले पराजित गरेको थियो […]

October 14, 2022

प्रतिभा र सलिनासम्मिलित बागमतीको सहज जित

अर्जुन कार्की, म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा बागमती प्रदेशले पहिलो खेलमा सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार म्याग्दी स्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा भएको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडी प्रतिभा माली र सलिना श्रेष्ठसम्मलित बागमती प्रदेशले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो […]

October 13, 2022

फुटबलमा एनआरएनएविरुद्ध प्रदेश १ को प्रोटेष्ट

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष खेलको उद्घाटन खेल नै विवादित बनेको छ । प्रदेश १ ले आफूविरुद्ध गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नियम विपरित नेपालमै रहेका खेलाडीलाई खेलाउन लागेकोमा विरोध जनाएको थियो । खेलपछि प्रोटेस्ट हाल्न पाउने गरि खेल्न आयोजकले आग्रह गरेपछि प्रदेश १ खेल्न राजी भएको थियो । गोस्टेघाट फुटबल मैदानामा […]

October 13, 2022

नवौं राष्ट्रिय खेलकुद – ६ हजार बढी खेलाडी, ४ सय ४ स्वर्ण पदक

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।७ प्रदेश, ३ विभाग […]

Success

Thank you for your time.