default_image

क्रिकेट

August 16, 2025

नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल आज आफ्नो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको छ। १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले कुलश मल्लको अर्धशतकसहित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । कुशल मल्ल लगातार […]

August 16, 2025

नेपाललाई ठूलो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा बङ्गलादेशको ‘ए’ ले नेपाललाई १ सय ८७ रनको चुनौती दिएको छ। अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।‌ निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो। ओपनर जिसान अलाम र मोहम्मद नैम शेखले पहिलो विकेटको लागि ६२ रनको […]

August 15, 2025

टप एन्ड टि ट्वान्टी – नेपाल पहिलो खेलमै पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टप एन्ड टि ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटिएस) सँग ४२ रनले पराजित भएको छ। अष्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटियो। नेपालले कमजोर सुरुवात गर्यो। मात्र २५ रन जोड्दा […]

August 14, 2025

डिएभीलाई आरआरए क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीवार भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले […]

August 13, 2025

पाकिस्तानविरुद्ध वेस्ट इन्डिजलाई ओडिआई सिरिज

एजेन्सी – ट्रिनिडाडमा भएको तेस्रो र अन्तिम ओडिआईमा मोहमद रिजवान कप्तानीमा रहेको पाकिस्तान ९२ रनमा अलआउट गर्दै घरेलु टोली वेस्ट इन्डिजले २‌ सय २ रनले पराजित गरेको छ। योसँगै वेस्ट इन्डिजले ओडिआई सिरिज २-१ ले आफ्नो पक्षमा पार्दै मंगलवार ऐतिहासिक जित दर्ता गर्‍यो।२ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका कुनै पनि ब्याटरले सम्हालिएर खेल्न […]

August 12, 2025

ब्रेभिसको कीर्तिमानी ब्याटिङमा दक्षिण अफ्रिकाको जित

एजेन्सी – डेवाल्ड ब्रेभिसको अविजित १ सय २५ रनको धमाकेदार इनिङ (५६ बलमा) ले दक्षिण अफ्रिकालाई दोस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाफ ५३ रनले हराएको छ । २ सय १९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६५ रनमा समेटिएको थियो। ब्रेभिसको १२ चौका र ८ छक्काको स्तरीय ब्याटिङले ३ टि ट्वान्टी […]

August 11, 2025

मधेश क्रिकेटलाई कृष्णा फाउन्डेसनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)- कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट संघको क्रिकेट टोलीलाई जर्सी प्रायोजन गरेको छ। नयाँ बानेश्वरस्थित कृष्णा फाउन्डेसनको कार्यालयमा फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता रकम खुलाइएको छैन। कृष्णा फाउन्डेसनले मधेश जर्सी उपलब्ध गराउने छ भने मधेश टोलीले जर्सीमा फाउन्डेसन राख्नेछ। […]

August 11, 2025

पाकिस्तानमाथि वेस्ट इण्डिजको जित

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजले दोस्रो ओडिआईमा डर्कवर्थ लुइस पद्दतीमा पाकिस्तानलाई ५ विकेटले हराएको छ । ट्रिनिडाडमा सोमवार बिहान सकिएको खेल घरेलु टोलीले जितेपछि ३ ओडिआई सिरिज १-१ को बराबरीमा पुगेको छ । वर्षाका कारण खेल ३७ ओभरमा घटाइएको थियो । १ सय ७२ रनको लक्ष्य वेस्ट इण्डिजले ३३.२ ओभरमा ५ विकेट गुमाएर पूरा […]

August 10, 2025

क्रिकेटर ललितलाई मातृ शोक

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशलाई मातृ शोक परेको छ । ललितकी‌ आमा ६० वर्षिय शुभकुमारी राजवंशीको‌ आइतवार विराटनगरस्थित घरमा निधन भएको हो । उनलाई मुटु सम्बन्धि समस्या रहेको बताइएको छ। राजवंशीको आजै दाहसंस्कार गरिएको परिवारिक स्रोतले जनाएको छ। ललित शनिवार भएको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन हेर्न पुगेका थिए। […]

August 10, 2025

क्रिकेट टोलीलाई ऐतिहासिक रकममा जर्सी प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)- नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जर्सी प्रायोजन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज नासा सेक्युरिटीजसँग ३ वर्षको लागि ७ करोड ८ लाखको प्रायोजन सम्झौता गरेको हो। क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार नासा सेक्युरिटिजले वार्षिक […]

Success

Thank you for your time.