August 1, 2025
एजेन्सी – रोमान्चक खेलमा अस्ट्रेलिया च्याम्पियन्सलाई १ रनले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन्स इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको फाइनलमा पुगेको छ । बर्मिङ्घममा बिहिवार भएको दोस्रो सेमिफाइनल जित्दै दक्षिण अफ्रिका च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्ससँगको उपाधि भेट पक्का गरेको हो । इण्डियन च्याम्पियन्सले खेल्न अस्विकार गरेपछि लिग चरणको अंकका अनुसार पाकिस्तान च्याम्पियन्स फाइनल प्रवेश गरेको थियो । […]
August 1, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा भारतले सामान्य सुरुवात गरेको छ । ओभलमा जारी खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको भारतले सामान्य सुरुवात गरेको हो । वर्षाका कारण खेल पटक पटक रोकिएपछि पहिलो दिन ६४ ओभरको मात्र खेल सम्भव भएको थियो । पहिलो दिन बिहिवारको खेल सकिँदा भारतले […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बिहिवार बसेको बैठकमा एनपिएलको आयव्यय विवरण प्रस्तुत गरिएको थियो । एनपिएलबाट २ करोड ४६ लाख लाख रुपैयाँ बचत गरेको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ। सो विवरण अनुसार एनपिएल आयोजनाको लागि […]
July 31, 2025
एजेन्सी – इङ्ग्ल्याण्ड भ्रमणमा रहेको भारतले फेरी टस हारेको छ । भारतले घरेलु टोलीविरुद्धको पाँचौ टेस्टमा पनि टस हारेको हो । यसअघि भएका चारै टेस्ट खेलमा पनि भारतले टस हारेको थियो । ओभलमा टस जितेर घरेलु टोलीका कप्तान ओली पोपले बलिङ रोजेका हुन् । टस हारेको भारतले ब्याटिङको निम्तो पाएको छ । दुवै टोलीले पाँचौ […]
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहिवार विश्वकपको ग्लोबल छनोट २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने बताएको छ । ग्लोबल छनोटमा नेपालसहित १० टोलीको सहभागिता रहने छ । सहभागी टाेलीलाई दुई समूहमा विभाजन गरिनेछ […]
July 31, 2025
एजेन्सी – इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा पाकिस्तान च्याम्पियन्स फाइनल प्रवेश गरेको छ । आज हुनु पर्ने पहिलो सेमिफाइनलमा इण्डियन च्याम्पियन्सको सामना गर्नु पर्ने थियो । तर, इण्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्ने अस्विकार गरे पछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अंकका आधारमा फाइनल प्रवेश गरेको हो । पाकिस्तान च्याम्पियन्स लिग चरणका खेलेका सबै ४ खेल जित्दै […]
July 30, 2025
एजेन्सी – अस्ट्रेलियामा आगामी महिना आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने मेलबर्न स्टार्स एकेडेमी टोलीको घोषणा भएको छ । १४ अगस्ट १४ देखि २४ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी रहने १४ सदस्यीय टोली केही दिन अघि घोषणा भएकाे हो । टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका लागि उमेर […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका विल सदरल्याण्डले नेपालविरुद्ध खेल्ने भएका छन् । अस्ट्रेलियामा १४ अगस्टबाट सुरु हुने टप इण्ड सिरिजमा नेपालविरुद्ध खेल्ने मेलवर्न रेनेगेड्स एकेडेमी टोलीबाट सदरल्याण्डले खेल्ने भएका हुन् । सदरल्याण्डले अस्ट्रेलियाका लागि दुई ओडिआई खेल खेलिसकेका छन् । अलराउण्डर रहेका सदरल्याण्डले दुई ओडिआई खेलमा १८ रन बनाउँदा २ विकेट […]
July 30, 2025
एजेन्सी – इण्डियन च्याम्पियन इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मंगलवार वेस्ट इण्डिज च्याम्पियन्सलाई ५ विकेटले पराजित गर्दै इण्डियन च्याम्पियन्स सेमिफाइनल पुगेको हो । १ सय ४५ रनको लक्ष्य भारतले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सेमिफाइनल पुग्नको लागि १४.१ ओभरमा जित निकाल्नु पर्ने […]