default_image

क्रिकेट

November 10, 2022

भारतविरुद्ध हेल्सको सानदार अर्धशतक

एजेन्सी – इंग्ल्यान्डका ओपनर एलेक्स हेल्ले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतविरुद्ध सानदार अर्धशतक प्रहार गरेका छन् । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ ओभरमा कुनै विकेट नगुमाई ९१ रन बनाएको छ । ओपनर एलेक्स हेल्स२९ बलमा १ चौका र ५ छक्कासहित ५१ रनमा खेलेका छन् । […]

November 10, 2022

हार्दिकको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको विष्फोटक ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र […]

November 10, 2022

मधेशलाई हराउँदै एपिएफ तेस्रो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपिएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो संस्करणको च्याम्पियन एपिएफ तेस्रो पटक फाइनलमा पुगेको हो […]

November 10, 2022

इंग्ल्यान्डले टस जित्यो, मार्क वुडले भारतविरुद्ध खेल गुमाउने

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले भारतविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । एडिलेड ओभलमा इंग्ल्यान्डका जस बटलरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । इंग्ल्यान्डले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । चोटका कारण डेविड मलान र तीव्र गतिका बलर मार्क वुड आज टोलीमा […]

November 10, 2022

कमलको उत्कृष्ट बलिङमा एपिएफलाई फाइनलमा पुग्न सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीको उत्कृष्ट बलिङमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका लागि […]

November 10, 2022

विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा एडिलेड ओभलमा सुरु हुनेछ । विष्फोटक ब्याटरले भोरिएका उपाधिका प्रमुख यी दुई मध्य एक टोली फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको […]

November 9, 2022

‘मधेशलाई फाइनल खेल्ने पहिलो प्रदेश बनाउन प्रयास गर्छु’– आदिल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विष्फोटक अलराउन्डर आदिल अन्सारीले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशलाई फाइनल खेल्ने पहिलो प्रदेश टोली बनाउन प्रयास गर्ने बताएका छन् । आदिलले मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि उक्त प्रतिक्रिया दिएका थिए । मधेशले विहीबार पहिलो सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा नेपाल […]

November 9, 2022

न्युजिल्यान्डले पाकिस्तानसँग हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्ड पाकिस्तानसँग ७ विकेटले पराजित हुँदै बाहिरियो । गत वर्षको उपविजेता टोली न्युजिल्यान्डको प्रभाव सेमिफाइनलमै अन्त्य हुन पुग्यो । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डले विश्वकप र ठूला उपाधिमा लगातार सानदार प्रदर्शन गर्दै आएको छ। जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ […]

November 9, 2022

पाकिस्तान १३ वर्षपछि टि२० विश्वकपको फाइनलमा

एजेन्सी– पाकिस्तान आइसिसी टि२० विश्वकपमा १३ वर्षपछि फाइनलमा पुगेको छ । पाकिस्तानले बुधबार पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै १३ वर्षपछि फाइनलमा स्थान बनाएको हो । यस विश्वकपमा निकै भाग्यमानी मानिएको पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनलमा पुगेको हो । पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप जितेको थियो । […]

November 9, 2022

‘पाकिस्तान जितको हकदार थियो’ – विलियम्सन

एजेन्सी – आइसिसी टि२० विश्वकपको सेमिफाइनलमा हार बेहोरेपछि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पाकिस्तान जितको हकदार रहेको बताएका छन् । पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा पुग्ने क्रममा पाकिस्तानले राम्रो प्रदर्शन गर्यो । बलिङमा राम्रो सुरुवात गरेको पाकिस्तानले ब्याटिङमा पनि दुई ओपनरको […]

Success

Thank you for your time.