default_image

क्रिकेट

July 3, 2025

नेपालले सेमिफाइनलमा टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा साविक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ । मलेसियाको सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन् । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपालले खेलेका सबै […]

July 2, 2025

पहिलो दिन भारतीय कप्तान गिलको शतकमा

एजेन्सी – कप्तान शुभमन गिलको शतकमा पाहुना टोली भारतले दोस्रो टेस्टमा घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध राम्रो सुरुवात गरेको छ । इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाउँदै ३ सय १० रन बनाएको छ । भारतका कप्तान गोलले १ सय १४ रनमा अविजित छन्।‌ रविन्द्र जडेजा नटआउट […]

July 2, 2025

बंगलादेशमाथि श्रीलंकाको रोमाञ्चक जित

एजेन्सी – बंगलादेशले ५ रन जोड्दा ७ विकेट गुमाएपछि घरेलु टोली श्रीलंकासँगको पहिलो ओडिआई खेलमा हार बेहोरेको छ । १ सय रनमा १ विकेट गुमाएको बंगलादेशले थप ५ रन जोड्दा ७ विकेट गुमाएपछि आज श्रीलंकासँग ७७ रनले पराजित भएको हो । ३ ओडिआई सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ । २ सय ४५ रनको […]

July 2, 2025

बुमराह बिना नै भारत मैदानमा

एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारत आफ्ना मुख्य तीव्र गतिका बलर जसप्रित बुमराह बिना मैदान उत्रिएको छ । इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ। घरेलु टोलीले पहिलो टेस्टको टोलीलाई नै निरन्तरता दिएको छ । भारतले टोलीमा ३ खेलाडी परिवर्तन गरेको छ । पहिलो टेस्टमा टोलीमा रहेका बुमराह सहित साई सुदर्शन तथा शार्दुल […]

July 2, 2025

नेपालले फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा साविक विजेता नेपालले भोलि फाइनल प्रवेशका लागि घरेलु टोली मलेसियासँग खेल्दैछ । यी दुई टोलीबीचको पहिलो सेमिफाइन सिलेगंर ट्रफ क्लबमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो। समूक […]

July 1, 2025

दक्षिण अफ्रिकासँग जिम्बाब्वेको हार

एजेन्सी – पाहुना टोली दक्षिण अफ्रिकाकाले जिम्बाब्वेलाई पहिलो टेस्टमा सहजै हराएको छ । दक्षिण अफ्रिकाले आज जिम्बाब्वेलाई ३ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २ टेस्ट सिरिजमा पाहुना टोलीले १-० को अग्रता लिएको छ । ५ सय ३७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे २ सय ८ रनमा समेटिएको थियो । जिम्बाब्वेका विलिगंटन मसाकाट्जा […]

July 1, 2025

कर्णालीमा थप ६ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले दोस्रो संस्करणका लागि आज रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। कर्णालीले मार्की र कप्तान सोमपाल कामीलाई रिटेन गरेको सोमवार नै जानकारी गराएको थियो । कर्णालीले आज थप ६ रिटेन खेलाडीको नाम सार्वजनिक गरेको हो । रिटेन हुने अन्य खेलाडीमा यु १९ का […]

July 1, 2025

नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पाकिस्तान र बंगलादेशको ‘ए’ टिमसँग खेल्ने भएको छ । नेपाली टोली अगस्टमा खेल्ने टप इण्ड टि ट्वान्टी सिरिजमा दुवै पाकिस्तान र बंगलादेश ‘ए’ टिमको सहभागिता पनि पक्का भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलवार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म आयोजना […]

July 1, 2025

नेपालको अर्को सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – रौनक श्रीवास्तवको शतक पूरा गरेको एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले अर्को सहज जित निकालेको छ। मलेसियामा जारी प्रतियोगितामा आज नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले हरायो। ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनायो। भुटानका अन्तिम ब्याटर क्रिजमा […]

July 1, 2025

रौनकको शतकमा नेपालको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – रौनक श्रीवास्तवले सानदार शतक बनाएपछि नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा भुटानविरुद्ध ३ सय ५८ रन बनाएको छ । मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर विशाल योगफल तयार गरेको हो। रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ […]

Success

Thank you for your time.