default_image

क्रिकेट

June 28, 2025

वेस्ट इण्डिजमाथि अस्ट्रेलियाको जित

एजेन्सी – अस्ट्रेलियाले पहिलो टेस्टमा घरेलु टोली वेस्ट इण्डिजलाईआज १ सय ५९ रनले पराजित गरेको छ । पाहुना टोलीले ३ टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज १ सय ४१ रनमा समेटयो । वेस्ट इण्डिजका शेमार जोसेफ सर्वाधिक ४४ रनमा बनाए । जस्टिन ग्रेभ्स ३८, जोन […]

June 27, 2025

नेपाली टोलीले अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमण गर्ने बताएको छ । क्यानका अनुसार नेपाली टोलीले अस्ट्रेलियामा रहँदा टप इण्ड टि ट्वान्टी सिरिज खेल्नेछ छ । नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप […]

June 27, 2025

सुदूरपश्चिम रोयल्स कप आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । गत वर्ष आयोजना भएको एनपिएलको पहिलो संस्करणको उपविजेता सुदूरपश्चिमले प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ। सुदूरपश्चिम रोयल्स कपको नाम रहेको प्रतियोगिताको थप जानकारी केही समयमा दिइने बताइएको छ । सुदूरपश्चिमले केही दिन अघि एनपिएलको […]

June 26, 2025

फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पोटर्स इभेन्ट्स प्रालिको आयोजनामा नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । बुढानिलकण्ठ नगरपालिकाको चुनिखेलमास्थित रोयल स्पोटर्स पार्कमा भदौ २३ गतेदेखि २८ गतेसम्म फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको । बिहीवार पत्रकार सम्मेलनमाप्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए । १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज […]

June 26, 2025

भारतीय क्रिकेटरलाई पछि पार्ने सन्दीप‌ र करण

सागर अधिकारी, काठमाडौं क्रिकेटमा भारतको बोलवाला छ । क्रिकेटमा मैदान भित्र होस् वा बाहिर भारत बलियो राष्ट्रमा पर्दछ। क्रिकेटमा धेरै अर्थमा नेपाल भारत भन्दा पछाडि छ । तर एउटा कीर्तिमानमा भने नेपालका २ बलरले भारतीय बलरलाई पछि पारेका छन् । सन् २००५ बाट सुरु भएको टि ट्वान्टी आईमा नेपालका २ बलरले सन्दीप लामिछाने र करण […]

June 26, 2025

निशंकाको शतकमा श्रीलंकाको अग्रता

एजेन्सी – ओपनर पथुम निशंकाको शतकमा घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा अग्रता लिएको छ । श्रीलंकाको सिन्हालिस स्पोट्स क्लब मैदानमा जारी दोस्रो टेस्टको पहिलो इनिङको जारी रहँदा घरेलु टोलीले ४३ रनको अग्रता लिएको छ । पाहुना टोली २ सय ४७ रनमा समेटिए पश्चात आफ्नो पहिलो इनिङको सुरुवात गरेको घरेलु टोलीले […]

June 25, 2025

टि ट्वान्टी आई वरीयतामा सन्दीपको छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टि ट्वान्टी आई वरीयतामा छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको टि ट्वान्टी आईको पछिल्लो बलिङ वरीयतामा सन्दीप ७५औं स्थानमा रहेका छन् । सन्दीपले ४१ स्थानमाथि उक्लिएर त्यो स्थान पुगेका हुन् । टि ट्वान्टी आई कै बलिङ वरियतामा २९ स्थान […]

June 25, 2025

लुम्बिनीले रोहितसहित ६ खेलाडी रिटेन गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। लुम्बिनील मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । लुम्बिनीबाट रिटेन हुने अन्य खेलाडीमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम छन् । […]

June 25, 2025

एनपिएल बारे क्यान भित्र नै प्रश्न !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) का बारेमा नेपाल क्रिकेट संघ(क्यान) का उपाध्यक्ष सहित सात जना केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका छन् । क्यानका उपाध्यक्ष रोशनकुमार सिंहसहित केन्द्रीय सदस्यहरु दुर्गाराज पाठक, प्रदिप मजगैया, विक्रम बिष्ट, माधव कर्माचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल तथा जयन्ती बिष्टले गत महिना संयुक्त रुपमा अध्यक्ष चतुरबहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएका […]

June 25, 2025

रुविना हिमा एयुएस कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल महिला क्रिकेट टोलीकी पूर्व कप्तान एवम् सदस्य रुविना क्षेत्री हिमा एयुएस एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्। डेढ दशक भन्दा लामो क्रिकेट खेल जीवनामा रुविनाको पहिलो पटक कुनै ब्रान्डको एम्बेसडर नियुक्त भएकी हुन्। रुविनाले कालिकास्थानस्थित कन्सल्टेन्सीमा मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेको बताइएको छ कन्सल्टेन्सीले रुविनासँग सहकार्य गर्न पाउनु गौरवको विषय […]

Success

Thank you for your time.