default_image

क्रिकेट

February 28, 2022

चौतारा साँगाचोकगढी र सानु सिरुवारी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – पाँच पोखरी टि२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता दोस्रो दिन चौतारा साँगाचोकगढी नगरपालिका र सानु सिरुवारीले विजयी सुरुवात गरेका छन् । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा सिरुवारीले इन्द्रावती गाउँपालिकालाई ११ रनले हरायो । टस जितेर पहिला ब्याटिङ थालेको सिरुवारी १५.१ ओभरमा ७८ रनमा अल आउट भएको थियो । सिरुवारीको लागि रिन्जिन लामाले २७ […]

February 28, 2022

ज्योतिलाई सर्वोत्कृष्ट खेलाडीसहित तीन अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी विकेटकिपर तथा ओपनर ज्योति पाण्डे ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएकी छिन् । एपिएफलाई अपराजित रहँदै उपाधि जिताउन उत्कृष्ट ब्याटिङ गरेकी ज्योतिले सर्वोत्कृष्ट खेलाडीसँगै तीन ब्यक्तिगत अवार्ड जित्न सफल भइन् । ज्योति सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिता उत्कृष्ट ब्याटर र […]

February 28, 2022

एपिएफ ललितपुर मेयर कपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपिएफले सोमबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । १ सय १४ रनको विजयी लक्ष्य एपिएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४४ बलमा […]

February 28, 2022

उपाधि जित्न एपिएफलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई १ सय १४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो । सुदूरकी बायाँ हाते ओपनर विन्दु रावलले ३६ बलमा […]

February 28, 2022

पन्जाबको कप्तानी मयंक अग्रवालले गर्ने

एजेन्सी – युवा ओपनर मयंक अग्रवालले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सको कप्तानी गर्ने भएका छन् । पन्जाबले सामाजिक सञ्जाल मार्फत अग्रवाललाई कप्तानमा नियुक्त गरेको जनाएको छ । पन्जाबले यस सिजनमा मयंक अग्रवाललाई १२ करोड भारुमा रिटेन गरेको थियो । नियमित कप्तान लोकेश राहुललाई फुकुवा गर्दा अग्रवाल र अर्शदीप सिंहलाई रिटेन गरेको थियो […]

February 28, 2022

भोताङ र पाँचपोखरी क्रिकेट क्लब विजयी

काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगितामा पाँच पोखरी भोताङ र पाँच पोखरी क्रिकेट क्बले विजयी सुरुवात गरेका छन् । मुलपानी मैदानमा सुरु प्रतियोगितामा पहिलो खेलमा भोताङले इन्द्रावती ९ लाई ३७ रनले हराउँदै विजयी सुरुवात गर्यो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भोताङ १८.१ ओभरमा १ सय २७ रनमा अल आउट भयो […]

February 28, 2022

लाहोरलाई पिएसएलको उपाधि, रिजवान सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२२ को उपाधि लाहोर कलन्दर्सले जितेको छ । लाहोर कलन्दर्सले फाइनलमा मुल्तान सुल्तान्सलाई ४२ रनले हराउँदै पहिलो पटक पिएसएलको उपाधि जितेको हो । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको सुल्तान्स १९.३ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । मध्यक्रमका खुसदिल शाहले २३ बलमा ४ चौका र […]

February 28, 2022

राष्ट्रिय क्रिकेट टोली : को फर्के, को बाहिरिए?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मार्च तेस्रो साता युएईमा हुने आइसिसी विश्वकप लिग–२ को लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुँदैछ । नेपालले केहि दिनको प्रशिक्षणपछि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले झण्डै दुई हप्ता श्रीलंकामा अभ्यास गरेर युएई जाने तयारी […]

February 27, 2022

श्रीलंकामाथि भारतको क्लिनस्विप

एजेन्सी – युवा ब्याटर श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले श्रीलंकासँग तीन टि२० आई सिरिजमा क्लिनस्विप गरेको छ । भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै क्लिनस्विप गरेको हो । १ सय ४७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रेयस ऐर ४५ बलमा […]

February 27, 2022

भारतविरुद्ध कप्तान शनाकाको करिअरको उत्कृष्ट प्रदर्शन

एजेन्सी – कप्तान दसुन शनाकाको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । शनकाले ३८ बलमा ९ चौका र २ छक्कासहित ७४ रनको अविजित […]

Success

Thank you for your time.