default_image

क्रिकेट

September 29, 2021

वसन्तले भैरहवाविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली तथा विराटनगरका अनुभवी स्पिनर वसन्त रेग्मी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध खेलेका छन् । टियु मैदानमा टस हारेर विराटनगरले पहिला ब्याटिङ गरि रहेको छ । विराटनगरले बुझाएको प्लेइङ–११ मा वसन्त रेग्मी छन् । वसन्त अमेरिकाबाट केहि दिनअघि मात्र नेपाल आएका थिए । वसन्तले पहिलो […]

September 29, 2021

ललितपुरमाथि पोखराको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै पूरा गर्यो । पोखरा रिचार्ड लेभी २२ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । डेब्यू खेल खेलेका […]

September 29, 2021

पोखरालाई ललितपुरको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार पहिलो खेलमा ललितपुर प्याट्रियटर्सले पोखरा राइनोजलाई ५२ रनको सामान्य लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनायो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्ढा ढिलो […]

September 29, 2021

‘परिस्थितिले साथ नदिँदा क्यानले काम गर्न सकेन’

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । समग्र दुई वर्षमा क्यानको […]

September 29, 2021

पोखराले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्सविरुद्ध पोखरा राइनोजले पहिला बलिङ गर्ने भएको छ । टियु मैदानमा भएको टसमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भिजेको आउटफिल्डको खेल निर्धारित समय भन्दा दुई घण्टा भन्दा ढिला सुरु हुने भएपछि […]

September 29, 2021

ललितपुर र पोखराबीचको खेल ढिलो सुरु हुनसक्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो सुरु हुने सम्भावना छ । यसअघि सोमबार र मंगलबार वर्षा र भिजेको आउटफिल्डको कारण खेल हुन सकेको थिएन । बुधबार पोखरा र लतिपुरबीचको पहिलो खेल निर्धारित समय अनुसार ९ः ३० बजे सुरु हुनुपर्ने […]

September 29, 2021

पन्जाबमाथि मुम्बईको जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस सिजनको पाँचौं जित निकाल्दै मुम्बई अंक तालिका पाँचौं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा हार्दिक पान्ड्याले […]

September 28, 2021

इपिएलको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका परिवर्तन भएको छ । वर्षा र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले २४ घण्टा बित्न नपाउँदै दुई पटक खेल तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार स्थगित भएका खेलहरु बिहिबार र शुक्रबार हुनेछन् । इपिएलले सोमबार राती […]

September 28, 2021

नारायणको अलराउन्ड प्रदर्शनमा कोलकाताले दिल्लीलाई हरायो

एजेन्सी – स्पिन अलराउन्डर सुनिल नारायणको अलराउन्ड प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ । यो जितसँगै कोलकाता शीर्ष चारमा रहेर प्लेअफ खेल्ने सम्भावना बलियो बनेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १८.२ ओभरमा ७ विकेट गुमाउँदै […]

September 28, 2021

काठमाडौं र पोखराबीचको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा मंगलबार हुने काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित भएको हो । सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको चौथो खेल हो । मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय […]

Success

Thank you for your time.