September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्ताका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र मध्यगतिका बलिङ अलराउन्डर करिम जनात चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । शाहजाद र जानतले चौथो संस्करणको इपिएल चितवन टाइगर्सबाट खेल्ने छन् । शाहजाद र जानत बुधबार दिउँसो ३ ः २० मा त्रिभुवन विमानस्थलमा आइपुगेको चितवनकी अप्रेशन डाइरेक्टर बिनिता चौधरी भट्टाईले […]
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली ओमान भ्रमणमा आइसिसी विश्वकप लिग–२ ओडिआई त्रिकोणात्मक सिरिज खेलेर मंगलबार स्वदेश फर्किसकेको छ । ओमान भ्रमणमा कुल ६ खेल खेलेको नेपालले ४ मा जित र २ मा हार बेहोर्न पुग्यो । विश्वकप लिग–२ मा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा एक एक खेलमा जित निकाल्न […]
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ललाई रेड रकले प्रायोजन गरेको छ । रेडरकले कुशललाई एक वर्षको लागि किट प्रायोजन सम्झौता गरेको हो । कुशलले एक वर्षको लागि आवश्यक पर्ने क्रिकेट किट प्राप्त गर्नेछन् । त्यसवापत उनले रेड रकको सामग्री प्रयोग गर्नेछन् । बुधबार कुशल र रेड रक नेपालका […]
September 22, 2021
एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका […]
September 22, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३३ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ पछि दुबईमा सुरु हुनेछ । दिल्ली हैदराबादलाई हराउँदै शीर्षस्थानमा उक्लिने लक्ष्यमा हुनेछ । हैदराबादलाई प्ले अफको झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । दिल्लीको […]
September 22, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दसानायके यतिबेला नेपालमा छन् । शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न उनी मंगलबार नेपाल आइपुगेका हुन् । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो फड्को मार्दा प्रशिक्षक रहेका दसानायकेले नेपाललाई सहयोग गर्न सधैं तयार रहेको बताएका छन् […]
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) गुमाउने भएका छन् । चितवन टाइगर्ससँग जोडिएका उनले अन्तिम समयमा गुमाउने पक्का भएको छ । चितवनकी अप्रेशन डाइरेक्टर बिनिता चौधरी भट्टाराइले ललितले इपिएल गुमाउने पक्का भएको बताएकी छिन् । त्यस्तै युवा विकेटकिपर आदिल खानले पनि इपिएल गुमाउने उनले […]
September 22, 2021
एजेन्सी – युवा तीव्र गतिका बलर बलर कात्तिक त्यागी अन्तिम ओभरमा सुपर हिरो बनेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२ औं खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि दुई रनको अविश्वसनीय जित हात पारेको छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन […]
September 21, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२ औं खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई १ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ८५ रनमा अल आउट भयो । राजस्थानका बायाँ हाते युवा ओपनर यशस्वी जैसवालले ३६ बलमा ६ चौका र २ […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर क्रिजन गुरुङ चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सको ट्यालेन्ट हन्टबाट छनोट भएका छन् । भदौ अन्तिममा भएको ट्यालेन्ट हन्टबाट क्रिजन छनोट भएको चितवनले जनाएको छ । १७ वर्षिय अफस्पिनर क्रिजन गुरुङले आफूले टोलीमा पर्छु भन्ने नसोचेको बताउँछन् । ‘यति ठूलो लिगमा खेल्न पाउँदा राम्रो लागि रहेको […]