default_image

क्रिकेट

August 14, 2021

पारसको प्रधानमन्त्री देउवासँग भेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पारसले शनिवार प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । देउवाले दुई दशकमा नेपाली किकेटले हासिल गरेका सफलता, कहिल्यै नभुल्ते ती रोमाञ्चक जित र नेपाललाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको भन्दै पारसलाई धन्यावाद दिएका छन् । […]

August 14, 2021

कप्तान ब्रेथवेट चम्कँदा वेस्टइन्डिजको अग्रता

एजेन्सी – कप्तान क्रेग ब्रेथवेट चम्कँदा वेस्टइन्डिजले पाकिस्तानसँगको पहिलो टेस्ट खेलमा अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा वेस्टइन्डिजले ३४ रनको अग्रता लिएको छ । वेस्टइन्डिज ८७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको छ । कप्तान क्रेग बेथवेटले २ सय २१ बलमा १२ चौका सहित सर्वाधिक ९७ रनको योगदान दिए । हसन […]

August 14, 2021

भारतविरुद्ध इंग्ल्यान्डको मध्यम प्रदर्शन

एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा घरेलु टोलीले मध्यम प्रदर्शन गरेको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिङमा ४५ ओभरमा ३ विकेट गुमाउँदै १ सय १९ रन बनाएको छ । इंग्ल्यान्ड २ सय ४५ रनले पछि छ । इंग्ल्यान्डका कप्तान जो रुट ७५ बलमा ६ चौका सहित ४८ रनमा अविजित छन् । रुटलाई जोनी […]

August 13, 2021

कोहलीपछि यू-१९ विश्वकप जिताएका कप्तानले लिए सन्न्यास

एजेन्सी – यू१९ विश्वकप विजेता कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान उन्मुक्त चन्दले २८ वर्षकै उमेरमा भारतीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय सिनियर टोलीमा लामो प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले सन्न्यासको घोषणा हुन् । एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिएको थियो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् […]

August 13, 2021

पाकिस्तानको मध्यम प्रदर्शन

एजेन्सी – वेस्टइन्डिजले पाकिस्तानसँगको पहिलो टेस्ट खेलमा ब्याटिङमा कमजोर सुरुवात गरेको छ । उत्कृष्ट बलिङका साथ पहिलो दिन पाकिस्तानलाई मध्यम योगफलमै रोकेको वेस्टइन्डिज पहिलो दिनको समाप्तिमा ४ ओभरमा २–२ को कमजोर अवस्थामा छ । पहिलो इनिङमा वेस्टइन्डिज २ सय १५ रनले पछि छ । दोस्रो दिन वेस्टइन्डिजका कप्तान क्रेग ब्रेथवेट एक र रोश्टन चेश शून्यबाट […]

August 13, 2021

राहुलको उत्कृष्ट शतकमा भारत बलियो अवस्थामा

एजेन्सी – ओपनर लोकेश राहुल (केएल) को उत्कृष्ट शतकको सहयोगमा भारतले इंग्ल्यान्डसँगको दोस्रो टेस्ट खेलमा सानदार सुरुवात गरेको छ । लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७६ रन बनाएको छ । भारतका ओपनर लोकेश राहुल २ सय ४८ बलमा १२ चौका र […]

August 12, 2021

‘सुन्दर देश नेपालमा खेल्न निकै उत्साहित छु’ – चान्डिमल

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले सुन्दर देश नेपालमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने निकै उत्साहित रहेको बताएका छन् । चान्डिमलले शरद भेषावकर कप्तान रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । भैरहवाले बिहिबार औपचारिक रुपमा चान्डिमलले खेल्ने जानकारी दिएको छ । चान्डिमलले पनि सुन्दर देश […]

August 12, 2021

पाँच वर्षपछि युवा स्टार हमीद इंग्ल्यान्डको प्लेइङ ११ मा

एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले तीन परिवर्तन गरेको छ । लर्ड्स क्रिकेट मैदानमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले तीव्र गतिका बलर स्टुअर्ट ब्रोड, युवा ब्याट्सम्यान ज्याक क्रली र ड्यान लरेन्स दोस्रो खेलमा बेन्चमा बसेका छन् । तीव्र गतिका बलर मार्कवुड, स्पिन अलराउन्डर […]

August 12, 2021

इंग्ल्यान्ड र भारत भिड्दै

एजेन्सी – पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दुबै टोली सिरिजमा अग्रता लिन चाहन्छन् । पहिलो खेलबाट दुबै टोलीमा खेलाडी परिवर्तन निश्चित छ । भारतीय […]

August 12, 2021

नेपालले ओमानमा खेल्ने सिरिजको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना ओमानमा खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ । टाइमस अफ ओमानले ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकारी दुलिप मेन्डिसको […]

Success

Thank you for your time.