default_image

फुटबल

February 23, 2020

हालान्डको निरन्तर गोल, लाइप्जिगको ५ गोल

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा सनसनी अर्लिङ ब्राउट हालान्डको उच्च प्रदर्शनलाई निरन्तरता दिदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा जित निकालेको छ । डर्टमन्डले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । डर्टमन्डको जितमा हालान्डसँगै डान एक्सेल जागाडोउले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु […]

February 23, 2020

जेससको गोलमा सिटीको जित

एजेन्सी – सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली ग्याब्रिएल जेससको एकमात्र गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित निकालेको छ । सिटीले घरेलु टोली लेस्टरमाथि १–० को झिनो जित निकालेको हो । किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६०औं मिनेटमा […]

February 23, 2020

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टस विजयी

एजेन्सी – पोर्चुगिज सुपरस्टार फवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा संघर्षपुर्ण जित निकालेको छ । युभेन्टसले घरेलु टोली एसपाललाई २–१ ले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोसँगै आरोन राम्सीले एक गोल थपे । घरेलु टोलीका एन्ड्रिय पेटाग्नाले गोल गरेपनि हार टार्न सकेन । आफ्नो खेल करियरको १०००औं खेल खेलिरहेका […]

February 23, 2020

रियाल लेभान्टेसँग स्तब्ध, शीर्षस्थानको अवसर गुमायो

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिड स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा रियाल घरेलु टोली लेभान्टेसँग १–० ले स्तब्ध बनेपछि स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ ।    हारसँगै रियालले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियालको २५ खेलबाट ५३ अंक रहेको छ । […]

February 22, 2020

मेस्सीले ४ गोल गर्दा बार्सिलोनाको सानदार जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीले ४ गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले एइबारमाथि ५-० को फराकिलो जित निकालेको छ । मेस्सीले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको १४ औं मिनेटमा इभान राकिटिचको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा आर्टुुुरो भिडालको पासमा मेस्सीले अग्रता दोब्बर पारे […]

February 22, 2020

आयोजक धरान उद्घाटन खेलबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्षको उपविजेता तथा बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लब यस संस्करणको उद्घाटन खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । धरान रंगशालामा शनिबार भएको खेलमा युनाइटेड कर्साङ फुटबल क्लब भारतले टाइब्रेकरमा ४–२ गोल अन्तरले धरानलाई पराजित गर्यो । यस जितसँगै कर्साङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीन विदेशी खेलाडी सहित […]

February 22, 2020

उत्कृष्ट पुनरागमनसँगै शेर्पा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरमा जारी राइनो गोल्डकप अन्तर्गत शनिबार भएको क्वाटरफाइनलमा जित हासिल गर्दै हिमालयन शेर्पा क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रमाथि ३-२ को जित दर्ता गर्दै शेर्पाले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफमै २-० ले पछाडी परेपनि शेर्पाले उत्कृष्ट पुनरागमन गर्न सफल रहयो । इन्द्रेणीका […]

February 22, 2020

चेल्सीले टोटेनहमलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको लन्डन डर्बीमा चेल्सीले घरेलु मैदान स्टामफर्ड ब्रिजमा टोटेनहम हट्स्परलाई २-१ ले पराजित गरेको छ । चेल्सीको जितमा ओलिभर जिरुउड र मार्काेस अलन्सोले गोल गरे । टोटेनहमले आत्मघाती गोल उपहार पाएको थियो । चौथो स्थानका लागि प्रतिस्पर्धामा रहेका दुई टोलीबीच भएको खेलमा चेल्सीले अधिकांश समय दवाव कायम गरेको […]

February 22, 2020

मोफसलको पहिलो फाइनलमा मछिन्द्र र थ्री स्टार भिड्दै

हिमाल खरेल, झापा सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब सताक्षी गोल्डकपमा मोफसलको पहिलो उपाधि भिडन्तमा आइतबार आमनेसामने हुँदैछन् । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा थ्रि स्टारले लिगमा बेहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । लिगको नवौं चरणमा यी दुई टोली भिड्द मछिन्द्रले थ्रि स्टारलाई २–० ले […]

February 22, 2020

एनआरटीलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) –विभागीय नेपाल एपिएफ क्लबले ‘ए’ डिभिजन लिगकै न्युरोड टिम (एनआरटी) लाई २-१ ले पराजित गर्दै  चौथो नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार भएको दोस्रो प्रि–क्वाटरफाइनलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै एपिएफले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । […]

Success

Thank you for your time.