default_image

फुटबल

February 22, 2020

आहा रारा गोल्डकपको पुरस्कार राशिमा बृद्धि, विजेतालाई १० लाख १ हजार

पोखरा (हाम्रो खेलकुद) – फागुन २२ देखि पोखरा रंगशालामा हुने मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको पुरस्कार राशिमा बृद्धि गरिएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराए । बृद्धि भएको राशि अनुसार यसपटक च्याम्पियन हुने टोलीले १० लाख १ हजार प्राप्त […]

February 22, 2020

कान्टे तीन साता मैदान बाहिर !

एजेन्सी – लन्डन क्लब चेल्सी तथा फ्रेन्च मिडफिल्डर एङ्गोलो कान्टे तीन साता मैदान बाहिर रहने भएको छ । कान्टेले प्रिमियर लिग अन्तरगत सोमबार राति म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएको खेलको शुरुमै मसल्समा चोट बोकेका थिए । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले उनी तीन साता मैदान बाहिर रहने बताएका छन् । यससँगै कान्टेले कम्तीमा पनि चार […]

February 22, 2020

नेपोलीको पूनरागमन जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले पूनरागमन जित निकालेको छ । नेपोलीले घरेलु टोली ब्रेसियामाथि २–१ को पूनरागमन जित निकाल्न सफल भएको हो ।  ब्रेसियाको घरेलु मैदान स्टेडियो मारियो रिगामोन्टी ब्रेसियामा शुक्रबार राति भएको खेलमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने र फावियन रुइजले गोल गरे । घरेलु टोलीका जोन चान्सेलरले गरेको गोल सान्त्वना बन्यो । […]

February 22, 2020

लेवान्डोस्कीको दुई गोलमा बायर्नको संघर्षपुर्ण जित

एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ । बायर्नले रेलिगेसन जोनमा रहेको पाडेरवर्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।  बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा सर्जी जिनाब्रीले एक गोल गरे । पाडेरवर्नका डेनिस सवैनी र एस्भेन मिचेलले गोल गरे । खेलभर नै पाहुना […]

February 21, 2020

खप्तड गोल्डकपमा भारतीय टोलीको जित

धनगढी (हाम्रो खेलकुद) – गोलरक्षक निगम सिंह नायक बन्दा भारतको कञ्चनजंघा फुटबल क्लब धनगढीमा शुक्रबारबाट शुरु भएको चौथो नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा बाग्मती युवा क्लब सिराहालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कञ्चनजंघा अन्तिम आठमा पुग्न सफल भएको […]

February 21, 2020

पुलिस सेमिफाइनलमा प्रवेश

नवलपुर (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब नवलपरासीमा जारी पाँचौ राइनो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विजय युथ क्लब हेटौडालाई ३–१ ले पराजित गर्दै पुलिस राइनो गोल्डकपको अन्तिम चारमा पुग्न सफल भएको हो । पुलिसले बिहीबार मात्रै भरतपुर फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । पुलिस […]

February 21, 2020

मछिन्द्रसँग आर्मी फेरि पराजित

हिमाल खरेल, झिलझिले सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगल मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २-० हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि मच्छिन्द्रले रुस्लान थ्रीस्टार  क्लबको सामना गर्नेछ । आयोजकलाई हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरेको हो । थ्रीस्टार लिगको अंक तालिकामा चौथो स्थानमा रहेको थियो । झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको […]

February 21, 2020

मछिन्द्रका खेलाडीलाई झापा गोल्डकपको नगद सम्मान

हिमाल खरेल, झापा झापा गोल्डकप आयोजक समितिले मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ । झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार झापा गोल्डकपले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडी र प्रशिक्षकलाई झापा गोल्डकप […]

February 21, 2020

साता नबित्दै मछिन्द्र र आर्मी भिड्दै

झापा (हाम्रो खेलकुद)– एक साता नबित्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगल मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबले एकअर्काको सामना गर्दैछन् । झापाको झिलझिलेस्थित गणेशमान स्मृति प्रतिष्ठान रंगशालामा जारी साताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज यी दुई टोलीले एक अर्काको सामना गर्दैछन् । भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ ले हराउँदै […]

February 21, 2020

नेपाल आईस चौथो खप्तड गोल्डकप आजबाट

धनगढी (हाम्रो खेलकुद) – घरेलु फुटबलमा सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण आज सुरु हुँदैछ । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक सुदूरपश्चिम ११ क्लबका अध्यक्ष सुरेश हमालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने बताएको छ […]

Success

Thank you for your time.