default_image

फुटबल

May 25, 2017

म्यानचेस्टर युनाइटेडलाई युरोपा लिगको उपाधि

स्टकहम (एजेन्सी) – युरोपा लिगको फाइनल खेल अन्तर्गत बुधबरी रातीको खेलमा  आयाक्स एम्सटरड्यामलाई २-०ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले पहिलोपटक युरोपा लिगको उपाधि हात पारेको छ। खेलको १८औं मिनेटमा पल पोग्बाको गोलले म्यानचेस्टर खेलमा अगाडी बढेको थियो। मराउन फेलाइनिको पासमा पोग्बाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको म्यानचेस्टरले दोश्रो हाफको सुरुवातमै […]

May 24, 2017

स्पेनी सर्वोच्च अदालतद्वारा मेस्सीलाई २१ महिना जेल सजाय

स्पेन (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड एवं अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई कर छलीको अभियोगमा स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय र करिब २ मिलियन युरो जरिवाना सुनाएको छ। सन् २००७ देखि २००९को बिचमा मेस्स्सीले ३ पटक कर छलेको आरोप उनीमाथि लाग्दै आएको थियो। विभिन्न देशका कम्पनि मार्फत कुल साढे तिन मिलियन […]

May 24, 2017

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच आज भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण  खेलमा नेपाल ४-१ले पराजित भएको छ। पहिलो खेलमा १-१को बराबरी खेलेको नेपालले दुवै हाफमा २/२ गोल खाएको थियो भने दोश्रो हाफको अन्तिम समयमा सान्त्वना गोल फर्काएको थियो। खेलको सुरुआती समयमै सम्हालिन नसक्दा नेपालले दोश्रो मिनेटमा गोल खाँदै खेलमा पछि परेको थियो। […]

May 24, 2017

मलेसियाबिरुद्धको दोस्रो खेलको पहिलो हाफमा नेपाल २-०ले पछाडी

सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच जारी अन्तराष्ट्रिय मैत्रीपूर्ण  खेलको पहिलो हाफको समाप्तिमा नेपाल दुई गोलले पछाडी परेको छ।  नेपाल खेलको सुरुआती समयमै सम्हालिन नसक्दा गोल खान पुगेको थियो।  मलेसियाका लागि सेराईलिन एलि पियुसले चौथो मिनेटमा गोल गर्दै आग्रता दिलाएकी हुन्। खेलको ४२औ मिनेटमा नुराथिरहले गोल गर्दै मलेसियाको आग्रता दोब्बर परेकी थिइन्। […]

May 24, 2017

युरोपा लिग फाइनलमा युनाइटेड लेजेण्डको समर्थन आयाक्सलाई

एजेन्सी – युरोपा लिगको फाइनल खेलमा इङ्गलिस टोली म्यानचेस्टर युनाइटेड र डच टोली आयाक्स एम्स्टरड्याम फाइनलमा भिड्दैछन्। यसैक्रममा म्यानचेस्टर युनाइटेडका दिग्गज गोलकिपर एडविन भ्यान डर सारले भने आफुले फाइनल खेलमा आयाक्सको समर्थन गर्ने बताएका छन्। म्यानचेस्टर क्लबका लागि तिन च्याम्पियन्स लिग फाइनल खेलेका भ्यान डर सारले क्लबलाई सन् २००८मा उपाधि दिलाएका थिए। उनकै पेनाल्टी बचाऊसँगै […]

May 24, 2017

म्यानचेस्टर युनाइटेड र आयाक्स युरोपा लिग फाइनलमा भिड्दै

एजेन्सी – अर्को वर्षको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित बनाउन युरोपा लिगको फाइनल खेलमा आज म्यानचेस्टर युनाइटेड र आयाक्स भिड्दैछन्। प्रिमियर लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर क्लबले आफ्नो क्लब इतिहासमा कहिल्यै नजितेको युरोपा लिग पहिलोपटक जित्ने दाउमा छ। सन् १९९६ पछि पहिलोपटक युरोपियन फाइनल खेल्न लागेको आयाक्सका प्रशिक्षकले आफ्नो युवा टोली युनाइटेडलाई पराजित गर्न सक्षम […]

vinicus

May 24, 2017

नेयमार पछिका महँगा ब्राजिलियन युवा खेलाडी रियलमा आबद्ध

म्याड्रिड (एजेन्सी) – ब्राजिलको फ्लामेङ्गोबाट रियल म्याड्रिडले १६ वर्षीय भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने रियले औपचारिक घोषणा गरेको छ । १६ वर्षका भिनिसियसलाई जुलाईमा अनुबन्ध गर्ने पक्का गरेपनि केहि समय उनि फ्लामेङ्गोमा नै रहनेछन ।  २०१९ पछिको जुलाईमा मात्र उनि म्याड्रिडबाट खेल्नेछन् । १८ वर्ष पुगेपछि मात्र उनले रियलको जर्सी लगाएर मैदानमा उत्रनेछन्। तर, रियलले चाहेको खण्डमा उनि […]

May 23, 2017

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीच आगामी जेठ २३ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हुने पक्का भएको छ। भारतको मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले गर्ने बताएको छ। स्टार स्पोर्ट्सले खेलको प्रत्यक्ष प्रसारण गर्ने पक्का भएसंगै त्यसै कम्पनिको डिजिटल एप हटस्टारले पनि सो […]

May 23, 2017

नेपाल र मलेसिया बुधबार दिउँसो खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने मैत्रीपूर्ण शृंखला अन्तर्गत बुधबार दिउँसो नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको पहिलो खेलमा १-१को बराबरी खेलेका टोली भोलि त्यसै रंगशालामा भिड्दै छन्। युएमएस रंगशालामा हुने दोस्रो खेलमा पहिलाको तुलनामा प्रदर्शनमा सुधार हुने प्रशिक्षक थापाको विश्वास छ । ‘हाम्रा खेलाडी सुरुमा केही दबाबमा देखिएका थिए […]

May 23, 2017

मलेसियाविरुद्ध उच्च प्रदर्शन गर्ने थापाको विश्वास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भोली घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मलेसियाबीचको सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । प्रशिक्षक कुमार थापा अघिल्लो खेलकै पहिलो रोजाईलाई उतार्ने तयारीमा छन् । पहिलो खेलमा १–० ले पछि परेको नेपालले ६७ औं मिनेटमा बराबरी […]

Success

Thank you for your time.