default_image

फुटबल

August 31, 2025

पहिलो हाफमा नेपाल र भुटान बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा आयोजक भुटान र नेपालबीचको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ। भ थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाईन्। तर पहिलो हाफको इन्जुरी समयमा कर्नरमा […]

August 31, 2025

चेल्सीले गार्नाचो अनुबन्ध गर्यो

एजेन्सी – चेल्सीले म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी विङ्गर आलेहान्द्रो गार्नाचोलाई अनुबन्ध गरेको छ। २१ वर्षीय गार्नाचोले युनाइटेडका लागि प्रिमियर लिगमा ९३ खेल खेल्दै १६ गोल गरेका थिए। एभर्टनविरुद्ध उनले गरेको बाइसिकल किक गोलले २०२४ को फिफा पुस्कास अवार्ड जितेको थियो। गार्नाचो स्ट्याम्फोर्ड ब्रिजमा शनिवार फुलहमविरुद्ध चेल्सीले २-० को जितेको खेल हेर्न पुगेका थिए। चेल्सीसँग सम्झौतापछि उनले […]

August 31, 2025

बायर्नको लगातार जित

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा लगातार जित जारी राख्दै औग्सबर्गलाई ३-२ ले हराएको छ। पहिलो हाफमा बायर्नले उत्कृष्ट खेल देखायो। २८औं मिनेटमा हेरी केनको क्रसलाई सेर्ज ग्नाब्रीले हेडमार्फत गोल गरे। इन्ज्युरी समयमा  कोनराड लाइमरको पासमा लुइस डायाजले गोल गर्दै अन्तर पारे। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै माइकल ओलिसेले गोल गर्दै अग्रता ३-० बनाए। तर […]

August 30, 2025

म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको तेस्रो खेलमा पहिलो जित निकालेको छ। ओल्ड ट्राफर्डमा आज भएको रोमाञ्चक खेलमा युनाइटेडले बर्नलीलाई ३-२ ले पराजित गरेको छ। इन्ज्युरी टाइमको सातौँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै युनाइटेडलाई सिजनको जित दिलाए। गत हप्ता फुलहमविरुद्ध पेनाल्टी चुकाएका फर्नान्डेज यसपटक सफल भए। खेलमा युनाइटेडले दुई पटकको‌ […]

August 30, 2025

चेल्सीसँग फुलहम पराजित

एजेन्सी – चेल्सीले स्टामफोर्ड ब्रिजमा आज फुलहमलाई २-० ले हराउँदै प्रिमियर लिग २०२५/२६ सिजनको पहिलो घरेलु जित दर्ता गरेको छ। खेलमा एन्जो फर्नान्डेज निर्णायक बने। उनले पहिलो हाफको इन्ज्युरी समयमा दिएको कर्नरमा जोआओ पेड्रोले हेडिङ गोल गर्दै अग्रता दिलाए। त्यसपछि ५६औं मिनेटमा फर्नान्डेजले नै पेनाल्टीमार्फत गोल थपे। पेनाल्टी फुलहमका रयान सेसेन्योनले ट्रेभो चालोबाहको क्रसमा बल‌ […]

August 30, 2025

फेलिक्सको ह्याट्रिकमा अल नासरको जित

एजेन्सी – अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल तावउनलाई ५-० ले हराएको छ। नयाँ अनुबन्धित ज्वाओ फेलिक्सले ह्याट्रिक गर्दै चम्किए। कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे। अर्को नयाँ खेलाडी किङ्स्ले कोमानले पनि गोल गरे। फेलिक्स गत महिना चेल्सीबाट अल नासरमा पुगेका हुन्। डेब्यू खेलको सातौं मिनेटमा गोल गर्दै टिमलाई […]

August 29, 2025

उपाधिमा भारतको ह्याट्रिक, नेपाल निरीह

काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई ५-० गोल अन्तरले हराएसँगै भारत तेस्रो पटक साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। भारतले यसअघि २०१८ र २०१९ मा उपाधि जितेको थियो। यो जितमा ५ खेलबाट भारतले १५ अंक बनाउँदै एक खेल अगाडि नै उपाधि पक्का गरेको हो। अब भारत र बंगलादेशबीच हुने खेलको नतिजाको अर्थ हुनेछैन।बंगलादेशले ५ […]

August 29, 2025

लिभरपुलले रियलको सामना गर्ने

एजेन्सी – लिभरपुल र म्यानचेस्टर सिटी दुवै टोलीले १५ पटकको विजेता रियल माड्रिडसँग च्याम्पियन्स लिगको लिग चरणमा भिड्ने भएका छन् । त्यस्तै टोटेनहम र न्युक्यासलले साविक विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग खेल्नेछन्। च्याम्पियन्स लिगमा ३६ टोलीको सहभागिता छ। च्याम्पियन्स लिग नयाँ फर्म्याट गत सिजनबाट सुरु भएको हो। प्रिमियर लिगका ६ टोली पहिलो पटक च्याम्पियन्स लिग […]

August 28, 2025

एपिएफको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ। थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले आज एपिएफलाई ४-० ले हरायो । स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन्। लगातारको दोस्रो हारमा एपिएफ समूह चरणबाट बाहिरिएको छ। उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट […]

August 28, 2025

पहिलो हाफमा एपिएफ पछि

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणको पहिलो हाफमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले एपिएफ फुटबल क्लबविरुद्ध २-० को अग्रता बनाएको छ। उज्वेकिस्तानको कार्सी स्टेडियममा जारी प्रतियोगितामा एपिएफकी रश्मी कुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्। खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानाथ क्षतबुक्तरले गोल […]

Success

Thank you for your time.