default_image

फुटबल

September 6, 2022

राष्ट्रिय टोलीमा दीपा र अमिशाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानसँगको उद्घाटन खेलमा प्रशिक्षक कुमार थापाले दीपा र अमिशालाई पहिलो रोजाईमा मौका दिदै डेब्यु दिएका हुन् । दीपाले कन्काई नगरपालिकाबाट उपमेयर कप प्रतियोगिता पछि चर्चा चुलिएको थियो । त्यो प्रतियोगिताकै […]

September 6, 2022

भुटानविरुद्ध खेल्ने सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत पहिलो खेलमा भुटानविरुद्ध सुरुवाती ११ घोषणा गरेको छ । प्रशिक्षक कुमार थापाले गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बालाई उतारेका छन् । सेन्टर डिफेन्समा गीता राना र पुनम जर्घा मगर खेल्दा साइड डिफेन्समा अमृता जैशी र हिरा भुजेल रहेका छन् । सेन्टर मिडफिल्डमा […]

September 6, 2022

साफ च्याम्पियनसिप – नेपाल चौथो पटक भुटानसँग पहिलो खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सदाबहार दाबेदार मध्येको एक टोली हो । साफ च्याम्पियनसिपको पछिल्लो ५ संस्करण मध्ये ४ वटा फाइनल खेलेबाटै नेपालको दाबेदारी बलियो छ । तर, उपाधि जित्न भने असफल रहँदै आएको छ । सन् २०१६ को चौथो चरणमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । फाइनल […]

September 6, 2022

साफ च्याम्पिनसिप – नेपालको सुरुवात सधैं सुखद

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियामा महिलातर्फको दुई ठूला प्रतियोगिता मध्येको एक साफ च्याम्पियनसिपमा नेपालले सधै सुखद सुरुवात गर्दै आएको छ । यसअघिका पाँचै संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार छैटौं संस्करणको सुरुवात हुँदा पनि नेपालले जितबाट सुरुवात गर्ने अपेक्षा गरिएको छ । यसअघि नेपालले च्याम्पियनसिपको पहिलो खेलमा जितमात्र होइन कम्तीमा ३–० […]

September 6, 2022

च्याम्पियन्स लिग आजबाट सुरु

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज (मंगलबार) देखि सुरु हुँदैछ । यसपटकको च्याम्पियन्स लिग च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोविना नै शुरु हुनेछ । रोनाल्डोसम्मिलित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो । रोनाल्डोले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन् । […]

September 6, 2022

सावित्रालाई फापेको भुटान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी सावित्रा भण्डारी हुन् । सन् २०१४ मा भुटानविरुद्ध डेब्यु खेलमा नै गोल गरेकी उनले हालसम्म ३८ गोल गरिसकेकी छिन् । सावित्राले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी थिइन् । भुटानविरुद्ध मैदान प्रवेश गरेको केहीबेरमै गोल गर्न सफल भइन् । अनु […]

September 6, 2022

नेपाल विरुद्ध भुटान : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप मंगलबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । साँझ ५:३० बजे हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ । प्रतियोगितामा हालसम्म कुनै जित दर्ता गर्न नसकेको भुटान नेपालविरुद्ध उत्रँदा कागजी रुपमा घरेलु टोली निकै बलियो मानिएको छ । पछिल्ला तीन प्रतियोगितामा एक आपसमा भिड्दा भुटानले नेपालविरुद्ध कुनै गोल गर्न […]

September 6, 2022

चेल्सीका मिडफिल्डर निसमा अनुबन्धित

एजेन्सी – फ्रेन्च क्लब निसले प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर रोस बार्कलेलाई क्लबमा अनुबन्धन गरेको छ ।फ्रेन्च लिग वान निसले बार्कलेलाई फ्रि ट्रान्सफरमा क्लबम अनुबन्ध गरेको हो । इंग्लिस मिडफिल्डर बार्कलेले सहमतिमै ट्रान्सफरको डेटलाइन डेमा चेल्सी छाड्ने निर्णय गरेका थिए । बार्कलेले निसमा ११ नम्बरको जर्सी लगाउने छन् । २८ वर्षीय बार्कले सन् २०१८ मा […]

September 6, 2022

उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको उद्घाटन खेलमा आयोजक नेपालले (आज) मंगलबार घरेलु मैदान दशरथ रंगशालामा भुटानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । भुटानविरुद्ध नेपाल नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा जितको लक्ष्यसहित मैदानमा उत्रदैछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली सुखद […]

September 6, 2022

बंगलादेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।कोलोम्वोमा सोमबार भएको खेलमा श्रीलंकालाई ५–१ ले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो । बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई तथा मोहमद रुबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्धीनले समान एक गोल गरे । श्रीलंकाका यासिर शर्फराजले एक […]

Success

Thank you for your time.